समाज

    Showing १०,४८१-१०,४९० of ११,३०१ items.
  • सिटी सहकारीको २२औं वार्षिक उत्सवमा रक्तदान ६४ पिन्ट रगत संकलन

    इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन ।  समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन ।   सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • १७० पटक पढिएको
  • अस्ट्रेलियामा नेपाली बिद्यार्थीलाई परमर्श दिन 'मिट एन्ड ग्रेट' कार्यक्रम हुँदै

    अध्यापनको लागि अस्ट्रेलिया आउने नेपाली बिद्यार्थीहरुले भोग्नु पर्ने चुनौतीहरूको समाधानको लागि 'मिट एन्ड ग्रेट' कार्यक्रम आयोजना गरिने भएको छ । नव आगन्तुक बिद्यार्थीहरुले अस्ट्रेलिया आएपछि दैनिक भोग्नु पर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली विद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ ।कार्यक्रमका संयोजक मनिष सिग्देलका अनुसार उक्त कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्ध

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • ३२७ पटक पढिएको
  • सुनसरी जिल्ला इटहरीमा पाँचतारे होटल सोल्टी वेस्टएन्ड सञ्चालन

    सुनसरी : सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने भएको हो । होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो। पाँचतारे स्तरको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्ब

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १८३ पटक पढिएको
  • ‘मेरो गाउँ, मेरो ठाउँ’ वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । पर्यटकीय दृष्टिकोणले ओझलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक पूmलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता स

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १९९ पटक पढिएको
  • धरानमा पत्रकारहरुको मौन जुलुस

    धरान । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धरानमा पत्रकारहरुले मौन जुलुस निकालेका छन् ।धरानको भानुचोकबाट शुरु भएको जुलुस छाताचोक हुँदै धरान उपमहानगरपालिकाको गेटमा पुगेर समापन भएको थियो ।‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘स्वतन्त्रतापूर्वक बोल्न र लेख्न देऊ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरु जुलुसमा सहभागी भएका थिए ।पत्रकारहरुसँगै विभिन्न राजनीतिक दलका नेताहरुले जुलुसमा ऐक्यबद्धता जनाएका थिए ।पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुप्रति धावा बोलिरहेको र पछिल्लो समय सामाजिक सञ्जालमार्फत् ‘सुरक्षा थ्रेट’ समेत भएकाले आन्दोलनमा उत्रनुपरेको बताए

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ७० पटक पढिएको
  • बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई तालिम सुरु

    धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य  सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ । अनमि र स्टाफ नर्सहरूलाई आफु कार्यरत स्थानबाट महिलाहरूमा हुने चार किसिमका मृत्यु गराउन सक्ने घातक राेगहरू  ( आङखस्ने समस्या, स्तन क्यान्सर, पाठ्यघरकाे मुखकाे क्यान्सर दिशापिसाव चुहिने समस्या फिस्टुला लगायतकाे राेगकाे पहिचान र निदान गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य निरिक्षक गजेन्द्र यादवले जानकारी दिनुभयाे । स्वास्थ्य तालिम केन्द

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १७३ पटक पढिएको
  • परिवार दल केन्द्रिय सदस्य पौडेल सहित ३१ जना पदाधिकारीद्वारा पार्टी परित्याग

    विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि पार्टी परित्याग गरेका छन। पार्टी परित्याग गरि अहिले तत्काल नै कुनै पार्टी मा आवद्ध भै नहाल्ने कुरा जिल्ला सचिव बिजय कोईराला ले जानकारी गराएका छन।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ४०२ पटक पढिएको
  • द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलालाई भोट दिन आग्रह

    इटहरी । द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलाले आफूलाई भोट दिन आग्रह गरेकी छिन् । कक्षा ७ मा पढ्ने ११ वर्षिया परिश्ना प्रतियोगिताको अन्तीम ८ मा पुगेकी हुन् । पहिलो अडिसनमा तीन जना जजको मन जित्न सफल उनी अहिले सुशान्त केसीको टिममा छिन् । परिश्नाको लागि भोट माग्दै इटहरी आएका परिश्नाका बुवा निर्मल बाँस्तोलाले परिश्ना गीतको गायनमा मात्र होइन, नृत्य, अभिनय तथा फेसन शोमा पनि उत्तीकै दक्ष रहेको बताए । ‘उसलाई जिताउनु भनेको समग्र ट्यालेन्टलाई जिताउनु जस्तै हो,’ उनले भने ।परिश्नाका बुवा निर्मल इटहरीमा जन्मे हुर्केका हुन् । इटहरीकै कचना स्कुल र जनता क्याम्पसमा पढेका उनी उच्च शिक्ष

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २६६ पटक पढिएको
  • विराट-बर्जु हाफ म्याराथन विजेतालाइ एक लाख पुरस्कार

    विराटनगर । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले कोसी प्रदेश सरकारले पहिलो पटक विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शनिबार आयोजना हुने खुला प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएको छ। खुला दौडमा सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ। मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरेर प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । उनका अनुसार प्रतियोगितामा सहभागिता

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १७३ पटक पढिएको
  • रिजनलाई जिताउन इटहरीबाट सहयोग जुट्दै

    इटहरी । द भ्वाइस किड्सको फाइनलिस्ट बनेका इटहरीका रिजन डाँगी यतिखेर भोट माग्न व्यस्त छन् । परिवार र साथीहरु अनि इटहरीका संगीतकर्मीहरुको सहयोगमा उनले इटहरी र आसपासका शहरहरुमा पुगेर प्रस्तुती दिँदै भोट मागेका हुन् ।शुक्रबार हुने नतिजा प्रकाशनमा भोटिङकै कारण हार्नु नपरोस् भनेर उनका प्रसंशकहरुले उनलाई जिताउन अभियान थालेका छन् । सो क्रममा इटहरीका विभिन्न स्कुलहरुमा उनले प्रस्तुती दिएका छन् । इटहरीको पुर्वी पृतना मुख्यालय पुगेरसमेत भोट मागेका छन् । पृतनापती आशबहादुर तामाङ्गलगायत सेनाका अधिकारीहरुले उनलाई सहयोग गर्ने आश्वासन दिएका छन् । ‘ट्यालेन्टका कारण रिजनले हार्दैन, अन्तर्राष्ट्रिय स्तरमा जान

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]