सुनसरी / इटहरी उपमहानगरपालिकाले ई-रिक्सा जिम्मा पाएसँगै तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) को दर्ता प्रक्रिया अघि बढाएको छ । इटहरीमा मात्र हालसम्म ५० वटाभन्दा बढी सफारी दर्ता भइसकेको छ ।प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएपछि नियमनको जिम्मा पाएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको हो । इटहरी उपमहानगरपालिकाले दर्तामा लाग्ने शुल्कसमेत घटाएको छ । यसअघि पारित भएको सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई रिक्सा दर्ता शुल्क एक हजार ४ सय लाई घटाएर १ हजार एक सय रुपैया कायम गर्ने, बाटो इजाजत पत्र
सुनसरी / मोरङको बेलबारी नगरपालिकाले नगरभित्रका रासयनिक मल बिक्रेता फर्मलाई रासयनिक मल बिक्रेता प्रमाणपत्र किन खारेज नगर्ने भनी दुई दिने स्पष्टिकरण सोधेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले पालिकाले तोकेको भन्दा बढी मुल्यमा फर्म तथा सहकारीहरुले किसानलाई अनुदानको मल बेचेको विषयमा ज्ञापन पत्र बुझाएपछि सम्बन्धित रासायनिक मल बिक्रेता फर्मलाई नगरपालिकाले स्पष्टिकरण सोधेको छ । गत २०७९ चैत्र ११ मा नगर उपप्रमुख सहित अनुदानको रासायनिक मल बिक्री सम्बन्धमा बसेको पालिकाको बैठकले प्रति के. जी. युरीया मल खरिद मुल्य रु १५ , ढुवानी प्रति के जि रु १.७०, लोड अन
सुनसरी / अपाङ्गता भएका व्यक्तिहरुलाई होटलहरुमा रोजगारीको अवसर सृजना गर्न इटहरीका होटल व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।आज बुधबार इटहरीमा द लेप्रोसी मिसन नेपाल फण्ड परियोजना विराटनगरले आयोजना गरेको पर्यटन तथा होटल व्यवसायीहरुसँग सम्भावित रोजगार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनिहरुले योग्य व्यक्तिलाई रोजगार दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा परियोजनाका व्यवस्थापक विपिन दासले फण्ड परियोजनसँग ६१३ जना अपाङ्गता भएका व्यक्तिहरु सुचिकृत रहेको जानकारी दिदै उनिहरुमध्ये ९२ प्रतिशत व्यक्ति साक्षर रहेको र विभिन्न पदका लागि योग्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी
सुनसरी / प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौँको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको स
सुनसरी / धनकुटाबाट धरान आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययनरत एक किशोरीको मृत्यु भएको छ ।जेष्ठ २६ गते धनकुटा नगरपालिका ९ खुरिलामा भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।मृतक तामाङको १२ दिन देखी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो ।मृतक प्रिस्किला इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी हुन्
धर्मदेवी । पुर्वी पहाडी जिल्ला संखुवासभाका व्यवसायिक तरकारी किसानहरुले सरकारले अर्गानिक उत्पादनलाई प्रोत्साहन नगरेका कारण आफुहरुका उत्पादनले मुल्य पाउन नसकेको गुनासो गरेका छन । धर्मदेवी नगरपालिका वडा नम्बर ३ टाकुरेका किसानहरु अहिले आलु भित्र्याएर कोबी लगायतका तरकारीहरु लगाउने तयारीमा रहेका छन । तर मिहिनेत अनुसार आफुहरुका अर्गानिक उत्पादनले मुल्य पाउन नसकिरहेको किसानहरु गुनासो गर्दछन । पुर्वी नेपालमा भारतीय क्षेत्रबाट भित्रने विषादी र अधिक रासायीनिक मल प्रयोग गरिएका तरकारीसंग अर्नानिक तरकारीले प्रतिस्पर्धा गर्न नसकिरहेको धर्मदेवी नगरपालिका वडा न
सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको सुन्दरहरैचा नगरपालिका वडा नं ४ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ । यस क्रममा वडा अध्यक्ष कैलास बस्नेतको नेत्रित्वमा वडाका जनप्रतिनिधि र कर्मचारी हरुसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण
इटहरी। इटहरी उपमहानगरपालिका वडा नं.९ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको इटहरी उपमहानगरपालिका वडा नं ९ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ । यस क्रममा वडा अध्यक्ष जितेन्द्र थापाले वडाका जनप्रतिनिधि र कर्मचारी हरु कार्यक्रमहरूसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण गरी साना ठुला सबै योजनाहरूल
सुनसरी / इटहरीमा लगानी कर्ता तथा ब्यबसायीहरु सँग छल्फल गर्दै , धरान ४ स्थित भेडेटार नजिकै ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहित टुरिष्ट भिलेजमा लगानी गर्न लगानी कर्ताहरुलाइ आह्वान गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ४ भेडेटार मा १७५ फिट अग्लो निमार्णधीन थाउजन बिग वुद्घ, सप्तकोशी नदी, धरान इटहरी, विराटनगर, भारतका केही अंश देखिने समुन्द्री तटवाट १२०० मिटर अग्लो डाँडामा निमार्ण हुदै गरेको क्यासीनो सहितको ५ तारे होटल वरिपरि बन्ने तिनसय व्यापारीक घरहरुमा लगानी गरी आफ्नो लगानी र भविष्य सुनिस्चित गर्न आह्वान गरिएको छ ।टुरिष्ट ल्यान्ड आगामी २०२६ सम्म निर्माण सम्म गर्ने डाई कन्भेस्कका कार
सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका- ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न झन्डै २० फिट उचाइमा झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताको ३५ हजार छ सय चार रुपैयाँ लागत राखिएको छ । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी आन्तरिक बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन् । धनकुटाको साँगुरीगढी ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.