विराटनगर : प्रतिनिभिसभाको सार्वजनिक लेखा समितिमा परेका उजुरी अध्ययन गरी छानविन गर्न उपसमिति गठन भएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन भएको हो ।उपसमितिमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, अमनलाल मोदी र मनिष झा सदस्य रहेका छन् ।पोखरेलका अनुसार समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न उपसमिति गठन गरेको हो ।उनले समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसक
इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमाले भित्र असन्तुष्टि र आन्तरिक समस्या बढ्दै गएको छ । केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा बजेट जस्ताको त्यस्तै पास गर्ने सहमति भएपछि स्थानीय नेताहरू रुष्ट भएका हुन् ।एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएपछि लफडा चुलिएको छ । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते वडा अध्यक्ष दिवस
भोजपुर / कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले बसाइसराइ नियन्त्रणका लागि कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएकी छन् ।आइतबार भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्दै राईले सरकारले कृषि क्षेत्रमा थप लगानी गरेर रोजगार सिर्जना गर्न काम गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘गाउँमा युवालाई रोजगार दिन, व्यवसाय वृद्धि गर्न, बसाइसराइ नियन्त्रण गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको छ । यसका लागी प्रदेश सरकार योजना नै बनाएर लागि परिरहेको छ । कृषिमा लगानी गरेर बसाइसराइ रोक्न सरकारले योजना बनाएर काम सुरु गरेको छ ।’यस्तै राईले प्
सुन्दरहरैँचा । राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिसकेको सहकारी क्षेत्रले नेपालमा गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवम्ं छरिएर रहेको पूँजीको उपयोग, लघुउद्यम विकास, आदि कार्यहरु गर्दै आम उपभोक्ताहरुमा वित्तीय साक्षरता प्रवद्र्धन गरी उनीहरुको सामाजिक साँस्कृतिक एवम् आर्थिक उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । “एकका लागि सबै र सबैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु संसार भरी सञ्चालनमा छन् र नेपालमा पनि वि.सं. २०१३ सालमा बखान सहकारी संस्था, चितवनको स्थापना सँगै सहकारी अभियानको
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक
महालेखा परीक्षकको प्रतिवेदनमा दुहबी नगरपालिकाको एकै वर्षमा १४ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । कुल भने ३८ करोड बेरुजु देखिएको छ ।प्रतिवेदनअनुसार कुल एक अर्ब १३ करोड ३३ लाख ३३ हजार २१ रुपैयाँ लेखापरीक्षण गर्दा १४ करोड ३४ लाख १० हजार चार सय आठ रुपैयाँ बेरुजु देखिएको हो । जसमध्ये तीन करोड ८९ लाख ४९ हजार ७६ रुपैयाँ असुल गर्नुपर्र्ने छ । यस्तै पाँच करोड ५२ लाख ८४ हजार नौ सय ७० रुपैयाँ अनियमित देखाएको छ भने चार करोड ८४ लाख ५७ हजार नौ सय नौ रुपैयाँको प्रमाण पेश नगरेको प्रतिवेदनमा भनिएको छ । यस्तै पेश्की बाँकी ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । नगरपालिकाको गतवर्षसम्मको २४ करोड ८३ लाख ५४ हजार रुप
विराटनगरमा बिहीबारदेखि ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । असार १२ गते ट्राफिक सप्ताहको समापन हुनेछ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले संयुक्त रुपमा ट्राफिक सप्ताह २०८१ को शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगरमा ट्राफिक सप्ताहको शुभारम्भ गरेको हो ।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी, नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहर
सुनसरी/सुनसरीको गढी गाउँपालिकामा आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरीएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल HEARD Nepal र एल डि एस च्यारीटिसको सँयुक्त सहयोग र गढी गाउँपालिकाको सहजिकरणमा गाउँपालिका का सात जना आगलागी पिडितहरुलाई राहत सामाग्रीहरु वितरण गरीएको हो ।राहत पाउने आगलागी पिडितहरुमा गढी २ का देव नारायण यादव त्यसैगरी गढी २ का तिर्प उराँव, गढी १ का आमप्रकाश चौधरी, गढी ३ का चना थरुनी, गढी ३ का विनय कुमार चौधरी, गढी ४ का रेवनी कुमारी मेहता र गढी ३ का शिवनाथ महतो रहेका छन् ।राहत सामाग्रीहरुमा जस्ता पाता १ बण्डल, चामल २५ केजी, दाल ५ केजी, नुन २ केजी, खान
इटहरी : इटहरी उपमहानगरपालिका भित्रका २१ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन नबुझाएको भन्दै सचेत गराएको छ ।कानुन अनुसार साधारण सभा भएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भए पनि सहकारी संस्थाले अटेरी गरेको भन्दै उपमहानगरले खबरदारी गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन हालसम्म पनि पेस नगरेको हुँदा जेठ १७ गतेभित्र बुझाउन निर्देशन दिएको छ । सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सूचना प्रकाशित गर्दै कानुनी कारबाहीको चेतावनी दिएका छन् ।
इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.