धरान / सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने रमेश बान्तवा राईलाई प्रहरीले पक्राउ गरेको छन् । धरान ५ देउरालीस्थित उनको घरबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रण लिएको बताउनु भएको छ । केही समय अघि धरानको भेडेटारस्थित छोटी मोरङ जग्गा पीडित सघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले सघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए । सोही विषयमा
इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेललाई पुर्व उपमेयर लक्ष्मी गौतमले करको विषयमा जनता झुक्याउने काम बन्द गर्न आग्रह गरेकी छिन् । इटहरीको राजस्व परामर्श समिति समितिको संयोजकको समेत भूमिका निर्वाह गरी सकेकी गौतमले मेयर पौडेललाई जनविरोधी करलाई तत्काल समायोजन गर्न आग्रह गरेकी छिन् ।आइतबार मेयर पौडेललाई सम्बोधन गर्दै दश बुँदे लिखित सुझाव गौतमले बुझाउन उपमहानगर पुगेकी थिइन् । तर, मेयर पौडेलले सुझाव सहितको पत्र लिन नमानेपछि उपमेयर सङ्गीताकुमारी चौधरीलाई बुझाएको गौतमले बताइन । गौतमले सुझाबपत्रमा करको दर विगतको अनुपातमा समायोजन गर्नु पर्ने, मेयरको सचिवालय घटाउनु पर्ने लगायतको माग राखेकी छिन् ।यस्तो छ उपमे
सुनसरी / इटहरी -५ दिव्य ज्योति विद्या मन्दिर स्कुलमा राष्ट्रिय तेक्वान्दो संघ इटहरी उपमहानगरपालिका कमिटीले गरेको आयोजना गरेको तेक्वान्दो खेल समापनमा भएको छ । शनिबार भएको खेलमा ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरीले पाँच गोल्ड मेडल सहित पहिलो भएको छ भने कबिर तेक्वान्दो डोजाङ इटहरीले ४ गोल्ड मेडल सहित दोस्रो र पकली तेक्वान्दो डोजाङले दुई गोल्ड मेडल सहित तेस्रो भएको छ ।यस्तै ब्लेस्ट तेक्वान्दो डोजाङ इटहरी, कबिर तेक्वान्दो डोजाङ इटहरी, पकली तेक्वान्दो डोजाङलाई सिल पुरस्कार दिएको छ । बेस्ट फाइटरमा पुरूष तर्फबाट एरिष श्रेष्ठ वाई प्वाइटिङ तेक्वान्दो डोजाङ, बेस्ट फाइटरमा महिला तर्फबाट
सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले दाह संस्कार गरि काज क्रिया गरेका छन् ।बुवा ह्वाङ बहादुर खड्काकाको सफारीको ठक्करबाट साउन २५ गते रातको ७ बजे ५४ बर्षिय दुर्घटना मृत्यु भएको थियो । उनको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञापन प्रतिस्ठानमा उपचारका लागि लादै गर्दा बाटो मै मृत्यु भएको थियो । तिन छोरी रमिला, मन्दिरा, इन्दिरा, खड्का छोरा नभएको कारण उनिहरुले दाग बत्ति दिएको थिए ।छोरी काज क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरुले दाग बत्ति दीएका छन । छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै रमिला, मन्दिरा, इन्दिराले आ
सुनसरी / लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम भएको छ ।परिवर्तन एक अभियान इटहरी - ७ को आयोजनामा लागुऔषध दुव्यसनी तथा नियन्त्रण सम्बन्धि इटहरी ७ स्थित सेक्रेडहार्ड ईङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी , स्थानीय लगाएत व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम भएको हो ।पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फसदै गएका व्यक्ति तथा विद्यार्थीहरूलाई जनचेतनामूलक कार्यक्रम गरेको परिवर्तन एक अभियान इटहरीका अध्यक्ष तेज प्रसाद घिमिरे बताए ।ईलाका प्रहरी कार्यालय इटहरी , इटहरी वडा ७ नं वाडा कार्यालय , सेक्रेटहार्ट इंङ्गलिश स्कुल इटहरी , लक्ष्मी माद्यामिक बिद्यालय ईटहरी, एस ओ एस बालग्राम इट
राष्ट्रिय युवासंघ नेपाल तेह्रथुमले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण गरेको छ। संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नारालाई आत्मसात गर्दै संघले तेह्रथुमको म्याङलुङ नगरपालिका तेर्ह्रथुम थुम जिल्ला अध्यक्ष राजकुमार थापाले वताए ।संघको आयोजनामा सम्पन्न वृक्षरोपण कार्यक्रमको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य डा. विजय सुव्वाले व्यानर वाचन गरि गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. सुव्वा युवा संघले राखेको यस वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउलाई हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताए साथै
नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशन हुने भएको छ । भदौ ९ गते विराटचोकको जेसिज भवनमा हुने अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न युवासंघ तयारीमा जुटेको छ युवा संघले अधिवेशनको घोषणा गरे सँगै पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारलाई तीव्रता दिएको छ । त्यसैगरी बृक्षा रोपण विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई अगाडी बढाएको छ । अधिवेशनलाई भव्यरुपमा सफल बनाउन युवा संघले प्रचारप्रसारलाई व्यापकरुपमा अगि बढाएको छ । सहर देखि गाउँ तह सम्मका युवाहरुमा अधिवेशनको उत्साह देखिएको छ । विभिन्न सास्कृतीक कार्यक्रम सहित हुने
सुनसरी / श्रीमतीको हत्या आरोपमा तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठलाई झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।२६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता)को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो । घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिनअघि बेपत्ता भएका थ
काठमाडौं / मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिन
सुनसरी / अन्तर्राष्ट्रिय युवा दिवस २४ औँ युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले वृहत वृक्षरोपण गरेको छ । "एक युवा पाँच विरुवा" भन्ने मूल नारालाई आत्मसाथ गर्दै युवा संघ उर्लाबारी नगर समितीको आयोजनामा शनिबार उर्लाबारी -१ लक्ष्मीझारस्थित सोल्टि खोलाको वरिपरि वृक्षरोपण गरिएको छ ।वृक्षरोपणमा २ सय ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियाे । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकी , विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला संयोजक प्रविन घिमिरे , कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.