विराटनगर, — कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत तथा ऊर्जा क्षेत्रको सम्भावनाबारे व्यापक छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आयोजित कार्यशाला कार्यक्रम विराटनगरस्थित बिग होटलमा भएको छ।कार्यक्रमको अध्यक्षता विभाग प्रमुख मोहन कुमार डाँगीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई रहनुभएको थियो। विशेष अतिथिको रूपमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रदे
सुबास घिमिरे। काठमाडौं । नेकपा एमालेकी सांसद तथा पूर्वमन्त्री भगबती चौधरीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक, वस्तुपरक र राष्ट्रिय आवश्यक्ता अनुरुप भएको बताउनु भएको छ । संघीय संसदको निती तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले विगतका सरकारका नीति तथा कार्यक्रम भन्दा यो पटकको नीति तथा कार्यक्रम राष्ट्रिय आकांक्षालाई पुरा गर्ने गरी आएको बताउनु भयो । ‘यो नीति तथा कार्यक्रम बर्तमान समयमा यथार्थपरक, वस्तुपरक, राष्ट्रिय आवश्यक्ता अनुरुपको छ । युवा लक्षित, स्वरोजगारमुखी छ ।’ सांसद चौधरीले युवा स्वरोजगार, स्टार्टअप विजनेशलाई प्रोत्साहन, आपतकालिन आवासको व्यवस
धरान | राजनीतिक दलप्रतिको सर्वसाधारणको सोचमा तीव्र परिवर्तन आइरहेका वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले जनमानसमा फैलिएको भ्रमलाई चिर्न युवाहरूले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेको छ। नेपाली काँग्रेस धरान उपमहानगर समितिको मातहत रहेको नेपाल तरुण दल धरान नगर समितिको ५ औं अधिवेशन एवं नयाँ पदाधिकारीहरूको पदस्थापन तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भयो।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दललाई समाज रूपान्तरणको जिम्मेवारी लिएको युवा दस्ताका रूपमा परिभाषित गर्दै वडादेखि राष्ट्रसम
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । झापा मेचीनगर क्षेत्रमा सडकहरूको बिहीबार निरीक्षण क्रममा उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका हुन् । सडक सञ्जाल पहुँचले यातायात सुविधामात्र पुग्ने नभई ग्रामीण उपज सहजै बजारसम्म पुग्ने र स्थानीयवासिन्दाको जीवनस्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे । सरकारले ग्रामीण अर्थतन्त्र बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादन बजारसम्म ल्याउन सघाउ पुर्याउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनालाई प्रा
इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ । नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा कोशी लगानी सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ ।
काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन्। सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो। उनको दुवै आँखामा गम्भीर चोट लागेको छ। कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो। हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले जानकारी दिए ।
इटहरी । ताप्जेजुङमा विद्युतीय तारमा अल्झिएर गाडीमा आगजनी हुँदा चार जनाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर दर्शनका लागि जाँदै बोलेरो जिपमा आगजनी हुँदा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको थियो । आगजनीमा गम्भीर घाइते एक महिलाको काठमाडौंमा उपचार भइरहेको छ । मन्त्री दीपक खड्काको निर्देशनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले छानविनका लागि चार सदस्यीय समिति गठन गरेको हो । नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा गठित समितिमामन्त्रालयका दुईजना प्रतिनिधि र पु
काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा। बालकृष्ण साहले जानकारी दिए । डा। शाहका अनुसार संघका अध्यक्ष डा। राजेन्द्र चौधरी, महासचिव डा। बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो । चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट र्यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन
काठमाण्डौ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण बिहीबार हुनेछ । राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले विराटनगरमा पार्टीलाई मजबुद बनाउ गुट र समूहभन्दा माथि उठेर काम गर्ने बताएका छन् ।पार्टी कार्यालय विराटनगरमा आयोजित पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै विराटनगरमा पार्टीलाई एकढिक्का बनाउन आफु आजैका मितिबाट लाग्ने बताए । उनले यसमा सबै नेताहरुलाई सहयोग गर्न समेत आग्रह गरे ।गत तीन गते सम्पन्न नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा गिरीसहित सबै गिरी प्यानलकै निर्वाचित भएका थिए । उपाध्यक्ष सुवाष न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा मो. हमिद आजाद, महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएका थि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.