काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय गौर (रौतहट) जाहेरी दरखास्त दिएका छन् ।पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र जरिवाना तोक्न जाहेरी दर्ता दिएका हुन् ।नेता कर्णले हुलाकमार्फत् जाहेरी दिएका छन् । उनले जाहेरीमा भनेका छन्, ‘बहालवाला मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक दंगा फैलाउने दुई समुदायबीच राष्ट्रिय एकतामासमेत असर पर्ने भएकाले अन्यायी म
सुन्दरहरैंचा । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन् ।निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वा
सुन्दरहरैंचा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुन्दरहरैंचा १० नम्बर शाखा कमिटीले वडा भित्रका असाहय, अशक्त, अपाङ्ग तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । “टोलमा एमाले“ नियमित कार्यक्रम मार्फत पार्टीको समुह जनताको घर गाउँमा पुगेर उक्त सामाग्रीहरु वितरण गरेको हो । जाडो मौसममा असाहय, अभाव र गरिबीबाट गुज्रेका ५० परिवारलाई ब्लाङ्केट, कमल लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।मानवीय सेवाभावले पार्टीले यस किसिमको काम गर्दा स्थानीय जनता निकै खुशी बनेका बताउँछन् । राजनीतिक स्वार्थ र खिचातानीमा उच्च तहका नेताहरु व्यस्त भएको समयमा मानवीय हिसाबले पार्टीले काम गर्नु उल्लेखनिय विषय भएको स्थानिय विजय ब
राष्ट्रिय युवा सङ्घ सुनसरीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष युवा सङ्घले सरकारको घोर भर्त्सना गर्दै ज्ञापन पत्र बुझाएको हो ।राष्ट्रिय युवा सङ्घ सुनसरी इन्चार्ज देवानन्द मेहता र संयोजक सुजन लामाले संयुक्त हस्ताक्षरित पत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, भ्रष्टाचारमा नेपाल अग्र भागमा देखिँदा पनि नबोल्नु, तथा बहालवाला मन्त्रीले हिंसा निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिँदा पनि नबोल्नु, स्थानीय तहको निर्वाचन गराउन सरकार पछि हट्नु र देशमा सिटामोलको हाहाकार हुँदा सरकार नबोल्नु जस्ता विषयमा
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए। यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ। ‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बचाउने र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुन ढिला नगरौं किनकि हामीसँग समय कम छ,’ अध्यक्ष लिङ्देनले भने ।
सुन्दरहरैंचा । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।
सुन्दरहरैंचा । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।
सुन्दरहरैँचा । प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् ।दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको थियो । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने गरी आयोगले तयारी गरिसकेको बताएका छन् । उनले वैशाखमै निर्वाचन गर्ने गरी सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन, रोकिँदैन! यो मेरो आग्रह हो । वैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरूलाई भेटेर यो कुरा राखिसकेको छु ।’ पछिल्लो समय स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने चर्चा चली रहेको बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.