नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । नेता खनालले काङ्ग्रेसको गठबन्धन टुटे एमालेसँग तालमेल हुनसक्ने बताएका हुन् । उनले भने, ‘गठबन्धन टुट्दैन । गठबन्धन समाजवादीलाई मात्र नभएर काङ्ग्रेसलाई पनि अपरिहार्य छ । त्यसैले गठबन्धन टुट्दैन । टुटिहाले अरू विकल्पमा एकीकृत समाजवादी पार्टी जान्छ । साथै नेता खनालले अहिलेकै अवस्थामा एमसिसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने पनी दाबी गरे । उनले भने, ‘एमसिसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको छ ।'यस्तै खनालले पूर्वपरराष्ट्रमन्त्री प्रदि
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएको छ।काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका विद्यार्थी नेताले कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि पनि विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्
सुन्दरहरैंचा । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिने उद्धेश्यले प्रतिपक्षी नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले मोरगंको सुन्दरहरैंचामा प्रर्दशन गरेको छ । सत्तारुड गठनबन्धन स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेष्ठ ५मा सकिदै गर्दा समेत निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको भन्दै एमालेका भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुन्दरहरैचाको संयुक्त आयोजनामा दवाव कार्यक्रम गरिएको हो । स्थानीय तहको निर्वाचनको मिति घोषणा साथै पेट्रोलियम पद्धार्थ लगायतको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको दवावमुलक कार्यक्रममा सरकार विरो
सर्लाही / प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ ।
काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवावमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सरकारलाई बिहीबार मिति तोक्ने समय दिएको छ ।जन संगठनहरुले निर्वाचन मिति तोक्न दवावमुलक कार्यक्रम गरिरहेको एमालेले स्पष्ट पारेको छ । बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णयमा एमाले पुगेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन आयोगले सिफारिस गरेको समयमा सरकारलाई निर्वाचन गराउन सुझाव दिए । ओलीले कुनैपनि हालतमा निर्वाचनको समय सार्न नहुने
सुन्दरहरैँचा / राष्ट्रिय भूमि आयोगले सुन्दरहरैँचामा भूमि सम्बन्धी समस्या समाधान आयोगको सेवा केन्द्र उद्घाटन गरेको छ । मंगलबार सुन्दरहरैँचा नगरपालिकाको वडा नं ८ स्थित वडा कार्यालयको भवनमा एक कार्यक्रमका बीच सो सेवा केन्द्रको स्थापना गरिएको हो ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पत्र (लाल पुर्जा) वितरण गर्ने उद्देश्यका साथ कार्यालयको स्थापना गरिएको कार्यक्रम
विराटनगर : एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ ।विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरूको भनाई छ । प्रदेश १ का पूर्व महान्यायाधिवक्ता चूडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरी निर्णय गर्न नसक्ने बताए । संविधानले एक दिन पनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उनको भनाई छ ।सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भइरहेको उनको भनाई छ । उन
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे सत्तारुढ गठबन्धनबीचमै मतभेद भइहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलका शीर्ष नेतालाई संशोधन गर्नुपर्ने बुँदा सोधेका छन् ।प्रधानमन्त्री देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई एमसिसीमा सच्याउनुपर्ने विषयबारे प्रश्न गरेका हुन् । आज (बुधबार) देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदाबारे आफूलाई सोधेको बताए । ‘प्रधानमन्त्
उर्लाबारी / मोरंग उर्लाबारीमा नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ नगर कमिटी गठन भएको छ । नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको आज सम्पन्न भेलाले निलप्रसाद गौतम अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा ममता बुढाथोकी र मातृका दाहाल, सचिवमा शेखरनाथ दाहाल, उपसचिवमा राजेन्द्र भट्टराई, रुपचन्द्र दाहाल, उत्तम अधिकारी, कोषाध्यक्षमा आशिष प्रधान र सहकोषाध्यक्षमा निता डाँगी कार्की रहेका छन् ।नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले प्रदेश कमिटी सदस्य भुपालसिं जिमी, महासंघका
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.