राजनीति

    Showing १,४२१-१,४३० of २,३०२ items.
  • आन्दोलनकारीलाई मुख्यमन्त्री कार्कीको आग्रह, ‘हिंसा त्याग्नुस्’

    विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई हिंसा त्याग्न आग्रह गरेका छन् ।हिंसात्मक गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने भन्दै उनले आफ्ना गतिविधिलाई शान्तिपूर्ण बनाउन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।१६औँ गणतन्त्र दिवस अवसरमा सोमबार बिहान प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधर निरन्तर आन्दोलित छन् । उनीहरुले ऐत

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • १४० पटक पढिएको
  • प्रदर्शनकारी र प्रहरीबीच झडप, आन्दोलनकारीद्वारा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचान पक्षधर प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रदर्शन सुरु गरेपछि प्रहरीले निषेधित क्षेत्रतिर जानबाट रोक्ने कोसिस गरेको थियो । जबर्जस्ती निषेधित क्षेत्र तोडेर प्रदर्शन चर्काएपछि प्रहरीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा प्रहार गरेका छन् ।आन्दोलनका क्रममा पक्राउ पर्ने प्रदर्शनकारीको संख्या ३७ पुगेको छ । पहिचान पक्षधरद्वारा सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहा

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • २५७ पटक पढिएको
  • कोसी प्रदेशको नामविरुद्ध निर्णय गर्दै स्थानीय तह

    विराटनगर । तत्कालीन प्रदेश १ को नाम कोसी  प्रदेश  राखिएको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।पहिचानवादीले आइतबारदेखि आह्वान गरिएको प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।त्यही आन्दोलनलाई बल पुग्ने गरी कोसी प्रदेशका विभिन्न स्थानीय तहले भने  निर्णय गरिरहेका छन् । स्थानीय तहहरुले पहिचान पक्षधरको आन्दोलनलाई समर्थन मिल्ने गरी कोसी प्रदेशविरुद्ध निर्णय गर्न थालेका हुन् । पछिल्लो समय खोटाङको

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १३३ पटक पढिएको
  • रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग

    काठमाडाै । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर  कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । यसले देश

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • २६० पटक पढिएको
  • नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलन सम्पन्न

    इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलन एक कार्यक्रमका विच सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका समितिका कार्यवाहक सभापति बालकृष्ण विष्टको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यमा नगर सम्मेलन आयोजना गरिएको हो ।नगर सम्मेलनका बक्ताहरुले पार्टीलाई मजवुत वनाउन गुटउपगुटको मानसिकता त्यागेर एक जुट भएर अघि वढ्नु पर्नेमा जोड दिए । विगतका निर्वाचनमा जिल्लामा पार्टीले हासिल गरेको नतिजाबाट पनि अझ संगठन विस्तार र एकतावद्ध भएर अघि वढ्नु पर्ने संदेश दिएकोमा समेत वक्ताहरुले जोड दिए ।                      &

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ३६२ पटक पढिएको
  • सात बुँदे इटहरी घोषणापत्र जारी गर्दै प्रेस चौतारी नेपाल सुनसरीको साधारण सभा सम्पन्न

    प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गरेको छ । शुक्रबार प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै विभिन्न वक्ताहरुले प्रेस स्वतन्त्रता, पत्रकारको विकास र सदस्ता शुद्धिकरणमा पत्रकारसम्बद्ध संगठनहरु सक्रिय हुनुपर्ने जोड दिएका थिए ।प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारहरुको वास्तविक संगठन प्रेस चौतारी नेपाल मात्र भएकाले श्रमजीवी

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • ३७४ पटक पढिएको
  • महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन प्रेस चौतारीको माग

    इटहरी । नेपाल प्रेस चौतारी सुनसरीले पत्रकार महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन माग गरेको छ । शुक्रबार आयोजित साधारणसभाले सात बुँदे घोषणापत्र जारी गर्दै शुद्धीकरणका मापदण्डलाई पूर्णरुपमा लागु गर्न माग गरेको हो । साथै उसले शुद्धीकरण अभियानलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ ।यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, पत्रकारको विकास, सुरक्षा र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनसमेत सञ्चार संस्था र सरोकारवालाहरुसँग माग गरेको छ ।प्रेस चौतारी सुनसरीले सुरक्षित कार्य वातावरण बनाउन सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँ

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • ४०७ पटक पढिएको
  • सांसद ऋषिकेश पोखरेलको पहलमा मोरङ २ का ३९५ घरमा जस्ताको छानो लगाइदैँ

    विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा मोरङ क्षेत्र नम्बर २ का ३९५ घर परिवारको फुसको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३९५ घरमा जस्ताको छानो लगाइने भएको हो ।बुधबार पालिकाका प्रमुख र जिल्ला समन्व्य समितिका प्रमुखसँग बैठक राखेर सांसद पोखरेलले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न घर परिवारको लागि फुसको छानो हटाएर जस्ताको छानो लगाइने निर्णय गराएका हुन् ।रतुवामाई नगरपालिकामा २५ घर, सुनवर्षी नगरपालिकामा १५० घर, पथरीशनिश्

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २५४ पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १३२ पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]