इटहरी / नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने भएकाले विरामीहरुलाई समस्या नहोस भनेर नेपाल तरुण दल इटहरी वडा नम्बर ७ ले रक्तदान कार्यक्रम गरेको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरूङको प्रमुख आतिथ्य तथा आयोजक इटहरी वडा नम्बर ७ का सभापति अतिथ राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरेका हुन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का पुर्व वडाध्यक्ष नरबहादुर राई , नेपाली काँग्रेस इटहरी वडा ७का उपाध
सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार विश्वासको मत पाएका छन् ।कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको थियो । छ जना राप्रपाका सदस्य मध्ये एक जना भने अनुपस्थित रहेका थिए ।मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा ९ एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । कार्र्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो पाँचौं पटकको मुख्यमन्त्री बनेका छन् । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठब
विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्र्की नियुक्त भएका छन । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि बहुमत पुगेको हस्ताक्षर लगेर दाबी पेश गरेका थिए । उनले अन्तिम समयमा हस्ताक्षर नपुग्ने भएपछि आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको भन्दै सनाखत गराउन गएनन् ।संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्र्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । यसअघि असोज २० गते मु
विराटनगर / कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्।प्रदेश प्रमुखले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ को उपधारा ५ बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए ।प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन आग्रह गरेका हुन्।सो समयसीमामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र न
विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् । बिहीबार नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी गरेका थिए।उनीहरू दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी गरेका थिए।
विराटनगर / गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले (नेकपा) एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।शीर्ष तहमा भएको सहमति उल्लङ्घन गर्दै केही सांसदहरू एमालेको सहयोगमा मुख्यमन्त्री बन्न र सत्ता साझेदारी गर्न अघि बढेपछि नेपाली काँग्रेसभित्रको विवाद सतहमै प्रकट भएको छ ।यसले कोशी प्रदेशमा केन्द्रीय गठबन्धन कायम नरहने सम्भावनासँगै काँग्रेस विभाजनको प्रक्रिया आरम्भ भएको अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कोशीमा काँग्रेसको भँगालो फाटेको प्रतिक्रिया दिनुले पनि काँग्
सुनसरी / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय गएर दावी पेस गरेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्बालाई मुखयमन्त्री दिने
सुन्दरहरैंचा: युवासंघको अधिवेशनको क्रममा एमाले नेता महेश बस्नेत झापा आउने भनेका छन् । युवासंघ अर्जुनधारा नगरकमिटीको अधिवेशन उद्घाटन गर्न बिहिवार बस्नेत झापा आउने भएका हुन् ।नगरकमिटीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले भने युवासंघ र महेश बस्नेतलाई अवरोध गर्ने तयारी गरेको बुझिएको छ । केहि दिन अगाडी मात्र प्रसाईंलाई काठमाडौको एक होटेलमा मोसो दलिएको थियो । आफुलाई महेश बस्नेतले परिचालन गरेका केटाहरुले आफुमाथि दुर्ववहार गरेको आरोप लगाएका थिए । त्यही बिसयलाई लिएर प्रसाईं समर्थक समुहले झापाको कार्यक्रमा बस्नेतलाई प्रतिरोध गर्न सक्ने भन्दै युवासं
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राप्रकाका पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताए ।“राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । निधन भएकाको शव यथाशक्य च
विराटनगर / कोशी प्रदेशमका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नयाँ सरकार गठनका लागि ६ दिन अर्थात् २६ गते सम्मको समय दिएर आह्वान गरेका छन् ।शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुने निश्चित छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.