आर्थिक

    Showing ४७१-४८० of १,२४६ items.
  • डोको व्यवसायबाट आर्थिक आत्मनिर्भरता, मासिक ३५ हजारसम्म आम्दानी

    इटहरी । भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १०

    • प्रकाशित मितिः साउन २०, २०८२
    • ४१३ पटक पढिएको
  • यातायात कार्यालय इलामद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सवारी साधन वार्षिक

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ५३० पटक पढिएको
  • रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेतीमा किसानको चासो घट्दो

    इटहरी। रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो । कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ । सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञ

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ४७५ पटक पढिएको
  • सोलुदूधकुण्ड नगरपालिकाको काठमाडौँ शिविरमा ५ हजारभन्दा बढीलाई सेवा

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ । काठमाडौँमा बस्दै आएका पाँच हजार ३३५ नगरवासीले शिविरबाट सेवा लिएका छन् १३ लाख ४५ हजार ५६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभिन्न कामको व्यस्तता तथा बर्खायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई सहज सेवा दिने अभिप्रायले काठमाडौँमा शिविर आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शे

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ४०२ पटक पढिएको
  • ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलो बोडी उत्पादन

    इटहरी । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभ

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ३१८ पटक पढिएको
  • गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको आह्वान

    इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग सङ्गठन मोरङमा बुधबार अन्तर्क्रिया गर्दै लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बसबिट्टीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रशस्त जग्गा उपलब्ध रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । यो औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग स्थापना गर्दा विद्युत्, पानी, जग्गा उपलब्ध गराउन सकिने भन्दै उद्योगीलाई आश्वस्त पारिएको थियो । अध्यक्ष पन्तले मझौला

    • प्रकाशित मितिः साउन १५, २०८२
    • २५८ पटक पढिएको
  • एक वर्षमै लसुन आयात तीन गुणाले बढ्यो, ३३ करोड राजस्व संकलन

    इटहरी। कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५।१ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८० र ८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ ह

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३४४ पटक पढिएको
  • दमक बिजनेस कम्प्लेक्स सर्वसाधारणका लागि खुला

    इटहरी । झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको रहेको छ । अहिले यहाँ भौतिक संरचनाबाहेक नयाँ सेवा सुविधा थप भएको छैन । ७२ मिटर उचाइको कङ्क्रिट संरचना र २८ मिटर उचाइको मेटल फ्रेम रहेको यो कम्प्लेक्स धरहराभन्दा अग्लो छ । केही दिनअघि गृहनगर दमक

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३७४ पटक पढिएको
  • अलैँची खेतीमा उत्साह, निर्यातबाट ७ अर्ब ६७ करोड आम्दानी

    इटहरी । निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् । प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् । १० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । अलैँचीलाई कम लाग

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३३८ पटक पढिएको
  • नेपालमा लसुनको आयात उच्चतम बिन्दुमा

    इटहरी । कृषि उपजको रुपमा रहेको लसुन पुर्वी नाँका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रेको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी इश्वरकुमार हुमागाईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ४० कर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]