राजनीति

    Showing ३७१-३८० of २,३०० items.
  • मोरङ–१ मा कांग्रेस, एमाले, रास्वपा र नयाँ शक्तिबीच त्रिकोणीय प्रतिस्पर्धा

    इटहरी ।  नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले आलोपालो जित्दै आएको मोरङको निर्वाचन क्षेत्र नं। १ मा यस पटक विभिन्न राजनीतिक दलका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र्र) बिच गठबन्धन थियो । प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र गुमाएको गठबन्धनले प्रतिनिधि सभामा भने कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूलाई विजयी गराएको थियो । लिम्बूले एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछाडि पार्नुभएको थियो । यद्यपि मोरङ १ मा समानुपातिक मत कांग्रेसभन्दा एमालेले करिब १० हजार बढी प्राप्त गरेको थिय

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • १६६ पटक पढिएको
  • सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क

    इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तक्र्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभइ देशको भविष्य कोर्ने निर्वाचन भएकाले सवै मिलेर आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन समेत दिनुभयो । आगामी  निर्वाचनले राष्ट्रको जीवनमा दीर्घका

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २३७ पटक पढिएको
  • सुशीला कार्कीद्वारा ताप्लेजुङमा निर्वाचन सुरक्षाबारे निर्देशन

    इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ । शुक्रबार बिहान ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गर्नभएको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ । दक्षिणपूर्वमा भारतको

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १७८ पटक पढिएको
  • सुशीला कार्की आज ताप्लेजुङ भ्रमणमा, पाथीभरा दर्शनपछि निर्वाचन कार्यालय निरीक्षण गर्ने

    इटहरी । प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा आउनुहुने भएको छ । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुहुने भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार आज बिहान ८ बजे प्रधानमन्त्री कार्की ताप्लेजुङ आइपुग्ने कार्यक्रम रहेको छ । ताप्लेजुङ आइपुगेपछि प्रधानमन्त्री कार्कीले सुरुमा प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुहुने र पाथीभरा दर्शनपछि जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयको निरीक्षण गर्नुहुने प्रजिअ सेढाइँले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयलमा आउँदो फागुन २१

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६२ पटक पढिएको
  • आफूले मतदाताको निकै माया र विश्वास पाएको अध्यक्ष ओलीकबो भनाइ

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताउनुभएको छ । झापा भ्रमण पूरा गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।झापा क्षेत्र नं ५ का मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका जनताबाट अगाध स्नेह र भरोसा प्राप्त भएको उल्लेख गर्नुभयो । एक सातासम्म आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग समय बिताउनुभएका ओलीलाई स्थानीयले विकासका योजना, अपुरा आयोजना र स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए ।भेटघाटका क्रमम

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १९५ पटक पढिएको
  • हिमपातको सम्भावना बीच सोलुखुम्बुमा चुनावी तयारीको निरीक्षण, प्रधानमन्त्री कार्की द्धारा भयरहित र निष्पक्ष निर्वाचनमा जोड

    इटहरी। आसन्न फागुन २१ को निर्वाचनको लागि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु आइपुग्नुभएको छ । चुनावी तयारी तीव्र बनाएको सरकारले निर्वाचनको माहोल तथा मौसमका कारण गर्नुपर्ने तयारीका बारेमा बुझ्न प्रधानमन्त्री कार्कीसहितको टोली हेलिकप्टरबाट नाम्चे हुदै सदरमुकाम सल्लेरी आएको हो । प्रधानमन्त्री कार्कीले अहिलेसम्मको अवस्थामा मुलुकभर एकै चरणमा निर्वाचन हुने बताउनुभयो । जनताले आफ्नो खुसीले मतदान गरी प्रतिनिधि छान्न सक्ने वातावरण सबैले बनाउनुपर्ने उहाँको भनाइ छ । सरकारको सिंगो ध्यान निर्वाचन सफल पार्न केन्द्रित रहेकाले निर्वाचनको मितिबारे कुनै शंका नगर्न आग्रह गर्द

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६८ पटक पढिएको
  • आगामी आर्थिक वर्षका आयोजना राष्ट्रिय योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

    इटहरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरु राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ । विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६३ पटक पढिएको
  • सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा रास्वापा झनझन बलियो, जसपा नेपालका जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा प्रवेश

    इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को संगठनात्मक आधार झनै मजबुत बन्दै गएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सुनसरी जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ताहरू रास्वापामा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा कर्ण सहित उहाँका समर्थकहरूलाई रास्वापाका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गरेका थिए । प्रवेश कार्यक्रममा बोल्दै हरिशंकर कर्णले देशमा सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका कारण रास्वापा रोजेको बताउनुभयो । उहाँले क्षेत्र नं. ३ मा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रास्वापा

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २२१ पटक पढिएको
  • जनतासँग भेटघाट तथा घरदैलोमा सुजन लामा, मतदाता भन्छन्ः जनताको दुःख बुझ्ने लामालाई जिताउछौँ

    सुनसरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदातासँग संवादमा व्यस्त देखिनुभएको हो । यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने अपेक्षासहित लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको छ । बुधबार लामा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तथा जनता बस्तीका विभिन्न टोलमा पुग्नुभएको थियो । घरदैलोका क्रममा उहाँले स्थानीयसँग आत्मीय संवाद गर्दै श

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ३३६ पटक पढिएको
  • सुनसरी–२ र झापा–५ मा चुनावी सरगर्मीः युवा नेतृत्व र नयाँ राजनीतिक शक्तिको उदयले पुराना दलको प्रभुत्व चुनौतीमा

    सृजना ठाकुर - इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा देशको राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विशेषगरी सुनसरी क्षेत्र नम्बर–२ र झापा क्षेत्र नम्बर–५ अहिले राष्ट्रिय चासोको केन्द्र बनेका छन्। यी दुई क्षेत्रको चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन, दलहरूको वर्तमान प्रभाव, नेतृत्वको विश्वसनीयता, युवा मतदाताको झुकाव र बदलिँदो राजनीतिक सोचको प्रत्यक्ष परीक्षणका रूपमा हेरिएको छ । विगतका निर्वाचन परिणाम, बदलिँदो मतदाता संरचना, सामाजिक सञ्जालको प्रभाव र उम्मेदवारको व्यक्तिगत पहुँचले यसपटकको प्रतिस्पर्धा अझ जटिल र रोचक बनाएको छ ।सुनसरी–२ लाई विगतमा नेपाली काँग्रेसको प्रभाव

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]