काभ्रे — बनेपा नगरप्रमुख लक्ष्मी नरसिं वादेले पदबाट राजीनामा दिएका छन् । शनिबार राजीनामा घोषणा गरेका नगरप्रमुख वादेले नगर उपप्रमुख रेखा सापकोटा दाहाललाई सोमबार राजीनामा बुझाएका हुन् । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा बुझाएमा उक्त पद रिक्त हुने संविधानमा व्यवस्था छ । एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकूलप्रसाद बाँस्कोटा र नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले आफूसँग सल्लाहसमेत नगरी स्थानीय तहको निर्वाचनको टिकट वितरणको विषयमा अन्तिम समयमा धोका दिएकाले वादेले नगर प्रमुख पदबाट राजीनामा दिने निर्णयमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत घोष
काठमाडौं । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको बताए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी छ ।
काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफै प्रश्न गर्दै आफै जवाफ दिएका छन्, ‘छैन ।’एमसीसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षे सुरु भएको आरोप उनले लगाएका छन् । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ ।अ ब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका भुवन सिंह मगरले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।भ्रष्टाचाररहित वडा, भेदभावरहित समुन्नत समाज, भौतिक पूर्वाधारमा दिगो विकास र भौगोलिक समानता .(भूगोल÷क्षेत्रको आधारमा समान विकास) आफ्ना ४ प्रतिबद्धता भएको उनले जनाएका छन् ।गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी उनी आगामी निर्वाचनमा चुनाव चिह्न खरायोमा मतदान गर्न आह्वान गर्दै घरदैलो कार्यक्रममा सक्रिय रहेका छन् ।आफ्ना समर्थकसहित घरदैलो अभियानमा सहभागी भइरहेको समयमा उनले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिनुभएकी एक उमेदवार एमाले प्रवेश गर्नुभएको छ । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिनुभएकी फलमाया पुलामी मगर एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गर्नुभयो । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिड्नुभएको छ । उहाँले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गर्नुभएको छ ।
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का अधुरा काम पुरा गर्न आफूले पुन उम्मेदवारी दिएको जितेन्द्र थापाले बताएका छन् । इटहरीमा रहेर सामाजिक क्षेत्रमा सकृय युवा नेता थापाले इटहरी ९ लाई इटहरीकै नमुना वडा बनाउनका लागी नेकपा एमालेबाटआफ्नो उमेदवारी दिएको बताएका छन् । उनले यस वडामा भएका समस्या पहिचान गर्दै समृद्धको नारालाई साकार पार्न पनि ति समस्याहरुलाई निराकरण गर्ने उनको लक्ष्य रहेको छ । थापाले आफु सत्तामा नभए पनि यो भन्दा अगाडि इटहरीमा रहेका समस्याहरुमा दिन रात नभइ समाधानका लागी काम गर्दै आएको थापाले बताएका छन् । कोरोना महामारीका बेलामा पनि ज्यानको प्रभाव नगरी जनताका लागी सेवा गर्दै आएको
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।‘हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईँले यस्तो भन्नुभएको हो कि होइन ?,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘हामीले तीन दिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेक
विराटचोक: सुन्दरहरैचा नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शिवप्रसाद ढकालले उपमहानगरपालिका बनाउने योजना अगाडी बढाएका छन् । वडा नम्बर ९ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भूगोल र जनसङ्ख्याको हिसाबमा सुन्दरहरैचा ठुलो भए पनि विकाशको पूर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको बताए । उद्यम, स्वास्थ्य र कृषिको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए । अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गरेर देखाउने बाचा गरे । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरा गर्ने र आगामी ५ वर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । गठबन्धन को समूह सहित बहु
रुपन्देहीः नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो।एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ।एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हु
नेपालगन्जः बाँकेको नेपालगन्ज सहरको तापक्रम ४१ डिग्री सेल्सियस माथि पुगेको छ।तापक्रमसँगै पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा यतिखेर राजनीतिक गर्मी पनि ह्वात्तै बढेको छ। दलहरू वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचण्ड गर्मीको समेत प्रवाह नगरी घर दैलो गरिरहेका छन्।सम्भव भएसम्म भोट माग्दै उत्साहका साथ दलबलसहित घर-घर र टोल-टोलमा पुगिरहेका छन्।नेपालगन्जमा राप्रपालाई विरासत जोगाउने चुनौती छ।नेपालगन्जको मेयरमा मुख्य गरी तीन पार्टीका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ।जहाँ गठबन्धन दलबाट नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरका सभापति ४३ वर्षीय प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.