लेटाङ। मोरङको लेटाङ नगरपालिकाले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुलाई जग्गा वितरण गर्ने तयारी स्वरुप जग्गाको निस्सा वितरण कार्य सुरु गरेको छ । आइतबार नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिकाको वडा नम्बर ५ बाट निस्सा वितरण कार्यको थालनी गरेका हुन । वडा नम्बर ५ बाट निस्सा वितरण कार्य सुरु गरीएकोमा आइतबारदेखि अन्य वडाहरुमा पनि निस्सा वितरण कार्य सुरु गरिएको छ । नगरका वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा गरि पहिलो चरणमा २ हजार २ सय ३७ वटा निस्सा बाँड्ने नगरपालिकाको योजना रहेको छ । यसैगरि दोश्रो चरणमा वडा नम्बर १ र ७ का साथै अन्य वडाका बाँकी रहेका निस्सा वितरण गरिने नगर प्रमुख
इटहरी । इटहरी मुख्य चौकमा देखा परेको पार्किङको समस्या समाधानका लागी उद्योग वाणिज्य संघ इटहरीले इटहरी नगर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्याका कारण व्यवसायी मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालीकाका मेयरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । इटहरी चौक क्षेत्रमा व्याप्त पार्किङको असुविधाले व्यवसायीहरु पलायन हुने अवस्था आएको तर्फ मध्यनजर गर्दै यथासिघ्र पार्किङको समस्या समाधान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए । पुर्वकै ब्यवसायीक केन्द्र इटहरीमा व्यवसाय गर्दै आएका व्यव
पथरि / झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था लिमिटेडले आफ्नो २८ औ बार्सिक उत्सब सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि मनाई रहेकाे छ । संस्थाले २०७९ चैत्र २१ गते आफ्नो स्थापना दिवस को आवसरमा आफ्ना ८० ओटै सेवा केन्द्र बाट विभिन्न सामाजिक कार्यक्रम गरि बार्सिक उत्सब मनाइरहेको छ । तेस्तै ३८ औ सेवा केन्द्रकाे रुपमा पथरी बजारमा रहेकाे पथरि सेवाकेन्द्रले पनि पथरि सेवा केन्द्र संचालन उपसमितिका अशाेक आचार्यको अध्यक्षता तथा पथरि शनिस्चरे वडा न
इटहरी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम, दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गरेका छन् ।उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछिनिर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको बताएका थिए ।यता अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले पत्रकार सम्मेलन गर्दै आफुहरु चुनाव बहिष्कार गरेका जानकारी दिए ।‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले एशोसिएट्सतर्फ कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिने भएका हुन् ।आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहबाट उनी एशोसिएट्सतर्फ सदस्यमा उम्मेदवार बनेका हुन् । सोमबार एक कार्यक्रमबीच श्रेष्ठसहित विभिन्न उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । जसलाई संघको सातै प्रदेशका अध्यक्षहरु र केही अग्रज व्यवशायी नेतृत्वहरुको साथ रहेको बताइएको छ ।बस्नेतले यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्
इटहरि / सहारा नेपाल तरहराले सस्थाकाे २८ औ बार्षिक उत्सव काे अवसर पारेर तरहरा हाेम्स क्षेत्रमा आफ्नाे गाउ सफा बनाउ अभियान गरि सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।इटहरि २० का वडाअध्यक्ष मणिराम क्षेष्ठको प्रमुख आतिथ्यता तथा तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेको अध्यक्षतामा भएको सरसफाइ तथा डस्विन वितरण कार्यक्रममा तरहरा जेसिज अध्यक्ष बहादुर तामाङ, टाेल विकास सस्थाका अध्यक्ष अर्जुन बस्नेत, नेपाल रेडक्रस साेसाइटि तरहरा का सभापति सुमन दाहाल , सहारा नेपाल साकाेस अनुगमन अधिकृत रतन तिम्सिना, उप समिति सम्याेजक याम बहादुर बस्नेत , इटहरि
सुन्दरहरैचा / सहारा नेपालकाे २८ औ स्थापना दिवसमा सरसफाई तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। २८ औ स्थापना दिवसको अवसरमा सहारा नेपाल साकाेस बिराटचाैक सेवा केन्द्र द्वारा डस्टबिन र ट्राफिक सामग्रि हस्तान्तरण गर्नुका साथै नागदेबि मन्दिर परिसर र सलकपुर चाैक सरसफाई र अटाे र सिटि चालक लाई ट्राफिक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकाेस बिराटचाैक सेवा केन्द्र संचालन उपसमिति चिरन्जिबि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैचा वडा न ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यता र
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ ।योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
इटहरी । महिला वचत तथा ऋण सहकारी संस्थाले ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्नो सेयर सदस्यहरु ३३ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सहकारीले एक कार्यक्रमका विच ७० वर्ष माथीका आफ्नो जेष्ठ सदस्यहरुलाई प्रमाणपत्र फुलमाला लगाएर फलफुल मिष्ठान खुवाएर सम्मान गरिएको हो ।महिला वचत तथा ऋण सहकारी संस्था धेरै पुरानो राम्रो सस्था रहेको आफु पनि यस संस्थाको पुरानो सदस्य भएकोले यसलाई हामी सवै मिलेर वचाउनु पर्नेमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालीकीे उपमेयर संगीता चौधरीले वताइन । कसैलाई पाखा कसैलाई काख नगरी यो सहकारीले विभिन्न सामाजिक गतिबिधीहरु गरिरहेको छ । इटहरी
इटहरी । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरी जिल्लामा सञ्चालनमा रहेका १४वटा सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रत्येक पालिकामा रहेका एक एक र जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी कुल १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गंगा प्रसाद दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको राष्ट्रिय सहकारी दिवसका अवसरमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.