सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको पहिलो दिन उद्घाटन समारोहमा सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी रहनु भएको थियो । त्यसै गरि विशिष्ट अतिथिमा बराहक्षेत्र -८ का वडा अध्यक्ष रोशन खड्क रहेकोे थियो । अतिथि हरुमा बराहक्षेत्र ८ र ९ को वडा सदस्य हरु, स्थानीय प्रहरी इन्चार्ज , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेलको उद्घाटन समारोह गरिएको थियो । आज उद्घाटनको दिन बराहक्
भोजपुर / जनजागृति सामाजिक संस्था भोजपुरको टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा दशैं तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरिएको यो प्रतियोगिता यहीँ असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म लेखर्क विद्यालयको खेल मैदानमा सञ्चालन हुदै छ ।आयोजक संस्थाका संयोजक सुजन लुईटेलका अनुसार, प्रतियोगिता वडा स्तरीय हुनेछ र नकआउट आधारमा खेलाइनेछ। प्रत्येक खेलाडीले आफ्नै साविक वडाको परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ। खेलाडीहरूले आफ्नो बसोबास र खानपानको व्यवस्था आफैं गर्नुपर्नेछ भने खेलका क्रममा कुनै चोटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनेछन्।प्रतियोगितामा उत्कृष
संखुवासभा / नगर विकासका लागि युवा दृष्टिद्वारा खुल्ला पुरुष फुटबल आयोजना सुरु भएको छ । संखुवासभाको मादी नगरपालिकामा आयोजित दोस्रो YVMD कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ । युवाहरुलाई खेलमा जोड्न खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य साथै दशै लक्षित गरेर आयोजना गरिएको यस प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएका छ्न।मादी बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो खेल प्रतियोगितामा कर्मचारी भर्शेज कृषक समुह बीचको उद्घाटन खेल प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । खेलको दौरानमा कृष
इटहरी | इटहरीमा खेलकुद र सामाजिक गतिविधिहरूमा सक्रिय सेभेन स्टार क्लबले आयोजना गरेको “सेभेन स्टार इटहरी रन” (SEVEN STAR ITAHARI RUN) को दोस्रो संस्करणको खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुला रहने छ, जसमा स्थानीय खेलाडीहरूका साथै नेपालभरिका धावकहरूको व्यापक सहभागिता थिए ।पुरूष तर्फबाट बैतडीका नरेन्द्र सिंह रावत प्रथम ,काठमाडौंका नागेश्ववर अहिर दोस्रो, करण रावल बझाङका तेस्रो , विक्रम लिम्बू लेटाङ्ग मोरङको लेटाङका , चौथो र दमकका सरोज सिंह दौडिर पाँचौ स्थान पुगेका थिए ।महिला तर्बाट सुमित्रा कुमारी चौधरी काठमाडौंको प्रथम , सुनकला राई संखुवासभाकि दोस्
बिराटनगर / मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकको रुपमा आश्रय सुधार केन्द्र रहेको छ। लागुऔषधको दुर्व्यसनमा फसकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको रकम ३० हजार सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए। सुधार केन्द्रले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ भने एलएक्स सिटी फुटबल प्रतियोगितालाई पनि १० हजार पीस टिकट सहयोग गरेको थियो। भुल्के युवा समाजको आयोजनामा प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर ८ को मुख्य आर्थिक सह
रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा आयोजित प्रथम रामधुनी उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आरआइ एफसी काठमाण्डौंले जितेको छ। रामधुनी नगरपालिकाको खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए।रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा भएको यस प्रतियोगितामा आरआइ एफसी काठमाण्डौं र रामधुनी युवा क्लब झुम्काबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो। खेलको दौरानमा आरआइ एफसी काठमाण्डौंले पहिलो हाफमै १ गोल गर्दै आफ्नो अग्रता बनाएर राखेको थियो। रामधुनी युवा क्लब झुम्काले अन्तिम समयसम्म निरन
बेलबारी / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना हुने ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८१’ मा बेलबारी नगरपालिकाले १५ लाख बजेट छुटयाएको छ ।यहि असोज ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रायोजककै नामबाट आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८१’ रहेको छ,तरपनि सबैभन्दा बढी बजेट चाँहि बेलबारी नगरपालिकाले दिने भएको छ । ब्यत्ति र कम्पनीको नाममा हुने प्रतियोगितामा सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै आलोचना समेत शुरु भएको छ । गोल्डकप बिजेता टिमलाई ८ लाख, दोस्रो हुनेलाई ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रदान गरिने आयोजक एल।एक्स
नेपाल खेलकुद महासंघको खेलाडी व्यवस्थापन र खेलाडिलाई रोजगार दिने उदेश्यका साथ एक राष्ट्रिय खेलाडीलाई इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति गराएको छ । महासंघकाे उदेश्य अनुरुप नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको पहलमा र प्रयासमा इनरुवा नगरमा रहेकाे राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी सोनु मण्डललाई स्मल हेबेन एकेडेमीले खेल प्रशिक्षकमा नियुक्ति गरेको छ।नियुक्तिका क्रममा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटि सचिब बिप्लब घोस, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्षसरोज बस्नेत, नगर सचिब कमल उपध्याय लगायतको उपस्थिती रहेको थियो ।स्मल हेबेन एकेडेमीको
बराहक्षेत्र / बराहक्षेत्रमा २०८१ सालको बडादशैं र तिहारको उपलक्ष्यमा यहि असोज १० गतेदेखि १७ गते सम्म प्रथम जय नेपाल भलिबल कप प्रतियोगिता हुने भएको छ।बराहक्षेत्रमा पालिका स्तरीय भलिबल कप प्रतियोगिता हुने भएको छ।न्यू जेनेरेसन युथ क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाको भलिवल खेल मैदानमा पालिका स्तरीय भलिबल कप प्रतियोगिता हुने भएको हो।आयोजकले प्रेस मिट गर्दै प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लाको विभिन्न पालिकाहरूमा रहेका स्थानीय प्रतिभाशाली खेलाडीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अवसर सिर्जना गर्नको लागि उनीहर
बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । सनिवार बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा शुक्रराज भण्डारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिव तुलसी कार्की, उपसचिव एवन कटुवाल, गणेश कार्की र कोषाध्यक्षमा ओशिन तामाङ लगायत चयन भएका छन् ।जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका इञ्चार्ज विप्लप घोषको प्रमुख आतिथ्यता र प्रमुख वक्ताका रुपमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका थिए ।कार्यक्रममा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.