इटहरी / बीवाईडी (BYD) विद्युतीय सवारीसाधनको नेपाल आयातसम्बन्धी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति आधिकारिक वितरक साइमेक्स इन्कले स्पष्टीकरण दिएको छ।कम्पनीले हालै सार्वजनिक भएको बजेटपछि विद्युतीय सवारीसाधन आयात र भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूका सम्बन्धमा आफ्नो आयात प्रक्रिया पूर्ण रूपमा कानुन, नियम र भन्सार प्रक्रियाअनुसार भएको जनाएको छ।साइमेक्सका अनुसार कोरला (मुस्ताङ) र रसुवागढी नाकामार्फत आयात गरिएका बीवाईडीका विभिन्न मोडेलका सवारीसाधनहरू चीनतर्फको निर्यात अभिलेख र नेपालतर्फको भन्सार अभिलेखमा मिल्दोजुल्दो विवरण रहेको छ। कम्पनीले कोरला नाकाबाट ६४९ र रसुवागढी नाकाब
इटहरी । धनकुटामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु भएको छ। लामो समयदेखि ओझेलमा परेको उक्त सम्पदाको संरक्षण र पुनर्जीवनका लागि निरन्तर पहल भएपछि पुरातत्व विभागले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको हो।राणाकालमा पूर्वी नेपालका लागि प्रशासनिक केन्द्र ९गौंडा० रहेको धनकुटामा तामाका दुई पैसा र पाँच पैसाका सिक्का निर्माण गरिन्थ्यो। तामाको अभाव भएपछि सिक्का निर्माण कार्य बन्द भएसँगै पानढीकी टक्सार पनि प्रयोगविहीन बनेको थियो। समयक्रममा भवन जीर्ण बन्दै गएपछि यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको थियो। नेपाली सेनाको सुरक्षा र संरक
इटहरी । कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले दुहबी नगरपालिका प्रमुख बेद नारायण गच्चादारले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेका छन । दुहबी नगरपालिकाको ५० प्रतिशत अनुदान तथा उन्नत कृषि सहकारी संस्था, दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० हजार रुपैयाँ मूल्यका दुई वटा कम्बाइन मिल वितरण गरिएको हो। उक्त मिल धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानी–पिसानी कार्यका लागि प्रयोग हुने बताइएको छ। कार्यक्रमअन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर, छ वटा समरसियल पम्प, १५ वटा स्प्रे मेसिन,
सुनसरी । विश्व वातावरण दिवसको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेश क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना र प्रदेश संयोजक तथा तरहरा शाखा प्रमुख विजय खनालको सहभागिता रहेको थियो।कार्यक्रममा कम्पनीका कर्मचारीहरूसहित MDRT (मिलियन डलर राउन्ड टेबल) विजेता नवराज पौडेल, लोकबहादुर विष्ट, मोहन चौधरी र छत्रराज चौधरी तथा विभिन्न क्षेत्रका उत्कृ
इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका कारण रूख ढलेर घरमा क्षति पुग्दा तीन लाख बराबरको नोक्सानी भएको छ ।\मङ्गलबार साँझ वर्षासहित आएको हुरीबतासका कारण रूख ढलेर स्थानीय अनिता सुब्बाको घरको छानो भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको हो । सुब्बाको जस्तापाता र ढुङ्गामाटोको घरको छाना रूख ढलेर किचेको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमराज गुरुङको घरको लाफी तथा स्थानीय भक्त घतानीको बस्तु गोठ समेत हावाले उडाएको छ । यसैगरी स्थानीय खाण्डुक शेर्पाको किचनको छाना उडाएको छ । हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा बा
इटहरी । रङ्गेली नगरपालिकाले ६ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् । रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न ‘कोल्ड स्टोरेज’ ले सहयोग पुग्ने अपेक्षामा रहेको बताउनुहुन्छ । मोरङको रङ्गेलीमा २०६६ सालदेखि शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफलताउन्मुख बनेको छ । गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीतभण्डारका लागि संरचना निर्माण भए पनि त्यो सञ्चालनमा आउन नसक्दा स्थानीय उत्पादन व्यवस्थापनमा सहज थिएन । कोशी प्रदेश सरकार र रङ्गेली
इटहरी । नेपालमा ओमोडा तथा जेकु ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतीक्षित विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी ९एसयूभी० ओमोडा ई–फाइभ प्रो लाई इटहरीमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।इटहरीस्थित शोरुममा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, ओमोडा तथा जेकु ब्रान्डका प्रतिनिधि र प्रविधिमैत्री रोबर्टले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका थिए। कम्पनीका अनुसार नेपालभर हालसम्म ओमोडा ई–फाइभका एक हजार पाँच सयभन्दा बढी गाडी सञ्चालनमा आइसकेका छन्। नयाँ ई–फाइभ प्रो अझ परिष्कृत प्रविधि, उत्कृष्ट सुविधा तथा आधुनिक सवारी अनुभवसहित बजारमा ल्याइएको हो।नयाँ मोडलमा ५० दशम
इटहरी। पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी,
इटहरी । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल ५ सय रुपैयाँ छुट दिइ चामल बिक्री गरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ
इटहरी । कृषि अनुदान वितरणमा हुने दुरुपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ । नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालु आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ । कोशी प्रदेश सरकारले अघिल्लो आव २०८१र८२ देखि नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो । अघिल्लो वर्ष सात अर्ब ८२ करोड रुपियाँ कर्जा ब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.