समाज

    Showing १०,२७१-१०,२८० of ११,३०१ items.
  • प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ‘कार्डियक अरेष्ट’ रोगले निधन भएकी हुन् ।सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । उनी दीर्घरोगको समस्यामा परेपछि देश तथा विदेशमा उपचार हुँदै आएको थियो । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानुको निधन भइसकेको छ ।६९ वर्षकी सीता प्रचण्डको राजनीतिक यात्राको विशेष सहयोगी पनि थिइन् । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।उनको शव आज बुधबार ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा

    • प्रकाशित मितिः असार २७, २०८०
    • ११६ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले गर्यो बोडिङका होस्टेल अनुगमन ,सेकेन्डरी बाेर्डिङ स्कुलमा ताला

    सुनसरी / इटहरी उपमहानगरपालिकाले बोडिङका होस्टेल अनुगमन गरेको छ । इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हिजो सोमबार बिहान मृत्यु भएपछि सेकेन्डरी बाेर्डिङको होस्टेल इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ ।उक्त बोर्डिङले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको र अनुसन्धान गर्दा निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । सेकेन्डरी माध्यमिक विद्यालयको किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था भेटिएको थियोे ।  इटहरी वडा नम्बर ४ स्थि

    • प्रकाशित मितिः असार २६, २०८०
    • २५१ पटक पढिएको
  • ६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन , एक जना पाइलट नेपाली ,अरू यात्रु मेक्सिकन

    काठमाडौं / सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको बताइएको छ । उक्त हेलिकप्टरमा सवार ६ जनामध्ये एक जना नेपाली पाईलट बाहेक अन्य सबै यात्रु मेक्सिकन भएको मनाङ एयरले पुष्टि गरेको छ ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ । -साङ्केतिक तस्बिर 

    • प्रकाशित मितिः असार २६, २०८०
    • १५५ पटक पढिएको
  • इटहरीमा बोर्डिङको होस्टलभित्र एक छात्र मृत अवस्थामा भेटिए

    सुनसरी / इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा एक छात्र मृत अवस्थामा भेटिएका छन् । मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हिजो सोमबार बिहान स्कुलको हाेस्टलमा मृत फेला परेका थिए ।उनी इटहरी सेकेन्डरी बोर्डिङमा कक्षा ८ मा अध्ययनरत थिए । आइतबार खाना खाएर सकुशल सुतेका विद्यार्थी सोमबार बिहान मृत अवस्थामा भेटिएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो । उनी विद्यालयमा होस्टलमा बस्ने गर्थे । उक्त विद्यालयको होस्टल फोहोर रहेकाले पनि बालकको घटना रहस्यमय भएको स्थानीय बताउछन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नर्मलै देखिएपनि पोस्टमार्टम रिपोर्ट

    • प्रकाशित मितिः असार २६, २०८०
    • २७८ पटक पढिएको
  • भारतमा जन्ती बोकेको बस दुर्घटना, सात जनाको मृत्यु

    काठमाडौं / भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको म्यादी भएको छ । केही घाइते भएका छन् ।आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरीका अनुसार बस नहरमा खसेको हो । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ । 

    • प्रकाशित मितिः असार २६, २०८०
    • १२७ पटक पढिएको
  • पौवादुङमाको अरुण डाँडामा चियाका विरुवा रोपियो

    सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाको अरुण डाँडामा चियाको विरुवा रोपिएको छ । अरुण डाँडालाई गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको पर्यटकलाई थप आकर्षण थप्दै आर्थिक पक्षमा जोड दिनको लागि चियाको विरुवा रोपिएको  हो ।अरुण डाँडामा पाँच सय चियाको विरुवा रोपिएको वडा १ हो । 'यो ठाउँलाई हामी धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागि परेको छौँ’ अध्यक्ष राईले भने,‘चिया बहुउपयोगि भएकाले यसको विस्तारले यहाँको सुन्दरतामा बृद्धि गर्दै आयआर्जनमा जोड्ने हाम्रो उद्धेश्य रहेको पौवादुङमा  गाउँपालिका अध्यक्ष किरण राईले बताए ।‘गाउँपालिकाले

    • प्रकाशित मितिः असार २६, २०८०
    • १७६ पटक पढिएको
  • माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ

    सुनसरी : माल्टामा आकर्षक रोजगारीमा पठाई दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिला पक्राउ परेकी छिन्  ।गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन् ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • २०१ पटक पढिएको
  • ईटहरीमा ट्राफिक सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरी सम्पन्न

    सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजनामा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरी सम्पन्न भएको छ । गत असार १९ गते विराटनगरमा कोशी प्रदेशका तत्कालिन मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका १४ वटा जिल्लामा एक साथ ट्राफिक सप्ताह कार्यक्रम सुरू गरिएको थियो । उक्त कार्यक्रमको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा धरानको बाणिज्य हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । ट्राफिक सप्ताहको समापन कार्यक्रममा प्रमु

    • प्रकाशित मितिः असार २५, २०८०
    • १६७ पटक पढिएको
  • बल्छी ध्रुवे राजु मास्टर सहितका कलाकारविरुद्ध अभियोग दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

    काठमाडौं / जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको हो ।उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूस

    • प्रकाशित मितिः असार २५, २०८०
    • २४१ पटक पढिएको
  • भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु

    भोजपुर / भोजपुर नगरपालिका वडा नम्बर - १२ स्थित टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर - १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको छ ।घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छ  । घटना यहीँ असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।‘घटना २२ गते रातिको हो  । साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । पुरिएको

    • प्रकाशित मितिः असार २५, २०८०
    • ३५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]