इटहरी । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । भानु जन माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मङ्सिर १३ गते सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिच प्रतिस्पर्धा हुने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिका विच प्रतिस्पर्धा हुने छ । यस्तै, मङ्सिर १५ गते फुङलिङ नगरपालिका र
सुनसरी | बराहक्षेत्र नगरपालिकामा चक्रघट्टि जेसिज सप्ताह २०२५ अन्तर्गत आयोजना एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि आयोजक चक्रघट्टि जेसिजले हात पारेको छ। ग्रामिण पत्रकार समूह उपविजेता बनेको छ।स्वास्थ्यको लागि खेलकुद र मनोरञ्जनात्मक गतिविधि प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यसरी खेल सहभागी, विजेता र उपविजेता टोलीलाई बधाई छ र विभिन्न क्षेत्रका व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै जेसिज सप्ताह अन्तर्गत फुटबल जेसिज तर्फबाट २०२५ का अध्यक्ष सुरज घिमिरेले बताउनुभयो।
सुनसरी। नेपाल खेलकुद महासङ्घ सुनसरीले जिल्लाभरि रहेका सहरदेखि ग्रामीण बस्तीका बालबालिकाको खेलकुद प्रतिभा विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘बालबालिकासँग खेलकुद’ कार्यक्रम सुरु गरेको छ। बालबालिकामा खेलप्रति उत्पन्न हुने रुचिलाई प्राविधिक सहयोग, सामग्री तथा नियमित गतिविधिबाट सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम प्रारम्भ गरिएको महासङ्घले जनाएको छ।महासङ्घ सुनसरीका अध्यक्ष विकल पौडेलले बालबालिकाको उमेरअनुसार खेलका अवसर विस्तार गर्न महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो।“सुनसरीका १२ वटै स्थानीय तहमा पुगेर, विशेषगरी गाउँ–बस्तीका बालबालिकासम्म खेल अवसर पुर्याउँछौँ। खेलले बालबालिकाको अनुशासन, आत्मविश्
मोरङ | मोरङको सुन्दरहरैचा गछियामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप–२०८२ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। कुल ८ टिमको सहभागितामा हुने प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकहरूले बताएका छन्।“लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मुख्य नाराका साथ सुरु गर्न लागिएको यो प्रतियोगिताबाट समाजमा सकारात्मक ऊर्जा फैलाउने, युवाहरूलाई अनुशासन तथा स्वास्थ्यप्रति सचेत बनाउने र स्थानीय प्रतिभालाई मंच प्रदान गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानका
इटहरी । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो । चासोक तङ्नाम मूल सञ्चालक समितिको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिमसहित जम्मा १५ वटा टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलन मार्फत समितका अध्यक्ष विशाल लङ्वा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क पाँच हजार पाँच सय ५५ रुपियाँ रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपराह्न ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संय
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा छात्राहरुलाई महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रदान गरिएको छ । पुनम फाउण्डेशनद्धारा आयोजित महिला हिंसा विरुद्ध आत्मरक्षा तथा खेलकुद प्रशिक्षण कार्यक्रम शनिबार हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातिले उद्घाटन गर्नुभएको हो । श्री सगरमाथा माध्यमिक विद्यालय घोडेटारको सहकार्यमा आयोजित प्रशिक्षणमा पञ्चकन्या, भिमेश्वरी र सगरमाथा माविबाट छात्रा विद्यार्थी र शिक्षिकाहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा बलात्कार र महिलाहरुमाथि हुने गरेको हिंसालाई कम गर्न सैद्धान्तिक र व्यवहारिक सिप प्रदान गरिएको थियो । खेलकुदमा महिलाहरुको सहभागिता वृद्धी गर्न र छात्राहर
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो । प्रतियोगिता तथा मेला आगामी मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेलासहित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । यो सँगै खेलकुदको माध्यमबाट ताप्ले
इनरुवा, सुनसरी । नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजना तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका विविध राजनीतिक र जनजागरण कार्यक्रमहरूको क्रममा आज इनरुवामा आयोजित उक्त र्यालीमा सयौँ युवा उत्साहपूर्वक सहभागी भएका थिए । झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्यालीले इनरुवाको मुख्य बजार गरेको थियो ।नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले र्याली युवाहरूमा जागरण र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो
सुन्दरहरैचा। गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ। पाथीभरा देवीको मन्दिरबाट विशेष कार्यक्रमका बीच गोल्डकपको उद्घाटन मंसिर १५ गते, सोमबार हुने घोषणा गरिएको आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले बताए।युवा खेलाडीको प्रतिभा विकास, स्थानीय खेलकुदको प्रवर्द्धन र समुदायमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यसहित गछिया युवा समाजले यस वर्ष पहिलोपटक गोल्डकप आयोजना गर्न लागेको क्लबका अध्यक्ष सरोज दाहालले बताए ।प्रतियोगितामा स्थानीयदेखि बाहिरी जिल्लाका टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। विस्तृत खेल तालिका तथा कार्यक्रमबारे थप जानका
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ । आयोजक पथरी ११ फुटबल क्लबलाई घरेलुु मैदानमा २–१ गोलले हराउँदै सलहेश फुटबल क्लबले दोस्रो संस्करणको उपाधि जितेको हो । जितसँगै सलहेशले पाँच लाख रुपियाँसहित गोल्डकप प्राप्त गरेको छ । उपवजेता पथरी–११ फुटबल क्लब पथरीशनिश्चरेले दुई लाख ५० हजार रुपियाँसहित उपविजेताको ट्रफी पाएको छ । १८ओैं मिनेटमा पथरी ११ का अग्रपक्तिका खेलाडी निरज परियारलाई सलहेशका कारिम ओमेलाजाले फल्ड गरेपछि पथरी–११ ले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पथरी–११ धिरेन क्षेत्रीले पेनाल्टी सदुप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.