समाज

    Showing १०,२८१-१०,२९० of ११,३०१ items.
  • दैलेखमा भैँसीकाे जिउले च्यापिदा वडा सचिवको मृत्यु

    काठमाडौं / भैँसीकाे जिउले च्यापिदा दैलेखमा एक जनाको मृत्यु भएको छ । भैंसीले च्यापिएर दैलेखकाे नारायण नगरपालिका वडा नम्बर - १०  वडा सचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको छ ।वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर मृत्यु भएको हो ।भैंसीले च्यापिदा गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यलय दैलेखले जनाएको छ  । 

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८७ पटक पढिएको
  • मोरङको जाँते पथरी सडक खण्डमा दिउँसै लुटपाट

    सुनसरी / मोरङको जाँते पथरी सडक खण्ड अन्तरगत फारलाईनमा शनिबार दिउसो लुटपाट भएको छ । मोरङको लेटाङ ८ जाँते भुपुटोलका ओम प्रकाश रानामगर लुटपाटमा परेका हुन । पथरी बाट जाँते फर्कने क्रममा फारलाईन आईपुग्दा हतियार सहित आएका ४ जनाको समुहमा रहेका लुटेराले नगद तथा मोबाईल  लगेको प्रहरी चौकी जाँतेले जनाएको छ ।लुटेराले मगरलाई कट्टीले काट्ने प्रयास गरेको समेत देखिएको छ । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेर चोट लाग्न बाट बचेका हुन् । लुटेराहरुको खोजि भईरहेको प्रहरीए जनाएको छ ।  गत साता समेत लेटाङ कानेपोखरी सडक खण्डमा २ जना लुटिएका थिए । उत्तरी मोरङमा

    • प्रकाशित मितिः असार २४, २०८०
    • १८६ पटक पढिएको
  • रबिन तामाङको अन्त्येष्टि आइतबार हुने

    काठमाडौं / चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको हो । तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । रबिनको अन्त्येष्टि भने आइतबार पौने १२ बजे स्वयम्भूमा गरिने भएको छ । रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा फेला परेका थिए । 

    • प्रकाशित मितिः असार २३, २०८०
    • १५८ पटक पढिएको
  • कानेपोखरीमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु

    सुनसरी / मोरङको कानेपोखरीमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।कानेपोखरी गाउँपालिका- ७ रंगेली सडक खण्डमा प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना  भएको हो ।दुर्घटना हुँदा मोटरसाईकल चालक सिराहा लाहानका २५ बर्षीय सन्तोष भुजेलको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार २३, २०८०
    • ५४१ पटक पढिएको
  • मोरङको लेटाङमा बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

    सुनसरी / मोरङको लेटाङबाट कानेपोखरी जाँदै गरेको बोलेरोले  टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । हिजो शुक्रबार राति सात बजेतिर मोरङको लेटाङ नगरपालिका -३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो ।ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका -६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो  । अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहर

    • प्रकाशित मितिः असार २३, २०८०
    • १८४ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ

    सुनसरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै आज  शुक्रबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ ।ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत–सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिदैँ गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।  उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    • प्रकाशित मितिः असार २२, २०८०
    • २०४ पटक पढिएको
  • बिदाको दिन इटहरी उपमहानगरपालिका कार्यालय खुल्ने

    इटहरी : सार्वजनिक बिदा तथा शनिवारको दिन पनि इटहरी उपमहानगरपालिका कार्यालय खुल्ला हुने भएको छ ।आर्थिक वर्षको अन्त्य सँगै धेरै योजना तथा कार्यक्रम अन्तिम चरणमा रहेका कारण कार्यालय समय बढाइएको हो । बिदाका दिन नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यलयहरु खुल्ला हुने भएका छन् ।बिहीबार प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले सूचना प्रकाशित गर्दै कामकाजको अत्यधिक चाप भएकाले  शनिवार तथा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला हुने जानकारी गराएका छन् । 

    • प्रकाशित मितिः असार २२, २०८०
    • १८० पटक पढिएको
  • रोविनको निधनबारे के भन्छ प्रहरी ?

    काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए ।तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउ

    • प्रकाशित मितिः असार २१, २०८०
    • २१९ पटक पढिएको
  • सप्तरी डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति विरुद्ध पक्राउ पुर्जी

    सप्तरी। डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवैजना विरुद्ध नागरिकता सम्बन्धि कसुरमा  मुद्दा  दर्ता भएको हो । उनीहरू विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस मार्फत मुद्दा दायर गरेका थिए भने उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • १३९ पटक पढिएको
  • एफ एम रेडियो संचालनका चुनौती र समाधानका उपायहरु विषयक कार्यशाला सम्पन्न

    इटहरी । चन्द्र न्यौपाने मेमोरियल ट्रस्टको आयोजनामा वर्तमान अवस्थामा एफ एम रेडियो संचालनका चुनौती र समाधानका उपायहरु विषयक कार्यशाला सम्पन्न गरिएको छ । ब्रोडकास्टिङ एसोसिएसन नेपालको सहकार्य तथा सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा इटहरीमा कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा स्वतन्त्र रेडियोको समस्या,चुनौती र बजार अवस्थाख सुद्धिढीकरणका विषयमा सहभागीहरुलाई अवगत गराइएको थियो ।  श्रोताका रुची अनुसारका कार्यक्रम उत्पादन तथा प्रसारण गरी प्रविधिको बढ्दो प्रयोगका बिच श्रव्य माध्यमको पहुँच कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा डाक्टर भुमिराज चापागाँइले सहजिकरण

    • प्रकाशित मितिः असार २१, २०८०
    • १४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]