समाचार

    Showing ४८१-४९० of १२,७९३ items.
  • मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा

    इटहरी। पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ । राजदुवालीमा यसपटक समस्या सामान्य पहिरो पन्छाएर सडक खुलाउने खालको मात्र छैन, सडकको ठूलो हिस्सा भासिएर खोलातर्फ बगेको छ भने माथिल्लो भागमा समेत जमिन धसिने क्रम रोकिएको छैन। निरन्तरको वर्षा, कमजोर भू–बनोट र सडक आसपासको जमिन अस्थिर हुँदा निर्माण तथा मर्मतको क

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ७९ पटक पढिएको
  • इटहरीमा खैरो हिरोइनसहित तीन जना पक्राउ, ताप्लेजुङमा हतियार फेला

    इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध, नगद तथा मोबाइल फोन बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार इटहरी–१० शिवनारायण टोलस्थित ४१ वर्षीय मोहन गुरुङको घरमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली, इलाका प्रहरी कार्यालय इटहरीको मोबाइल टोली तथा क्यूआरटीको संयुक्त टोली बिहीबार दिउँसो करिब ३ बजे गुरुङको घरमा पुगेको थियो। प्रहरी टोलीले घरमा जाँच गर्दा प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ८७० मिलिग्राम र प्लास

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ९३ पटक पढिएको
  • कोशी टप्पु किन बन्दैछ प्रकृतिप्रेमीको नयाँ गन्तव्य

    इटहरी : दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।अन्तर्राष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीचमा फैलिएको संरक्षित क्षेत्र हो। विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो। विसं २०६१ मा मध्यवर्ती क्षेत्र थपिएपछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ। सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष न

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ६० पटक पढिएको
  • सिद्धिचरण लोकमार्ग दुई लेनमा विस्तार गरिँदै

    इटहरी। जीर्ण अवस्थामा रहेको कटारी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अब दुई लेनमा विस्तार गरिने भएको छ । मिर्चैया–कटारीखण्डको कटारी–मरुवा–भदौरे सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रव्रिmया अघि बढिसकेको आयोजना कार्यालय कटारीले जनाएको छ ।मिर्चैया–घुर्मी–कटारी योजना कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर विवेक पाण्डेका अनुसार हाल अत्यन्तै जीर्ण अवस्थामा रहेको एक लेनको २७.५ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरी सात मिटर चौडाइमा अस्फाल्ट प्रविधिको कालोपत्रे बनाउन दुई वटा खण्डमा बोलपत्र आह्वान भई अहिले प्राविधिक  मूल्याङ्कनको काम भइरहेको छ ।  उक्त खण्डको सडक निर्माणका लागि तीन अ

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ८२ पटक पढिएको
  • फिदिमका अधिकांश मासु पसल मापदण्डविपरीत

    इटहरी। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ। नियामक निकायले शुक्रबार फिदिममा गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय तथा पाँचथर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले फिदिमका आठ वटा मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा अधिकांश पसलमा मासु सुरक्षित राख्ने व्यवस्था, सरसफाइ, मूल्यसूची तथा उपकरणको स्वच्छतामा कमजोरी देखिएको अनुगमन टोलीले

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ५९ पटक पढिएको
  • इटहरीमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । इटहरी–२ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई लागुऔषधका प्रकार, प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था तथा दुव्र्यसनबाट बच्ने उपायबारे सचेतना मूलक प्रशिक्षण दिइएको थियो। लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट जीएसटी को–अर्डिनेटर लायन भोजराज दाहाल रहनुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गा पौड

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १४४ पटक पढिएको
  • कोशी प्रदेशका ५२ भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख सहभागी समीक्षा गोष्ठी सम्पन्न

    इटहरी । कोशी प्रदेशअन्तर्गत रहेका भूमि प्रशासन तथा नापी कार्यालयहरूको काम, सेवा प्रवाह तथा समसामयिक विषयमा समीक्षा गर्न आयोजना गरिएको समीक्षा गोष्ठी सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ५२ वटा भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको गोष्ठीमा भूमि प्रशासन तथा नापी क्षेत्रका समस्या, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको अध्यक्षता कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १४४ पटक पढिएको
  • इटहरीमा क्याफे व्यवसाय विस्तारसँगै ‘सोरा’ले विद्यार्थीलाई लक्षित गर्दै सेवा सुरु

    इटहरी । पछिल्लो समय इटहरीमा कफी संस्कृतिसँगै क्याफे व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै नयाँ–नयाँ क्याफे सञ्चालनमा आउने क्रम बढिरहेको छ ।युवापुस्ता तथा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न क्याफे सञ्चालनमा आउने क्रम बढिरहेका बेला इटहरी–९ अस्पताल लाइनमा ‘सोरा’ क्याफेले आजदेखि आफ्नो सेवा सुरु गरेको हो । करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको सोरा क्याफेमा हाल १२ जना कर्मचारी कार्यरत छन् । क्याफेका सञ्चालक मिलन चौधरी र आशिष् बल्मपाकी हुनुहुन्छ । ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै क्याफेलाई व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । व

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २१५ पटक पढिएको
  • इट्टा उत्पादनमा रोक निर्णयविरुद्ध मन्त्रालयमा निवेदनस् निर्णय फिर्ता लिन उद्योगीको माग

    इटहरी । सरकारले माघ १ गतेभन्दा अगाडि इट्टा उत्पादन नगर्न दिएको निर्देशनप्रति कडा आपत्ति जनाउँदै एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रा। लि।, दुहबी(१० सुनसरीका प्रबन्ध निर्देशक भीम घिमिरेले सो निर्णय तत्काल पुनरावलोकन गरी खारेज गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमक्ष निवेदन पेश गर्नुभएको छ। मन्त्रालय, उद्योग विभाग र कोशी प्रदेश सरकारका निकायहरूबाट जारी निर्देशनले उद्योग सञ्चालन, लगानी, श्रमिकको रोजगारी, बैंकिङ कर्जा तथा निर्माण क्षेत्रमा गम्भीर असर पर्ने उहाँको भनाइ छ।  मौसम, तापक्रम र माटोको अवस्थामा निर्भर रहने मौसमी प्रकृतिको उद्योगमा प्रशासनिक आदेशद्वारा कृत्रिम उत्पादन अव

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १४९ पटक पढिएको
  • खोलेमा डुबेर बालकको मृत्यु

    इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका तिलकसिंह लेछर्बो लिम्बूका चार वर्षीय छोरा सेसेहाङको मृत्यु भएको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बिहीबार साँझ पकाइरहेको खोलेको भाँडोमा बालक अचानक डुबेका थिए । खोलेमा परेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।उहाँका अनुसार उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटार पु¥याउँदा बालकको मृत्यु भ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]