विराटनगर / कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्चले उद्धव थापालाई दोस्रो पटक पदबाट बर्खास्त गर्दै सबैभन्दा ठुलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको छ ।योसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र उनले विश्वासको मत लिने छन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उनलाई पदमुक्त गरेको हो ।थापाले व
विराटनगर / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरे पछि पदमुक्त भएका छन् ।सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रम
सुनसरी / धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।गएको स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएर निर्वाचित भएका भट्टराई आज राप्रपा प्रवश गरेका हुन् ।भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत ल्याएका थिए। उनीलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टी सदस्यता दिँदै स्वागत गरेका छन् ।
सुनसरी / भाेजपुर नगरपालिका १२ टक्सार स्थित श्री कृष्ण जन्मष्टमीकाेअवसरमा भएको निशुल्क जलपान तथा रक्तचाप परिक्षण सेवा राष्ट्रिय युवा सघं नेपाल नगर कमिटी भाेजपुरले गरेको छ ।नेपाल रेडक्रस साेसाइटि रक्तसंचार सेवा केन्द्र भाेजपुरकाे प्राविधिक सहयाेगमा १ हजार १ सय ११ जनालाई जलपान दिएको साथै ९७ जनाई लाई रक्तचाप परिक्षण कार्यक्रम राष्ट्रिय युवा सघ नेपाल नगर कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालले बताए ।राष्ट्रिय युवा सघ नेपाल नगस कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालको अध्यक्षतामा युवा सघं नेपाल केन्द्रीय सदस्य बिमल रणपहेली बिमल रणपहेलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । पार्टीका वि
इटहरी / इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी कर वृद्वि गरेको विरोधमा नागरिक समाज इटहरीले चरणवद्व आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्नादेखि नो ट्याक्स सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उपमहानगरलाई कर वृद्विको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर चरणवद्व आन्दोलन जानु परेको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराईले बताइन् ।उनले आन्दोलनको पहिलो दिन भाद्र २० गते जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, भाद्र २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने कार्यक्रम रहेको छ ।यस्
सुनसरी / नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ (क) सुनसरीले बीपी साहित्य सन्ध्या’ समापन गरेको छ । इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गणमा मङ्गलबार साँझ सो कार्यक्रम सम्पन्न गरेको हो ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसरमा आयोजित साहित्य सन्ध्या कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवानले बीपी कोइरालाले राजनीतिकमात्र नभई साहित्यिक योगदान पनि पुर्याएको बताएका छन् ।देवानले भने, ‘बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदान अतुलनीय रहेका, आजको पुस्ताले बीपी कोइरालालाई सम्झिनुको पहिलो कारण उनी कुशल साहित्यकार पनि हुन्
सुनसरी / अखिल नेपाल महिला संघ इनरुवा सुनसरीले तिज विशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ । इनरुवा ३ स्थित सखुवागाछीमा अनेमसंघको तिज विषेश कार्यक्रम सम्पन्न गरिएको हो । नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको महान चाड तिज विषेश कार्यक्रम गरिएको कोशी प्रदेश सभा सदस्य निरा खनालले बताउनुभयो ।पार्टीका नेता प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आथित्यता तथा प्रदेश सभा सदस्य निरा खनाल , रामप्रसाद मेहता र मिना श्रेष्ठको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको अनेमसंघ इनरुवा अध्यक्ष मनु चापागाईं ले बताउनुभयो ।कार्यक्रममा पार्टीका नेता खेमराज पोखर
दुहवी/ नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय सदस्य, पुर्व मन्त्री भगवती चौधरीले नेकपा एमाले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएकोले अव एमालेको बिकल्प नरहेको वताउदै २०८४ संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी वनाउनतर्फ आम कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा सम्पन्न कार्यक्रममा ३० जना बिभिन्न पार्टी मा आस्था राख्ने र स्वतन्त्र नागरिकले नेकपा एमाले बाहेक अरूबाट नागरिकले सभ्य समा
सुनसरी / उदयपुरको त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबारदेखि सुरु गरेको हो । जनप्रतिनिधि र कर्मचारीको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिए । जनप्रतिनिधिहरूलाई आफ्नो अधिकार र कर्तव्यअन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्यसम्पादनमा भिन्नता ल्याउन
इटहरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन आइतबार अन्तिम पटक म्याद थप गरेको छ ।पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सूचना जारी गरी अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको उपमहानगरले जनाएको छ ।यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.