सुनसरी / लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग भयावह रूपमा फैलन थालेपछि इटहरी उपमहानगरपालिकाले पनि नियन्त्रणका अभियान सुरु गरेको छ ।केही दिनअघि मात्र उपमहानगरपालिकाको मातहतमा रहेको इटहरी अस्पतालमा डेङ्गीको निःशुल्क परीषण सेवा दिन थालेको छ । इटहरी सरकारले साउन १९ गतेदेखि पालिकाका सबै २० वडाहरूमा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सुरु गरेको हो । टोल विकास समितिमार्फत अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।सङ्क्रमण दरमा कमी नआएसम्म अभियान जारी नै रहने उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन पनि उनले अ
सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो । विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ
सुनसरी / इटहरी घर भएका एक बालकको मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार इटहरी उपमहानगरपालिका- ३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको मृत्यु भएको हो । आचार्यलाई सुन्दरहरैँचा नगरपालिका - ५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको थियो । साथीहरुसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ । उनी पौडी खेल्न जान्दैन थिए । पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार किशोरसँगै घुम्न गएका अरु साथी
इटहरी । इटहरीमा रहेका स्वास्थ्य संस्था हरुको अनुगमन भएको छ । स्वास्थ्य संस्थामा मान्यता प्राप्त स्वास्थ्य कर्मी नरहने, अनुमति नै नलिई सञ्चालनमा रहेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको लगायतका गुनासो हरू आइरहेकोले बिहीबार इटहरी उपमहानगरपालिका क्षेत्रका करिब २५ ओटा मेडिकल अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य साखा, जिल्ला अस्पताल इनरुवाका प्रतिनिधि हरुको उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख प्रसासकिय अधिकृत केसब प्रसाद खतिवडा ले बताउनुभयो। सो क्रममा इटहरीका चण्ड
सुनसरी / इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले सेवाप्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्।उपमहानगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयमा बोलाएर कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् ।'उपमहानगरकाल दिएको सेवामा समस्या भए हामी सुधार गर्ने पौडेलले भने, ‘अरु कार्यालयहरुका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान अनुरोध गरे , इटहरी भित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुःख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।’ भनेर कार्यालय प्रमुखहरुलाई निर्द
विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/ ८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ ।सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिनुभएको हो ।गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड
सुनसरी / उदयपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।बुधबार राति करिब १० बजेतिर चौदण्डीगढी नगरपालिका ६ खत्रीटोलस्थितत भित्री सडकखण्डमा मदन भण्डारी राजमार्गबाट खत्रीटोलतर्फ आउँदै गरेको प्रदेश १–०५–०००१ प ८५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २३ वर्षीय दिप्सन मगर घाइते भएका थिए ।घाइते भएका मगरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनले मापसे गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विराटनगर / आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजो बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो । सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिराम
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराउनु भएको हो ।तर यो कार्यक्रमको बारेमा नि–वर्तमान मुख्यमन्त्री हिकमत कुमार कार्कीले अधिनायकवादको यात्रा भन्दै टिप्पणी गर्नु भएको छ ।उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत टिप्पणी गर्दै लेख्नु भएको छ ‘ निर्लज्जता को पराकाष्ठ,अधिनायकवाद तर्फको यात्रा ।आज कोशि प्रदेश प्रमुख कार्यालय द्वारा नया मुख्यमन्त्रीको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्विकार गरेनन् । ’यस घटनाबाट संबिधानको सर्बोच्चता ,कानुनिराज को उपहास मात्रै गरेनन, सर्बोच्
सुनसरी / कोशी राजमार्गमा पर्ने धरानको सेउती पुल नजिकै चारकोसे जङ्गलको छे पुलमा गोली हानी युवकको हत्या गरेको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छन् ।गत साउन ५ गते धरान-तरहरा सडकखण्डअन्तर्गत चारकोसे जङ्गलमा अज्ञात समूहले गोली चलाउँदा घाइते भएका विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।उनीहरूलाई आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।घटना भएको १२ दिनपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोल पनि बरामद भएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.