आर्थिक

    Showing ३२१-३३० of १,२४६ items.
  • इलामका क्षतिग्रस्त सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

    इलाम । इलामका सडक मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षतिग्रस्त सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३१८ पटक पढिएको
  • धनकुटामा अलैँची उत्पादन बढ्यो

    इटहरी । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैचीँ खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैचीँ उत्पादन भएको थियो। जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैचीँ उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो। धनकुटामा गत आर्थिक वर्षमा उत्प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३५६ पटक पढिएको
  • ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु

    इटहरी। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३१३ पटक पढिएको
  • पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू

    इटहरी । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३२५ पटक पढिएको
  • धनकुटाका क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाद्वारा ६५ हजार रुपियाँ आर्थिक सहयोग

    इटहरी । धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी सङ्घ धनकुटाले आर्थिक सहयोग गरेको छ । सङ्घले उपचारार्थ रहेका क्यान्सर पीडित श्रेष्ठलाई ६५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । निर्माण व्यवसायी सङ्घले ३० हजार ५ सय रुपियाँ र व्यवसायीबाट ३३ हजार ५ सय रुपियाँ गरी जम्मा ६४ हजार रुपियाँ सहयोग गरेको छ । सङ्घ धनकुटाका सदस्यसमेत रहेका अनु एण्ड अभि कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर विजय श्रेष्ठका छोराको मुखको क्यान्सर भएको थियो । क्यन्सर  पीडित रहेका बालक हाल भारतको दिल्लीस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचार प्रक्रिया लामो तथा खर्चिल

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३४० पटक पढिएको
  • तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल ९मोटर गुड्ने० पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर(५, तापेथोक वडा नम्बर(६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरिएको छ। अहिलेको हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पुर्‍याउने उद्देश्यले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनु भयो। गाउँ–गाउँसम्म सडकको पहुँच पुगे पनि तमोर नद

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २८० पटक पढिएको
  • फेमे खोलामा जोड्न थालियो बेलिब्रिज

    इटहरी। बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा दुई वर्षयता यो बाटो भएर हिँड्ने यात्रु बाहकसँगै ढुवानीका साधन वारपार गर्न कष्ट थियो। गत वैशाख महिनामै नै यहाँ बेलिब्रिजको ठेक्का लागे पनि विपद्कै कारण काम सुरु हुन सकेको थिएन। यसैबिच पूर्वाधार विकास कार्यालयले रेखदेख गर्नेगरी यहाँ बेलिब्रिज जोड्न थालिएको हो। यहाँ जोड्ने बेलिब्रिज संघीय सरकारले उपलब्ध गराए पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी शैलेन्द्र सिंहले बताउनुभयो

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ३०२ पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारी इटहरीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी — मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। इटहरीस्थित दुर्गा प्यालेसमा आयोजित साधारण सभा सहकारीका अध्यक्ष नबिन गिरीको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारण सभाको खुल्ला सत्र सम्पन्न भएसँगै बन्द सत्रमा प्रवेश गरिने र त्यस क्रममा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने संस्थाका सचिव कल्पन घिमिरेले जानकारी दिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि भारतीले सहकारीले साना कर्जा उपयोगकर्ताका लागि सहज पहुँच प्रदान गर्दै आएको उल्लेख गरे। साना तथा मझौला उद्योग व्यवसायी

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ४७८ पटक पढिएको
  • कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने

    इटहरी । कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने भएको छ । होटेल एसोसिएसन अफ भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म फेष्टिवल गर्न लागेको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिवल कोभिड–१९ महामारीका कारण २०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेष्टि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • ३१० पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट चालु आवको मङ्सिर मसान्तसम्म सात अर्ब ८४ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात

    इटहरी  । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३।१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २।५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]