सुनसरी / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस अवसरमा इटहरीको पुष्पलाल चौकमा श्रेष्ठको सम्झनामा कार्यक्रम गरिएको हो । पुष्पलाल श्रेष्ठ प्रतिस्ठान जिल्ला कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गर्दे सम्झनामा कार्यक्रम गरिएको हो । केशब बस्नेतको अध्यक्षता औपचारिक कार्यक्रम सुरु गर्नु अघी कार्यक्रममा उपस्थिती नेता तथा अन्य सदस्यहरुले श्रेष्ठको शालिकमा माल्यर्पण गरेका थिए । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तैयब हुसैनले कम्यूनिष्ट आन्दोलदनमा पुष्पलालको भूमिका बारेमा चर्चा
सुनसरी / मोरङको बेलबारी नगरपालिका - २ स्थित रमिते क्षेत्रबाट हिजो दिउँसो २४ जना युवायुवती प्रहरीले पक्राउ परेका छन्।लागुपदार्थ दुब्र्यसनमा संलग्न केही र लहैलहैमा उनीहरु सँगै आएका केही युवायुवती पक्राउ परेका छन् भने केही भाग्न सफल भएका छन् ।केराबारी,बेलबारी र आसपासका युवायुवतीहरु रहेको बेलबारी प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । उनीहरुलाई ईलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।
सुनसरी / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा आएर नेपाली राजनीतिमा वीपी कोइरालाको योगदान स्मरण गरेका छन् । इनरुवामा आयोजित ४१ औं वीपी जयन्तीमा बोल्दै उनले वीपीले कल्पना गरेको लोकतन्त्रको स्थायीत्व र दिगो शान्तीका लागि सबैलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।बीपी कोइरालाको शालिक अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै खासगरी वीपी र गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आँफूले आउन पाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि आइरहने प्रतिबद्धता व्यक्त गरे ।उनले अहिले नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको बताउँदै ‘यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको भने आगामी
सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकाका बालबालिकाहरु खुत्रुकेमा बचत गर्न खुत्रुके वितरण गरिएको छ ।बालबालिकालाई सानैदेखि बचत गर्न सिकाउने बानीको विकास गर्न एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा एकडारा गाउँपालिकामा आज खुत्रुके वितरण गरिएको छ । एकडारा गाउँपालिकाका वडा नं. १, ३, ४, ५ र ६ का १ सय ५० जना विपन्न परिवारका बालबालिकाहरुलाई बाल बचत समूहमा आवद्ध गराई विगत १ महिनादेखि हरेक शनिवार बाल वित्तिय साक्षरता कक्षा समेत संचालन भईरहेको र तिनै बालबालिकाहरुलाई खुत्रुके वितरण गरिएको संस्थाका फिल्ड अफिसर कमल चौधरीले बताए ।सो संस्थाले संचालित पोषण तथा उत्थानशील 
सुनसरी / इटहरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदालतीन जनाको मृत्यु भएको हो ।शुक्रबार राति १० बजेतिर इटहरी- १७ कान्छी चौक राजमार्गमा तीब्र गतिमा कुदाएको चार जना सवार मोटरसाइकल भारतीय पिक अपसँग ठोक्किएर दुर्घटना भएको थियोे ।पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदैै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर भएको प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा एकैगाउँका तीन जना युवकमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।दुर्घटनामा २७ वर्षीय
इटहरी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । यस्तै पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्ल
वि.सं. २०८० श्रावण ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुलाई २१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त
वि.सं. २०८० श्रावण ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुलाई २१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त
काठमाडौं / करिब एक सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जना पक्राउ परेका छ ।राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ । सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ ।पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ- ३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका- ४ भएका हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ था
सुनसरी / मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका- ४ स्थित रामपुर गुए खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बेलबारी- ४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।प्रहरीका अनुसार अपरान्ह १२ बजेतिर करेन्ट लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीको नेतृत्व टोली खटिएको हो । शव पोस्टमार्टमका लागि पठाएर घटनाको विषय थप भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.