सुनसरी / पाँचथरको फालेलुङ गाउँपालिकाले घुमाउने टारस्थित हेवा खोलामा डाइभर्सन गरी अवरुद्व सडक खुलाउने प्रयास सुरु गरेको छ ।गत असार ३ गते आएको बाढीले गाउँपालिका ३ र ७ लाई जोड्ने मोटरेबल पुल बगाएर पुल बगेसँगै सदरमुकाम सहित विभिन्न स्थानसँग सम्पर्क विच्छेद भएको फालेलुङलाई पुनः सडक सञ्जालसँग जोड्न आजदेखि डाइभर्सनको काम सुरु भएको हो ।डाइभर्सनका लागि ५ फुट ४ इन्च भित्री सतहका ५ थान हृयुम पाइप झिकाएर डाइभर्सनको काम थालिएको बताइएको छ । बाढीका कारण फालेलुङको घुमाउनेसँगै लुमाङदिनको मोटरेबल पुल पनि बगेको छ । घुमाउनेको प्रयास सफल भए लुमाङदिनमा पनि डाइभर्सन गरेर सवारी आवागमन खुलाइने गाउँपालिका अध्यक्ष
काठमाडौं / नेपाल सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुवातदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको हो ।बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।यस वर्षको
काठमाडौं / नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउने काम भईरएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन दिन भर लाग्ने प्रहरीले जनाएको छ ।गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडकबाट दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
सुनसरी / वैदेशिक रोजगारीका लागि कतार गएका झापाका एक व्यक्तिको निधन भएको छ ।झापाको गौरीगञ्ज गाउँपालिका - ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो शनिबार बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको हो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।
सुनसरी : इटहरी जेसिजले असार ९ गतेदेखि सञ्चालन गरेको सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ ।जेसिजमा सिकेका सिकाईहरुलाई समाजमा हस्तान्तरण गर्न प्रत्येक वर्ष जेसीजहरुले जेसीज सप्ताहको आयोजना गर्ने गरेको छ । समाजलाई असल नागरिक हस्तान्तरण गर्ने जेसीजको मुल उदेश्य रहेको छ । जेसीजले व्यक्तीत्व तथा नेतृत्व क्षमता विकाशका निमिक्त विभिन्न किसीमका तालिम सेमीनारको आयोजना गर्नुका साथै शिक्षा, स्वस्थ लगायत अन्य क्षेत्रहरुमा रहेर आफ्ना गतिविधीहरु गरेको छ । भोलीको युवा नेतृत्व शीर्षकमा कार्यक्रमका वक्ताहरूले प्यानेल डीस्कसन गरेका हुन् ।इटहरी जेसिजहरुले चाडको रुपमा मनाउने जेसीज सप्ताह गत असार
सुनसरी / तमोर नदीले बगाएर बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थ कुमार खत्रीको शव एक सातासम्म फेला नपरेपछि कुशवको शव बनाएर अन्त्येष्टि गरि काजकिरिया शुरु गरिएको छ ।बिहिबार स्थानीय केशलिया घाटमा कुशवको शव बनाएर अन्त्येष्टि गरि उनको काजकिरिया शुरु गरिएको उनको परिवारका सदस्यले जानकारी दिए । धनकुटाको साँगुरीगढी- ९ दिलुङटारस्थित तमोर नदीमा गत असार ८ गते शुक्रबार दिउँसो मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर झरेपछि तमोर नदीले उनलाई बगाएको थियो । पछि प्रहरी र सेनाले खोजि कार्य गर्दा भेटिएन् ।बिहीबार दिउँसो ३ बजेतिर पुल निर्माणका लागि
सुनसरी / नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको छ ।खेलकुद विकासको लागि स्थानीय तहदेखि केन्द्र सम्म भौतिक पुर्वाधार व्यवसाठर प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने नारा सहित बृहत वृक्षारोपण कार्यक्रम गरिएको हो ।नेपाल खेलकुद महासंघ सुनसरी वडा नम्बर ३ स्वर्गद्वारी घाट खोला किनारमा नेकपा एमाले केन्द्रीय सदस्य लछ्मि गौतमको प्रमुख आतिथ्यमा नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव सन्तोष बान्तवा लगायतको उपस्थितिमा भएको कार्यक्रम नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा इटहरी वडा
इटहरी / राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ ।"जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि" भन्ने नारा सहित २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएकोे हो । मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान दिवसको अवसरमा जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि" नारा सहित कृषि अनुसन्धान निर्देशनालयका जग्गाहरूमा करिब ३० हेक्टर विघामा धान खेति लगाएको छ ।पछिल्लो समयमा कृषि मजदुरहरु पाउन समस्या भईरहेको तर्फ मध्यनजर गर्दै कम जनशक्ति र लागतमा धान खेती गर्न सकिने ड्रमसिडर प
सुनसरी / आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस सँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आज असार १५ गतेलाई नेपाली समाजमा दही–च्यूरा खाने पर्वको रुपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । अ
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा साथ दिन आग्रह गरेका छन् ।विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गरेका हुन् ।साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट बताए । सुर्तीजन्य पदार्थको सेवनका कारण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.