समाज

    Showing १०,१५१-१०,१६० of ११,३०१ items.
  • झापामा डुबेर दुई बालबालिकाको मृत्यु

    झापा / झापाको कनकाई नगरपालिका- १ स्थित दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विजय भुजेलकी छोरी चार वर्षीया निशा भुजेल र देवीमाया जोगीका छोरा तीन वर्षीय  कुमार जोगीको डुबेर मृत्यु भएको हो ।बिहीबार घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याएका थिए । उनीहरूमध्ये एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो ।एकजनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८०
    • १०९ पटक पढिएको
  • अवैध नेटवर्किङ धन्दा चलाउने इटहरीका तीन कम्पनीमा ताला

    सुनसरी : कानूनविपरीत नेटवर्किङ धन्दा चलाएको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय तीन ओटा कम्पनीको कार्यालयमा ताला लगाएको छ ।कानूनले प्रतिबन्ध गरेको नेटवर्किङ व्यवसायमार्फत बढी मुनाफा आर्जन हुने भन्दै सर्वसाधारणसँग लाखौँको ठगी गरेको जनगुनासोका आधारमा अनुगमन गरी तीन ओटा कम्पनीमा ताला लगाइएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।कम्पनीमा ताला लगाउनुका साथै कम्पनीका सञ्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार इटहरीलाई केन्द्रविन्दु बनाई कारोबार गरिरहेका ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट्स नामका तीन कम्पनीमा

    • प्रकाशित मितिः साउन २५, २०८०
    • १८३ पटक पढिएको
  • मेडिकल कलेज सञ्चालक सुनिल शर्मा पक्राउ

    काठमाडौं / सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । उनले केही अघि सुन तस्क

    • प्रकाशित मितिः साउन २५, २०८०
    • २१८ पटक पढिएको
  • कोशी प्रदेश नामाकरण खारेजी नभएसम्म आन्दोलन जारी राख्ने आदिवासी जनजातिहरूको भनाइ

    सुनसरी / कोशी प्रदेश नामाकरण खारेजी नभएसम्म विभिन्न ढंगले आन्दोलन जारी रहने आदिवासी जनजाति अगुवाहरुले बताएका छन् ।बुधबार इटहरीमा २९ औ विश्व आदिवासी जनजाति दिवस मनाउने क्रममा आदिवासी जनजाति अगुवाहरुले कोशी प्रदेशमा आदिवासी जनजातिको मुद्दालाई दबाएर जर्वरजस्ती नामाकरण गरिएको बताए । उनीहरुले आदिवासी जनजातिको भावना विपरीत अघि बढ्ने प्रदेश सांसदप्रति आगामी दिनमा सचेत हुनुपर्ने बताए । विभिन्न जातजातिका झाँकी सहितको र्‍यालीका साथ इटहरी मुख्य चौकमा कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जिरेलले पहिचानवादीको मुद्दा दबाउने प्रदेश सांसदलाई खबरदारी गरि र

    • प्रकाशित मितिः साउन २५, २०८०
    • १४८ पटक पढिएको
  • भोजपुरको अरूणमा जनश्रमदान मार्फत विद्यालय सरसफाई

    सुनसरी / भोजपेरको अरुण गाउँपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा जनश्रमदान मार्फत विद्यालय सरसफाई गरिएको छ ।अरुण गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधी ७ वडाका कर्मचारी, सामुदायिक स्वास्थ्य इकाईका कर्मचारी, शिक्षक , कर्मचारी, समाजसेवी नागरिकहरू लगाएतहरूले जनश्रमदान मार्फत विद्यालय सरसफाई गरेका हुन् ।सगरमाथा मा.वि. सिक्रेटार, साकेवा प्रा.वि. खाल्ले जनश्रम वालकल्याण प्रा.वि. चिउरीडाडा गरी ३ वटै विद्यालयमा एकसाथ विद्यालय परिसर सरसफाई र लामखुट्टे नियन्त्रणका लागि किटनाशक विषादी छिट्ने कार्य गरेका हुन् ।

    • प्रकाशित मितिः साउन २५, २०८०
    • ४२६ पटक पढिएको
  • खाँदबारी कारागारमा दुई कैदीबन्दीको मृत्यु भएपछि परिवारले शव बुझ्न मानेनन्

    सुनसरी / सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा हिजो बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न मानेका छैनन् ।कारागारमा रहेका मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका- ७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए ।कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहर

    • प्रकाशित मितिः साउन २५, २०८०
    • २२४ पटक पढिएको
  • सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा फेला

    सुनसरी / सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ ।शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका- ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।स्थानीयले पुलमुनि शरीर बिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ ।अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ । ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः साउन २५, २०८०
    • १४१ पटक पढिएको
  • आदिबासी दिवसको अवसरमा केराबारीमा आदिवासी भवन उद्घाटन

    सुनसरी / मोरङको केराबारी गाउँपालिका - ६ मा नेपाल आदिवासी जनजाति महासंघद्धारा निर्माण गरिएको भएको छ । नेपाल आदिवासी जनजाति महासंघ केराबारीले २९ औं विश्व आदिवासी दिवसको अवशर पारेर भवनको उद्घाटन गरेको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले नव निर्मित भवनको उद्घाटन गरेका हुन् । केराबारी गाउँपालिका, प्रदेश सरकार र स्थानीय आदिवासी समुदायको आर्थिक सहयोगमा भवनको निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सबै जाति समुदायको पहिचानको सुनिश्चित हुनुपर्ने बताए । कार्यक्रममा १ नम्वर प्रदेशका पूर्वमन्त्री उपेन्द्र घिमिरे, गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर,आदिवासी अगुवा दोर्पध्

    • प्रकाशित मितिः साउन २५, २०८०
    • १०० पटक पढिएको
  • अभियन्ता चापागाईंलाई थुनामै राख्न आठ दिन म्याद थप भयो

    सुनसरी / सामुदायिक विद्यालयमा शैक्षिकसुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने विराटनगर- ५ निवासी इन्दिरा चापागाईंलाई थुनामै राख्न म्याद थप भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता इन्सपेक्टर पप्पु नायकले दिएको जानकारीअनुसार थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट आठ दिन म्याद थप भएको हो ।यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगर महागनरपालिकाले उजुरी दिएको थियो ।सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा ब

    • प्रकाशित मितिः साउन २४, २०८०
    • २०४ पटक पढिएको
  • संखुवासभा कारागारमा दुई कैदीको शंकास्पद मृत्यु

    सुनसरी / संखुवासभा जिल्ला कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका- ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका -७ का २८ वर्षिय आकाश वलामी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।गएराति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा मृत्यु भएको  थियोे ।उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको थियोे । उनीहरुको श

    • प्रकाशित मितिः साउन २४, २०८०
    • १३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]