राजनीति

    Showing ७११-७२० of २,३०० items.
  • पूर्व प्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्धा लाग्नेमा पूर्वकानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत छन् । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ३९० पटक पढिएको
  • इटहरीमा १९ औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | १९औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समिति, सुनसरीको आयोजनामा एक भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरीस्थित वाइ.डी.सी. (YDC) हलमा आयोजित गरिएको थियो।उक्त कार्यक्रममा अध्यक्षता पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष  सुन्दरमणि राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सइन्चार्ज क. केशवकुमार विष्टको गरिमामय उपस्थिति रहेको थियो। कोशी प्रदेश कमिटीका सचिव जलसेर राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।कार्यक्रममा स्वागत मन्तव्य पार्टी सुनसरीका उपाध्यक्ष रेवति रोमन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २९६ पटक पढिएको
  • मदन भण्डारी फाउण्डेशन, इटहरी नगर गठन

    इटहरी/ इटहरीमा मदन भण्डारी फाउण्डेशन इटहरी उप महानगर समिति गठन भएको छ । उमेश पौडेलको अध्यक्षतामा गठित समितिमा जीवन राई उपाध्यक्ष ज्ञानमणि दाहाल सचिव यशोदा सेने कोषाध्यक्ष रहेको १९ सदस्यीय उपमहानगर समिति गठन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका केन्द्रीय सदस्य प्रा.डा. बद्रीविशाल पोखरेलले नव निर्वाचित समितिलाई सपथ ग्रहण गराउनुभयो । फाउण्डेन पार्टी कमिटी नरहेको पार्टीको जनवर्गीय र पेशागत संगठन पनि नरहेको यो जबज र जननेता मदन भण्डारीको योगदानलाई आम जनसमक्ष बहुआयमिक रुपमा प्रवाह गर्ने गैर नाफामुलक सामाजिक संगठन रहेको प्रमुख अतिथि पोखरेलले बताउनुभयो।कार्यक्रममा एमाले इटहरी नगर समिति उपस

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ३५५ पटक पढिएको
  • गणतन्त्रमाथि चुनौती दिने प्रयास भइरहेको छ, राजतन्त्र फर्कने कल्पनासमेत गर्न सकिँदैन’ – शेरधन राई

    इटहरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको बताउनुभएको छ । पछिल्लो समय राजावादीका नाममा गणतन्त्रमाथि चुनौती दिने काम भइरहेको राईले बताउनुभयो । प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले राजावादीले गणतन्त्रमाथि चुनौती दिने असफल प्रयास गरिरहेका बताउनुभयो । राजावादीका नाममा उक्त हर्कतहरु भइरहँदा सबै राजनीतिक दल चुप लागेर बसेको, तर एमाले भने अन्य दलजस्तो नबसेको उहाँले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनको उपलब्धील

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • २८२ पटक पढिएको
  • गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरी द्वारा रक्तदान

    इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान रक्तदान कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि ११ बजेसम्म भएको कार्यक्रममा ८३ पिन्ट रगत सङ्कलन भएको नेकपा एमाले इटहरी अतिरिक्त क्रियाकलाप संयोजक उमेश दाहालले जानकारी दिनुभयो।  रक्तदान गर्न सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरि गरिएको नेकपा एमाले इटहरी उपमहानगर कमिटी उपाध्यक्ष जितेन्द्र थापाले बताउनुभयोत्यस्तै नेकपा एमाले इटहरी उपमहानगर अध्यक्ष रुपेश बस्नेतलेले सब

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • ४५१ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा कोइराला उपाध्यक्षमा लिवाङ सर्वसम्म त निर्वाचित

    झापा, दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ। १० गते दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी निर्वाचित हुनुभएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिनुभयो।घोषले नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको बत

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • ६११ पटक पढिएको
  • कांग्रेस कोटाबाट न्यायाधीश बनेका थिए खुसीप्रसाद थारू, भ्रष्टाचार मुद्दामा गच्छदारलाई पनि दिएका थिए सफाइ

    खुसीप्रसाद थारू कांग्रेस कोटाबाट न्यायाधीश बनेका हुन् । न्यायपरिषद्को २८ पुस ०७३ मा बसेको बैठकले उनीसहित ८० जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । त्यतिवेला अहिलेका गृहमन्त्री रमेश लेखकले ‘आफ्नो पार्टीका यति जना न्यायाधीश बनाउनैपर्छ’ भनेर आफूसँग आउँदा झगडा नै परेको प्रसंग कार्कीले सार्वजनिक रूपमै बोलेकी छिन् ।थारूले विशेष अदालतको न्यायाधीश हुँदा ३ फागुन ०८० मा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएका थिए । संयुक्त इजलास भए पनि लिड थारूले नै गरेका थिए । कतिसम्म भने ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • ५३४ पटक पढिएको
  • तरूण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने पक्राउ

    काठमाडौं | नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार घटनामा संलग्न भएका जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थल लमजुङको बेसीसहर बजारमा भएको झडपमा मध्य नेपाल नगरपालिका–६ का ४२ वर्षीय किरण गुरुङले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। लमजुङ जिल्ला अदालतबाट गुरुङविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।झडपमा नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोर जङ्ग बस्नेत, नेविसंघका केन्द्रीय सदस

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ३९८ पटक पढिएको
  • जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीद्वारा रक्तदान कार्यक्रम गर्ने

    इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान एक विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि सुरु हुने पार्टीका अतिरिक्त क्रियाकलाप संयोजक तथा नगर सचिवालय सदस्य उमेश दाहालले जानकारी दिएका छन्।उनका अनुसार नगरका विभिन्न टोलटोलबाट रक्तदाताहरू सहभागी हुने अपेक्षा गरिएको छ। दाहालले बताएअनुसार रक्तदाताहरूका लागि विभिन्न सुविधाहरूको व्यवस्था गरिएको छ। सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरिनेछ।त्यस्तै

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ४८८ पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीद्वारा २२ बुँदे मागसहित ध्यानाकर्षण पत्र पेश

    इटहरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीले २२ बुँदे माग र सुझाव सहित नगर प्रमुखको ध्यानाकर्षण गराएको छ। पार्टी संयोजक गौरिमान परियारको नेतृत्वमा एक प्रतिनिधि मण्डलले सोमबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुखलाई भेटी ज्ञापन पत्र बुझाएको हो।"सुशासन र रोजगारी, समाजवादको तयारी" भन्ने नाराका साथ पार्टीले सार्वजनिक गरेको उक्त ज्ञापनपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहँदै इटहरीको वर्तमान स्थानीय शासनप्रणालीमा देखिएको कमजोरी, अनियमितता र जनअपेक्षासँग असंगत कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।ज्ञापनपत्रमा भनिएको छ, “पुराना तथ्यांकहरुसँग तुलना गर्दै

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ४१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]