सिताराम चन्द्रवंशी (समीर) बराहक्षेत्र / बराहक्षेत्र नगरपालीका वडा न . ९ को छब्बीस पाइपमा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी को अध्यक्षतामा बसेको आम उपभोक्ता भेलाले पन्ची चन्द्रवंशीकोअध्यक्षतामा ७ जनाको मुल उपभोक्ता समिति गठन गरेको छ ।स्थानीय महिलाहरु एक भएर महिलाले पनि समाजका लागि काम गर्न सक्ने भन्दै सातै जना महिलामात्र रहेको समिति सर्वसम्मत पारीत भएको हो । बराहक्षेत्र ९ को राजाबास देखी जुङ्गे चौक सम्म बाटो मर्मत गर्न यो उपभोक्त समिति गठन भएको हो । सडक मर्मत कार्य बराहक्षेत्र नगर योजना लागत योजना अनुमान तिन लाख रहेको र उपभोक्त समिति अनुगमन तथा सहजीकरण
झापा / झापाको बिर्तामोडमा २ अर्ब बढी लगानीमा खोलिएको भाभटेनी सुपर मार्केट आजबाट संचालनमा आएको छ । प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले ब्राह्मण बाट शुभ साइत गराइ बाजा गाजा सहित आज संचालनमा ल्याएका हुन् । यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस रहेको छ । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा बिदेशी ब्राण्ड का उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विस्वास भाटभटेनीका अध्यक्ष मि
महोत्तरी, / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरी ब्यवसाय संचालन गरिरहेका अति विपन्न घरधुरीहरुमा आएको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो ।यसैगरी एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले ग्रामिण महिलाहरुलाई परियोजनाले सहयोग गरेपछि उत्साहजनक उपलब्धी आएको बताउनुभयो ।परियोजना अन्तर्गत एकडा
सुनसरी / कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश माछा पसलमा अस्वस्थकर माछा बिक्रीवितरण भइरहेको छ ।सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा कोसीको नाममा भारतीय माछा बिक्री गरिँदै आएको स्थानीय बद्री यादव बताउँछन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमै अनुगमन हुन नसकेको इनरुवाका हसबुल अन्सारीले बताए ।बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रीवितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीलाई सचेत गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनिता यादवले बताइन् ।
सप्तरीः सप्तरीको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेपछि बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख सिंह निलम्बनमा परेका हुन् । सञ्चालन नै नभएको कार्यक्रमको स्थलगत अनुगमन गरेर योजनाको स्थिति पनि राम्रो रहेको भन्दै सोहीबमोजिम गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेकोले नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा चलेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रम नै नगरी सम्पन्न भएको भनी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी
महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम
महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्
सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत
सुनसरी / इँटा उद्योगीहरूले सरकारसँग सहुलियतको माग गरेका छन् । आर्थिक मन्दीको असर इँटा उद्योगमा समेत नराम्ररी परेको भन्दै उनीहरूले सङ्घीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्त्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरेका छन् ।सुनसरीको इटहरीमा शनिबार भएको नेपाल इँटा उद्योग महासङ्घ कोशी प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै उद्योगीहरूले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि र बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए ।सरकारले कोइला आयात र विद्युतमा सहुलियत नदिनु तथा बिमा कम्पनीको सिन्डिकेटको कारण इँटा व्यवसायी मारमा परेको उनीहरूको गुना
सुनसरी / धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ ।योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.