सुनसरी / पौवादुङमा गोल्ड कप र माघिमेला सुरू भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमाको उद्घाटन अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले संयुक्त रुपमा गर्नु भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले प्रतियोगिता तथा माघिमेलाले यहाँको आन्तरिक बाह्य पर्यटनको विकास टेवा पुर्याउने बताउनुभयो । योसँग
भोजपुर / भोजपुरमा आगामी माघ नौ गतेबाट प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । भलिवल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको हो । माघ नौ गतेबाट माघ १२ गतेसम्म हुने प्रतियोगितामा जिल्ला भित्रका र बाहिरका पालिकाहरुको टिमले सहभागिता जनाउन पाउने छन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद बिकास समितिको आयोजना र भोजपुर जिल्ला भलिवल संघको प्राबिधिक सहयोगमा प्रतियोगिता संचालन हुन लागेको जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बतााए ।करिव छ लाख तीस हजारको लागत अनुमानमा संचालन हुन लागेको
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा आगामी माघ १ गतेबाट पौवादुङमा गोल्डकप फुटवल तथा माघी मेला आयोजना गरिएको छ ।पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक गोल्डकप फुटवल प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाको केन्द्र वडा नम्वर तीनमा रहेको रंगशालामा हुने प्रतियोगिता अन्तर्गत पुरुष तर्फको बिजेता टिमले नगद तीन लाख र उपबिजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै महिला तर्फको बिजेता टिमले नगद ६० हजार र उपबिजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानका
विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका खेलाडीहरुलाई बुधबार सम्मान गरेको हो ।जनपथ माविमा सञ्चालित बालाजी डोजोबाट सहभागी भएर ९ स्वर्ण पदक र २ रजक पदसहित शतप्रतिशत सफलता हात पार्दै फस्ट रनरअप पनि बनेर देशको गरौव बढाउने बालाजी डोजाका खेलाडीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । पढाइसँगै खेलकुदका माध्यमबा
भोजपुर / भोजपुरमा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव ग्याल्जेन शेर्पाले बताए ।प्रतियोगि
मधेस प्रदेश / जितपुर सिमरामा मधेस प्रदेश स्तरीय मदन आश्रित कृकेट कप २०८० हुने भएको छ ।नेपाल खेलकुद महासंघ जितपुर सिमरा उपमहानगर कमिटी द्वारा आयोजना गर्न लागिएको खेलमा अनुमानित खर्च ४५ लाख हुने नेपाल खेलकुद महासंघजितपुर सिमरा उपमहानगर कमिटी ले बताएको छ । २०८० माघ तेस्रो सप्ताह देखि सुरु हुने खेलमा ८ जिल्ला बाट १/१ टिम र एक आयोजक गरि जम्मा ९ टिम सहभागी हुने र बिजेता टिमले १ लाख, उप बिजेता टिमले ५० हजार पाउने नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोसले बताउनुभयो ।
सुनसरी । इटहरी उपमहानगरपालिकाले पहिलो अन्तर नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा धरान उपमहानगरलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । उपाधिसँगै इटहरीले नगद १ लाख रुपैयाँ जितेको छ । उपबिजाते धरानले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभए पनि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा घरेलु टिम इटहरीको तर्फबाट सन्तोष दाहाल, सुमित चौधरी, हरि कार्की र योगेन्द्र कार्कीले गोल गर्दा कप्तान प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।ध
पथरी शनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ।आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो।दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो भने सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई ( ७
बिराटनगर / बिराटनगर वडा नं. ११ मा रहेको बालाजी डोजोबाट 30 र 31 December 2023 मा भारतको आगरा (उत्तर प्रदेश) मा हुनगईरहेको "INTERNATIONAL KARATE CHAMPIONSHIP-2023" मा प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधित्व गर्दै ११ जनाको कराते खेलाडी साथै प्रशिक्षक र व्यवस्थापकहरुलाई मोरगं कराते महासंघले आज एक कार्यक्रम आयोजना गरि सफलताको शुभकामना सहित बिदाई गरेको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र कराते महासंघ मोरगं अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न गरेको
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्नु भएको छ। भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल हुनु भएको हाे । उहाँले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाउँनु भएको हाे । दिपाले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.