इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा सवारी साधनमा भएको आगलागीमा परी चारजनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले निधन भएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । सोमबार बिहान ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका– १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको थियो । मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिए
इटहरी – नेकपा एमाले सुनसरीको पाँचौं पूर्ण बैठक इनरुवास्थित राष्ट्रसेवक भवनमा सम्पन्न भएको छ। बैठकले आगामी वैशाख ११ गते हुने युवा भेलामा सुनसरी जिल्लाबाट १५०० युवाहरू काठमाडौँ जाने भनी तयार गरिएको र उनीहरूलाई युवा सङ्घ सुनसरीको नेतृत्वमा सबै जाने निर्णय गरेको नेकपा एमाले सुनसरी कार्यवाहक अध्यक्ष परशुराम यादवले बताउनुभयो। यसै सन्दर्भमा कम्युनिस्ट आन्दोलनको ७६ औँ स्थापना दिवसको अवसरमा वैशाख ९ गते रामधुनीमा“नेपालको कम्युनिस्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादको योगदान” विषयक कार्यपत्र प्रस्तुत गरिनेछ। कार्यक्रममा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूलाई विशेष सम्मान समेत नेकपा एमाले सुनसरी
इटहरी। योङ कम्युनिस्ट लिग वाइसिएल नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा ९माओवादी केन्द्र० को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो। नगर समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिव भगिमान लिम्बू, सह(सचिवमा लक्ष्मी निरौला, मनकुमार भट्टराई, सञ्जिप रसाइली र कोषाध्यक्षमा हिम्मत लुहार चयन हुनुभएको छ। नगर अधिवेशन वाइसिएलकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज होमकुमारी दियाली, जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो। जिल्ला अध्यक्ष माब
इटहरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबिच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्
इटहरी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो। यस्तै संघको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ। सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनुभएको छ। साथै सदस्यमा प्रकाश शेर्पा, प्रेम प्रसाईं, राधिका लिम्बू, युम्पी राई र सविना सारा तुम्बाहाम्फे चयन हुनु भएको छ। नवनिर्वाचित संघका पदाधिकारी तथा सदस्यलाई संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथा गोपनियताको
इटहरी । सुनसरीमा नेकपा एमालेले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा नगरपालिका ५ बलाहामा सम्पन्न भएको कार्यक्रममा १०५ वर्षीया कृष्णमाया देवी कोइरालालगायत ८० वर्षभन्दा माथि उमेर समूहका ६८ जना ज्येष्ठ नागरिकलाई जरा अभियानअन्तर्गत सम्मान गरिएको हो । पार्टीमा योगदना गरेको लामो अनुभव भएका जिउँदो इतिहास रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको एमालेले जनाएको छ । कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा एमाले , कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५, बलाहामा ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दि
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको खुल्ला सत्र सकिएसँगै अध्यक्षका आकांक्षीहरू संस्थापन पक्षका वर्तमान अध्यक्ष रोहित कोइराला र इतरपक्ष एमाले विराटनगरको वर्तमान सचिव बलराम गिरीले चुनावी तयारीमा जुटेका छन् । वर्तमान संगठन कमिटी अध्यक्ष समेत रहेका कोइराला राजनीतिक, खेलकुद साथै सामाजिक गतिविधिमा पनि सक्रिय छन्।कोइरालाले युवा वृद्ध बालबालिका सबैलाइ समेटेर आफूले छोटो समयमा राम्रो गतिविधि अगाडि बढाइरहेको र जेष्ठ नागरिक युवा सबै लाई समेट्दै अगाडि बढेकोले आफूलाइ धेरैले विश्वास गरेको बताउँदै पार्टीलाई चौतर्फी आक्रमण भइरहेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । वर्तमान संगठन कमिटी अध्यक्ष रहेका रोहित कोइरालाले आइतबार विराटनगरमा अध्यक्षको घोषणा गरेका हुन् । विराटनगरको संगम पार्टी प्यालेसमा कोइरालाले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान प्रतिनिधि भेटघाटकै कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरेका थिए ।एमाले मोरङको १० औं जिल्ला अघिवेशनमा संस्थापन पक्षलाई विनोद ढकाल र सागर थापाको समर्थनमा रहेको टोलीले पराजित गरेको थियो । अध्यक्षको दाबी गरिरहेका कोइराला पक्षको भेलामा उपस्थित सवैलाई खानासहितको निम्तो गरिएको थियो । कोइरालाले आइतब
इटहरी | नववर्ष २०८२ को अवसरमा नेपाल राष्ट्रका प्रथम लिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्रीबालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई पुनः सनातन हिन्दू राष्ट्रको रुपमा स्थापित गर्न राष्ट्रव्यापी सहमतिको आवश्यकतामा जोड दिनुभएको छ।नववर्षको पावन शुभारम्भमा शुभकामना दिँदै जगद्गुरुले वैदिक सनातन संस्कृति र नेपाली समाजको गहिरो सम्बन्धलाई स्मरण गराउनुभयो। उहाँले नेपाललाई हिन्दू सभ्यताको आदिकालीन भूमि भन्दै यहाँका ऐतिहासिक, पौराणिक र धार्मिक महत्व बोकेका तीर्थस्थलहरूको चर्चा गर्नुभयो — परशुरामकुण्ड, वैद्यनाथ, बडीमालिका, छायानाथ, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, वराहक्
इटहरी । नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा शनिबार गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयताविरोधी हर्कतको विरोधमा आयोजित सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक नयाँ अभ्यास भएको बताए । उनले वडा(वडाबाट आफैंले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको बताए । इन्चार्ज राईले यो कार्यक्रमका क्रममा सरकारसँग एक रुपैयाँ पनि नलिएको बताए । दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको उनको तर्क छ। एमालेको सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको पनि उनले बताए । राईले सभा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.