इटहरी। कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन ९४० किलोग्राम०को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ। अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ। ठुलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैँची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ। सामान्य गुणस्तर भएको अलैँची प्
मोरङ / सुन्दरहरैचा दौतरी बलिया बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आबद्ध भएको छ ।साकोसको ५औं वार्षिक साधारण सभाको बैठकको अवसर पारेर अतिथिहरु तथा सदस्यहरुको समेत उपस्थितिमा प्रोवेसन कार्यक्रममा सम्झौता भएको हो । नेफ्सकूनका महासचिव घनश्याम अधिकारी तथा पूर्व महासचिव घनश्याम खतिवडासँगै नेफ्स्कून सञ्चालकहरु लक्ष्मी सापकोटा र शालिकराम ढकाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी, जिल्ला बचत संघ मोरङका कोषाध्यक्ष डीबी थापा लगायतको उस्थितिमा सम्झौता सम्पन्न भएको हो ।प्रोवेसन अर्थात् पूर्ण तथा व्या
इटहरी । धरान उपमहानगरपालिका–१५ निराजन बस्तीदेखि धरान–४ देवीगाउँ हुँदै धनकुटा र मोरङ जोड्ने १७ किलोमिटर सडक पुनःनिर्माण कार्य सुरु गरिएको छ । पाँच वर्षदेखि यो सडक निर्माण रोकिएपछि स्थानीयलाई आवतजावत गर्न निकै गाह्रो भएको थियो । मंगलबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र धरान–४ का वडाध्यक्ष धनबहादुर राई सहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको हो । मन्त्री राईले निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण समयमा पूरा हुन नसकेको बताउँदै पुनः ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभयो । सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोजमा लिएको थियो । रु. ३७ कर
इटहरी । मोरङको बेलबारी(२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना स्वर्गीय पति यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम–अनिशा, डा.गणेश विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँले २ लाख १ हजार रुपियाँको अक्षयकोष विद्यालयको खातामा जम्मा गरेका हुन् । विद्यालयका प्रधानाध्यापक अभय लिम्बूले विद्यालयको स्थापनाकालदेखि नै पोखरेल परिवारले महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको बताउनुभयो । विद्यालयमा अनुशासित, लगनशील, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रव
इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना ृसाउन–कात्तिके मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची,
इटहरी – सहकारी क्षेत्रमा देखिएको ठगी प्रवृत्तिप्रति चासो व्यक्त गर्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी ठगी काण्डमा मुछिएका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।मोरङको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले सहकारी क्षेत्रलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो, "सहकारी ठगहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन। सहकारी जस्तो संवेदनशील क्षेत्रको बदनाम गर्नेलाई तुरुन्
इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रवारको बैठकमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँको वृद्धि गर्ने निर्णय गरिएको हो। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य रु ०।२ र डिजेलको मूल्य रु २।५४ ले बढाइएको निगमले जनाएको छ। यो वृद्धि मध्यरातदेखि लागू हुनेछ।
इटहरी । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा सम्पन्न भएको छ । दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख अतिथ्यतामा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ४ मा रहेको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको हो । दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीले २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थ
इटहरी । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न मोरङका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिनको अघिल्लो दिन विराटनगरमा अहिले छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्थानीय रुपमा उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारतिय बजारहरुबाट ल्याइने गरिएको छ । यसपटक छठ सामग्रीहरुको मुल्य अत्यधिक बढेको उपभोक्ता र व्यापारीहरुले बताएका छन् । भारतबाट नरिवल, केरा लगायतका सामग्री आयात गर्न नदिदा छठ सामग्रीहरुको मुल्य बढेको र यसका कारण उपभोक्ताहरु छिमेकी सिमावर्ती बजार जोगबनी तर्फ आकर्षित भएको व्यापारीहरुले ब
विदेशमा रहेका श्रमिकको परिवारलाई सामाजिक सुरक्षा कोष मार्फत सुविधा पाउने पहिलो लाभार्थी बने धरानका सुवेदी परिवारइटहरी । नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको परिवारलाइ समेत हुने गरी औषधि उपचार सुविधा लागू गरेको छ । २०८१ जेठ १७ देखि लागू भएको कार्यक्रममा वैदेशिक रोजगारीमा रहने श्रमिकले कम्तिमा ३ महिना कोषमा योगदान गरेपछी सुविधा लागू हुने गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, पानबारी निवासी भिम प्रसाद सुवेदीको परिवार पहिलो पटक उक्त सुविधा पाउने श्रमिक परिवार रहनुभएको छ ।सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवार सह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.