इटहरी। गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका लागि सडकमा यातायात सेवा पुनः खुलाउन सफल भएको प्रजिअ ढकाले बताए । माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना सवारीका लागि सडक खुला गरिएको सडक डिभिजन इलामका कार्या
इटहरी : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका संखुवासभाका २९ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट आइसक्रिमको बट्टाभित्र लुकाएर राखिएको २३ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले मिक्लाजुङ गाउँपालिका–७ का आयुष बोहोरालाई पक्राउ गरेको छ। उनको साथबाट ९ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका
इटहरी : रसुवाका बाढीपीडितका लागि इटहरीस्थित जनता माध्यमिक विद्यालयले एक लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा सोमबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ।दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्षसमेत हुन्। उनले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि द
इटहरी।ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर सडक अवरूद्ध भइरहँदा सिद्धिचरण लोकमार्ग भएर यात्रा गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।
इटहरी : सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको दुर्घटनामा मृत्यु भएको हो।प्राप्त विवरणअनुसार विजयले भदौ ११ गते जन्मदिन मनाएका थिए। फुर्सदको समय सदुपयोग गर्दै उनी मामा अशोकसँगै सोमबार बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडी घुम्न घरबाट निस्किएका थिए। सिलिगुडी जाने क्रममा भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
इटहरी : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि झापा गोल्डकपले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।झापा गोल्डकप सचिवालयको बिर्तामोडमा बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहतका लागि गोल्डकपको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै कैयौँ परिवार विस्थापित भएको अवस्थामा पीडितको राहतमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको गोल्डकपले जनाएको छ। देशकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित झापा गोल्डकपले खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। विपत्त
इटहरी : मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान घरेलु भरुवा बन्दुकसहित बन्दुक बनाउन तथा प्रयोग गर्न आवश्यक सामग्री बरामद गरेको छ।चोरी–सिकार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ वन क्षेत्रमा गस्ती गरेको थियो। गस्तीका क्रममा झाडीभित्र शंकास्पद अवस्थामा एउटा बोरा फेला परेपछि प्रहरीले खोलेर जाँच गरेको थियो। बोराभित्र तीन थान घरेलु भरुवा बन्दुक, एक थान फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले ज
इटहरी : मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा एक दम्पती घाइते भएका छन् । सोमबार बिहान भएको घटनामा बूढीगंगा–४ प्रगति टोल बस्ने ४६ वर्षीया सुष्मा भण्डारी र उनका श्रीमान ५० वर्षीय केशव भण्डारी घाइते भएका हुन् ।प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सुष्माले घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो । ग्यास लिक भएर सल्किएको आगो उनको शरीरमा लागेको थियो । आगलागीबाट सुष्माको टाउको, अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ । उनको शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।श्रीमतीको शरीरमा लागेको आ
इटहरी। विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा सोमबार बिहान करिब ७ बजेतिर एक जना पुरुष बिरामी तथा गम्भीर अवस्थामा सडकमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । जानकारी पाएलगत्तै सीआरभी घोघा पुलबाट असई रामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो । प्रहरीले उपचारका लागि ती पुरुषलाई कोशी अस्पताल पुर्याएको थियो ।तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन । पहाडे समुदायका जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचान खुलाउने प्रयास भइरहेको
इटहरी : केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.