इटहरी / भारतको सिलिगुरीमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीको छात्रले स्वर्ण पदक ल्याउन सफल भएकी छन् । यही जेन २९ र ३० मा सिलिगुरीमा सम्पन्न प्रतियोगितामा जनता माविकी कक्षा ९ की छात्र सिम्रण राईले स्वर्ण पदक ल्याउन सफल हुनु भएको हो । ४१ केजी समुहबाट राई विजयी हुनु भएको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । ३७ केजी समुहबाट पनि राईले दाेश्राे पुरस्कार ल्याउन सफल हुनु भएकाे छ । गाेर्खा हिल तेक्वान्दाे एसाेशिएसन, सिलिगुरी तेक्वान्दाे एकेडेमी र बेङगाल तेक्यान्दाे एसाेशिएसनकाे सङ्युक्त आयाेजनामा प्रतियाेगिता भएकाे थियाे ।यस्तै जुन
इटहरी / भारतको सिलगुडीमा भएको प्रथम अन्तराष्ट्रिय टेक्वान्दो ओपन च्याम्पियनसिप २०२४ मा इटहरी १९ मा रहेको लिटल पिस हेभन इङलिस एकेडेमी प्रथम भएको छ । कोशी प्रदेशको नेतृत्व गर्दै भारत पुगेका लिटल पिसका विद्यार्थीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन । यही असार १४ गते देखी भारतमा भएको खेलमा ४ वटा देश सहभागी भएका थिए । सो प्रतियोगीतामा कोशी प्रदेशका तर्फबाट लिटल पिस हेभन इङलिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत सुजन भुजेल , कक्षा ९ मा अध्ययनरत सर्वधन गुरुङ र कक्षा १० मा अध्यनरत बिसाल आचार्यको टिमले जित आफनो हातमा पार्दै नेपालकै नाम राखेका छन । इटहरी ५ सिमर वनामा रहेको जुनतारा टेक्वान्
कोशि प्रदेस खेलकुद विकास बोर्डको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोगमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन भएकाे छ । हिमालय माध्यमिक विद्यालय दमक को साभाहलमा असार १५ देखि १७ गते सम्म सन्चालन हुने सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश समाजिक बिकास मन्त्री पाँच कर्ण राईकाे प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय होम बहादुर थापा , कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतकाे विशिष्ट आतित्यता, दमक नगरपालिका पूर्व नगर प्रमुख रोम ओली , प्रदेश खेलकूद विकास बोर्डका सदस्य,कार्यालय
इटहरी / स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद सबैका लागि खेलकुद हामी अपाङ्कगका लागि हौं हामी पनी सक्छौं यो देशलाई चिनाउन, यो देशको गौरव बढाउन । केबल अधिकारबाट बन्चित नगरौं सरकार भन्दै स्पाईनल इन्जुरी सघ कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ को आयोजना गरिएको छ । महिलाहरु कमजोर हुने भएको र त्यसमा पनि अपाङ्कगलाई हेर्ने दृष्टिकोण फरक रहदै आएको छ । अपाङ्कगहरुले पनि केहि गर्न सक्छन् भन्ने छाप यो समाजलाई दिन र आफुमा अपाङ्कगता भएका व्यक्तिहरु सक्षम छन् भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको स्पाईनल इन्जुरी सघ कोशी प्रदेश महासचिव राजन बराईलीले
धरान / धरान बास्कोटबल संघद्वारा आयोजित ९औं बास्केटबल ट्यालेन्ट हन्ट एन्ड ट्रेनिङ क्याम्प सम्पन्न भएको छ । २०८१ जेष्ठ १० देखी सुरु भएको एक महिने ट्रेनिङ क्याम्प प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव कृष्ण बस्नेत पर्शुराम ज्यूको प्रमुख अतिथ्यतामा असार १० गते धरानमा सम्पन्न भएको छ ।एक महिना सम्म चलेको कार्यक्रम को समापन सोमारहमा आतिथिहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीम ज्वाला राई , धरान उपमहानगरपालिका वडा नम्बर १० वडा अध्यक्ष विवेक राई , पत्रकार महासंघ कोशी प्रदेश सचिब देवेन्द्र कार्की, युवा नेता दिपक बनेपाली लगााायतको , लगायत प्रशिक्षक, पत
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक
काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटी तीन दिन बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो । महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित कार्यक्रममा तालिमका सहभागीलाई ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र संगठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो । त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र तलसम्म लैजानु पर्नेमा उहाँले जोड
काठमाडौं/"खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार" भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदै छ । २०८१ असार ४ गते देखि ६ गते सम्म महासंघको केन्द्रीय कार्यालय मध्य-बानेश्वरमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यता नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्ण बहा
इटहरी / इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो । इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह सम्पन्न भएको हो । कोशी प्रदेश सरकाले आफ्नो नेतृत्वमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४
विराटनगर : कोशी प्रदेश अबको केही समयभित्रै खेलकुदमय बन्दै छ। प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरु आयोजना गरिँदै छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्। केही प्रतियोगिता असार ८ गतेपछि आयोजना गरिने छ। तर, सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी तयारी थालिएको छ। बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.