सुनसरी / : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।विशेष गरेर जिल्लाको पौवादुङमा गाउँ
सुनसरी / उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहीँ भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र पारिएको छ ।उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला हुजे भएको हो । इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने भएको छ ।महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शन
इटहरी : इटहरी उपमहानगरपालिकामा रहेको टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आथित्थितामा कार्यक्रम सुरू भएको थियोे । टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभामा ८ जना जेष्ठ नागरिक , २/२ जना कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका परिवारका सदस्य साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियोे । निवर्तमान संचालक समितिलाई समेत सम्मान गरिएको थियो ।संस्थाले साधारणसभामा आएका सदस्यलाई आफ्नै प्या
इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेललाई पुर्व उपमेयर लक्ष्मी गौतमले करको विषयमा जनता झुक्याउने काम बन्द गर्न आग्रह गरेकी छिन् । इटहरीको राजस्व परामर्श समिति समितिको संयोजकको समेत भूमिका निर्वाह गरी सकेकी गौतमले मेयर पौडेललाई जनविरोधी करलाई तत्काल समायोजन गर्न आग्रह गरेकी छिन् ।आइतबार मेयर पौडेललाई सम्बोधन गर्दै दश बुँदे लिखित सुझाव गौतमले बुझाउन उपमहानगर पुगेकी थिइन् । तर, मेयर पौडेलले सुझाव सहितको पत्र लिन नमानेपछि उपमेयर सङ्गीताकुमारी चौधरीलाई बुझाएको गौतमले बताइन । गौतमले सुझाबपत्रमा करको दर विगतको अनुपातमा समायोजन गर्नु पर्ने, मेयरको सचिवालय घटाउनु पर्ने लगायतको माग राखेकी छिन् ।यस्तो छ उपमे
महोत्तरी/ एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज साउन २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।तालिमको समापनका अवसरमा बोल्नुहुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” अध्यक्ष मण्डललेले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर
काठमाडौं, १६ साउन । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ।खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ। १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको म
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्
इटहरी / इटहरी उपमहानगरपालिकाले हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । आइतबार संघ, संघ अन्तर्गतका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भएर उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । संंघका अध्यक्ष जीवन पराजुलीका अनुसार नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाएको हो । छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए । निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापन
काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।
काठमाडौं \ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्ती भएका छन् । सरकारले सचिव डा. दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्दै निर्वाचन आयोगका सचिव दुवाडीलाई सहकारी मन्त्रालयमा ल्याएको हो ।नवनियुक्त सचिव दुवाडीलाई विहिबार राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो अवसरमा सचिव दवाडीले सहकारी क्षेत्रको असल अभ्यासलाई अझै विस्तार गर्दै यसमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने बताए ।सहकारी क्षेत्रको समस्या तत्काल सबै मिलेर सम्बोधन गर्नुर्पछ । यो क्षेत्र विग्रदा समग्र अर्थतन्त्र डुब्छ । त्यसैले मन्त्रालय अभियानसँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.