विराटनगर : कोशी प्रदेशको नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेको पक्षलाई वार्तामा आउन प्रदेश सरकारले औपचारिक पत्र पठाएको छ ।आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न जेठ २४ गते बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर, वार्ता समिति गठन गर्दासमेत पहिचानवादीले सांसदहरुलाई आक्रमणको प्रयास जारी राखेपछि सरकारले सोमबार औपचारिक पत्र पठाएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत शुवास श्रेष्ठले हस्ताक्षर गरेको पत्रका प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई सम्बोधन गरिएको छ ।फागुन १७ गत
इटहरी / कटहरी गाउपालिका वडा न. ३, मोरङ बसोबास भएकि सीता कुमारी ले महालक्ष्मी लाइफ मा ५ लाख को सावधिक बिमा गरेकी थिइन । बिमा गरेको करिव ४ महिना पछि बिमित सीता कुमारीको निधन भएको थियो। कम्पनीको इटहरी कार्यलयमा एक अभिकर्ता प्रशिक्षण कार्यक्रम का बिच कम्पनी का कोशी प्रदेश उप क्षेत्रीय प्रबन्धक गुन्जन थापा ले ५ लाख १२ हजार रकम को चेक हस्तान्तरण गर्दै बिमा को महत्व बुझाएका थिए , कम्पनी सङ्ग सरल लागत मा प्राप्त हुने सावधिक बिमा , एक पटक मात्र पैसा तिरि पुन पुरै पैसा आउने लगानी फिर्ता बिमा योजना लगायत ४००% सम्म जोखिम बहन गर्ने पेन्सन सहित को बिम
विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलको पहलमा पुल र सडक निर्माणका लागि पाँच करोड ७९ लाख बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले आर्थिकक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन गरेको हो ।रतुवामाई नगरपालिकामा पर्ने अल्टाई होली, कजला खोला, कट्नु खोला, रतुवा पुल (भुनावारी–चाप्रामारी) मा पुल निर्माणका लागि बजेट विनियोजन भएको छ । यस्तै बक्राह खोला रंगेली, मरिया बक्राह, गेउरीया खोला, लोहन्द्रा खोलामा पनि पुल निर्माणका लागि बजेट विनियोजन भएको छ ।यसैगरी सडकतर्फ सिक्टी–पथरी सडक, परेवाखोपी–शान्तिपुर सडक रतुवामाई, हाम्रो
विराटनगर : मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तस्बीर सार्वजनिक गरेसँगै यो विषयले अहिले देशभर चर्चा पाएको छ । अधिकांशले बालेनको कदमलाई समर्थन जनाएका छन् ।बालेनको कदमलाई समर्थन गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसकेका छन् ।भारतले नयाँ संसद् भवन उद्घाटन गरेपछि जारी गरेको नयाँ नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुसहित ठाउँ समावेश छन् । भारतको उक्त कदमपछि बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्य
इटहरी । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायहरुको गौरवमय महिना जुनलाई केन्द्रीत गरी सुनसरीको इटहरीमा पनी -याली गरेर मनाएको छ । आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ र्याली तथा दिप प्रज्वलन गरी मनाइएको हो । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । -याली इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा निलहिरा समाजको कार्यालयदेखी आर्मी क्याम्प हुँदै इटहरी चौक,बसपार्क सहीत पुन पश्चिम लाईन को टेम्पु स्टेण्ड परिसरमा कोणसभामा परिणत भएको थियो ।
सुन्दरहरैचा। गर्मीका कारण जनजीवन प्रभावित वनी रहेको समयमा सुन्दरहरैचा गछियामा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी को व्यवस्था मिलाइएको छ । गछिया बजार चौकमा सुन्दरदुलारी उद्योग बाणिज्य संघले पानी पिउने व्यवस्था मिलाएको हो । गर्मीका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागी सहज वनाउन सुन्दरदुलारी उद्योग बाणिज्य संघले आफ्नो सामाजिक दाइत्व अन्तर्गत पानी पिउने व्यवस्था मिलाएको सुन्दरदुलारी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन
विराटनगर : कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले कोशीमा एमालेको साथ र समर्थनबिना नाम फेर्न असम्भव रहेको बताएका छन् ।शनिबार प्रदेश राजधानी विराटनगरमा संसदीय पत्रकार मंच कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमाथि आक्रमण र उपेक्षा गरेर प्रदेशको पुनः नामकरण असम्भव रहेको बताए ।‘नाम नै फेर्नुपर्दा एमालेको साथ र समर्थनबिना सम्भव छैन्,’ मन्त्री राजभण्डारीले भने । प्रदेशको नामकरणपछि प्रदेशमा भइरहेको आन्दोलनको समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेपनि पहिचानवादी समूहले वार्ता गर्न बेवास्ता गरिरहेको उ
इटहरी । केही दिनदेखी अत्याधिक गर्मी बढेको तर्फ मध्यनजर गर्दै इटहरी १४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।इन्खा एकिकृत अस्पतालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी वडा नम्बर १४ का वासिन्दालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । इटहरी उपमहानगरपालिकाको ग्रामिण भेगका वस्तीमा स्वास्थ्यको पहुच विस्तार गर्ने उद्धेश्यले इटहरी १४ मा निःशुल्क स्वास्थ शिविर संचानल गरिएको आयोजकले जनाएको छ ।इन्खा एकिकृत अस्पतालका सञ्चालक डाक्टर खगेन्द्र ओलीको अध्यक्षता तथा स्थानिय अग्रज रामसेवक चौधरीको प्रमुख आतिथ्यमा भएको शिविरमा होमियोपेथिक पदत्तीबाट चेकजाँच गरिनुका साथै भिडियो एक्
इटहरी । सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा संघको दोस्रो साधारण सभा सम्पन्न भएको हो । सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको अध्यक्ष अमित कुमार झाको अध्यक्षता तथा घरेल्ु तथा साना उद्योग कार्यलय प्रमुख हरीप्रसाद लामीछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायको अवस्था र उद्योगी व्यवसायीको समस्याका विषयमा चर्चा गरिएको थियो । साधारणसभाले रमादेव चौधरीको अध्यक्षतामा सर्व सम्मतले नयाँ कार्यसमीती चयन
इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन । यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.