इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। ’पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। पर्यटन क्षेत्रको विकासका लागि ’पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकाला
इटहरी । पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो।आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। निर्माणको गति सु
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय तथा विद्यालयका कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार गाउँपालिकाको सय विक्ष सदनमा आयोजित उक्त कार्यक्रममा शिशु शिक्षा विकास आधारभूत विद्यालय सिन्द्राङमा तीन दशक अध्यापन गरी अवकाश प्राप्त शिक्षक रामप्रसाद राईलाई ३४ हजार ७ सय ३० रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको हो । गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विगत देखि प्रयास गर्दै आएको र यस वर्ष प्रोत्साहन स्वरुप सम्मानको कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भ
इटहरी । नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले रु दुई लाख उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ । करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक
इटहरी । धरान उपमहानगरपालिका–८, तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ। शनिबार आयोजित एक विशेष समारोहबिच धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले बसपार्कको औपचारिक उद्घाटन गर्नुभएको हो। करिब २७ कट्ठा जग्गामा फैलिएको यस बसपार्कमा भूमिगत पार्किङको सुविधसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बाँकी रहेको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो।बसपार्कको बेसमेन्टमा करिब एक हजार ८४० वर्गमिटर क्
इटहरी । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७ औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्
इटहरी। कोशी प्रदेशमा रहेका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तथा नीति र कार्यक्रम सार्वजनिक गरेका छन् । कोशीभित्र रहेका एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी १३७ वटा स्थानीय तहमध्ये अधिकांशले बजेट र नीति तथा कार्यव्रmम प्रस्तुत गरेका छन् । फिदिम समाचारदाताका अनुसार पा“चथरको हिलिहाङ गाउँपालिकाले ‘स्थानीय सरकार, कोखदेखि शोकसम्म’ कार्यव्रmम कार्यान्वयन गर्ने भएको छ । गाउ“पालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाको १८ औँ गाउँ सभाबाट यस्तो नीति पारित भएको बताउनुभयो । उहा“का अनुसार पालिकाभित्रका महिला गर्भवती भएको जानकारी प्राप्त भएद
इटहरी । ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि उक्त बजेट ल्याएका हुन् । एक नगरपालिका र आठ गाउँपालिका गरी जिल्लाका नौ वटा स्थानीय तहले आफ्नो गाउँ नगरसभा तथा अधिवेशनमार्फत आगामी आवका लागि कुल चार अर्ब ९२ करोड ९५ लाख १०२ रुपियाँ बजेट प्रस्तुत गरेका छन् । फुङ्लिङ नगरपालिकाले सबैभन्दा बढी ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँको बजेट ल्याएको छ । फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाको आगामी बजेट ६० करोड ४२ लाख नौ हजार ५४० रुपियाँ रहेको छ । आगामी आवका लागि सबैभन्दा कम (न्युन) बजेट मैवाखोला गाउँपालिका
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ। उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार राति गाउँपालिका परिसरमा कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँको बजेट प्रस्ताव गर्नुभएको हो। कृषि, पशुपालन र सिँचाइका लागि विनियोजित उक्त रकम कुल बजेटको २।४४ प्रतिशत हो। त्यस्तै, पूर्वाधार विकासतर्फ विनियोजित ५८ करोड ९४ लाख रुपियाँको ३।२२ प्रतिशत हिस्सा यस क्षेत्रका कार्यक्रमका लागि छुट्याइएको छ। गाउँपालिकाको २१औँ गाउँसभाको अध्यक्षता गर्दै अध्यक्ष राजमति इङ्नामको उपस्थितिमा उपाध्यक्ष अधिकारीले बजेट प्रस्तुत गर्नुभएको
इटहरी। पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय ९बजेट० प्रस्तुत गरेको छ। गत वर्ष यस पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २०१ रुपियाँ रहेकामा यस वर्ष गत वर्षको तुलनामा करिब १० करोड रुपियाँ बजेट घटेको हो। मङ्गलबार आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। नगर सभामा प्रस्तुत बजेट वक्तव्य अनुसार चालुतर्फ ७२ करोड ६३ लाख ३६ हजार रुपियाँ र पूँजीगततर्फ २७ करोड ८४ लाख ६८ हजार ३४२ रुपियाँ विनियोजन गरिएको छ।नगरपालिकाको यस अधिवेशनले कृषि, स्वास्थ्य, शिक्षा, पशुप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.