समाज

    Showing १,०४१-१,०५० of १०,२९९ items.
  • धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने

    इटहरी ।  धनकुटाको चौबिसेमा नौ तले युमा माङ्गहिम निर्माण हुने भएको छ । चौबिसे गाँउपालिका–६, राजारानीमा विश्वकै अग्लो युमा माङ्गहिम निर्माण हुन लागेको हो । प्रदेश सरकार गाउँपालिका वडा कार्यलय तथा किराँत धर्मावलम्बीबाट सहयोग सङ्कलन गरेर निर्माण गर्न लागिएको चौबिसे गाँउपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।  युमा माङ्गहिम निर्माण भइसक्दा करिब नौ करोड रुपियाँ खर्च हुने अनुमान पालिकाको रहेको छ । हालसम्म करिब दुई करोड रुपियाँ खर्च भइसकेको छ । अहिले जमिनमाथि दुई तला निर्माण भएको छ । विश्वकै किराँत धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्ने गरी काम भइरहेको पालिका अध्यक्ष चेम्

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १६८ पटक पढिएको
  • ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने

    इटहरी ।  ताप्लेजुङमा प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको हाङ्पाङमा अलैँची महोत्सव हुने भएको हो । नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामा आउँदो असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने भएको हो । अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने अलैँची महोत्सव हाङ्पाङमा आयोजना गर्ने निश्चित भएको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले जानकारी दिनुभयो । संयोजक आङ्बुहाङका अनुसार आठराई त्रिबेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सवमा अलैँचीका बोट

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १३९ पटक पढिएको
  • भोजपुरको उत्तरी क्षेत्र षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

    इटहरी ।   भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो ।  हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो । पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उहाँको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको स

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • १३१ पटक पढिएको
  • गढीमा एकीकृत घुम्ती सेवा शिविर ३०० जना बढिले लिए सेवा

    सुनसरी / गढी गाउँपालिकाको आयोजनामा गढी–२ भमरीस्थित श्री गढदेव आधारभूत विद्यालयमा बुधबार आयोजित एकीकृत घुम्ती सेवा शिविर को उद्घाटन सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता गढी गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) का कर्मचारीहरू तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल का चिकित्सकहरूको उपस्थिति रहेको थियो।गाउँपालिकाको सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, सामाजिक सुरक्षा, प्

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १,२१७ पटक पढिएको
  • तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सम्पन्न

    धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबास, धनकुटाले आयोजना गरेको पाँचदिने " तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम जेठ २३ देखि २७ गतेसम्म पाख्रिबासमा आयोजना गरिएको थियो।तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा अनुसन्धान संस्थामा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता तथा प्र

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ९८३ पटक पढिएको
  • झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ

    इटहरी ।  सादा पोसाकको प्रहरी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका वडा नम्बर १ सन्दुवा बस्ने ३६ वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार आइतबार दिउँसो १२स्०० बजेको समयमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पिङ्की ठ्याकस्थित सडकमा दुई जना अपरिचित पुरुषले गिरीलाई रोकेका थिए। आफूहरू सादा पोसाकका प्रहरी कर्मचारी भएको बताउँदै उनीहरूले गिरीको साथमा रहेको १ थान मोबाइल, ६०० रुपैयाँ नगद, नागरिकत

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १८२ पटक पढिएको
  • मोरङबाट फरार प्रतिवादी पक्राउःअपराध दुईवटा, मुद्दा एउटा

    इटहरी ।  एउटै प्रकृतिका दुईवटा फरक अपराधमा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको मोरङ प्रहरीले अलगअलग घटनामा संलग्न भए पनि एउटै मुद्दा चलाइएका प्रतिवादी पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई पक्राउ गरिएको बताए । आलम दुईवटा फरक–फरक नकबजनी चोरी मुद्दामा दोषी ठहर भई एक वर्ष अघिदेखि फरार रहेका प्रतिवादी हुन् । आलमलाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घर वतनबाट नियन्त्रणमा लिएको लामिछानेले

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १५४ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड पाउने

    इटहरी ।  ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन् । यहाँका स्थानीय  तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ मा समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएका हुन् । ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९ करोड ९३ लाख रुपियाँ पाउने भएका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ भने मिक्वाखोला गाउँपालिकाले सबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ ब

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १६१ पटक पढिएको
  • क्याम्पस सञ्चालनका लागि अभिभावकको उत्साह, ६ लाख ३१ हजार सङ्कलन

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीमा सञ्चालित अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन अभियान प्रभावकारी बन्दै गएको छ। धनकुटा, सङ्खुवासभा र भोजपुरको पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापित क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक संरचना सुदृढ बनाउन आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत अभिभावक घरदैलो कार्यक्रम, वैदेशिक रोजगारीमा रहेका युवा, शैक्षिक अभियन्ता, बुद्धिजीवी, शिक्षा प्रेमी तथा पूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट हालसम्म क्याम्पस सञ्चालन कोषमा ६ लाख ३१ हजार ६ सय ७ रुपियाँ सङ्कलन

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ९८ पटक पढिएको
  • iCAUR V23 मा उपभोक्ताले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने दाबि

    काठमाडौं, असार २५ । नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले iCAUR V23 विद्युतीय एसयूभीमा सीमित अवधिका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।कम्पनीले हाल बजारमा संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम भए पनि सीमित स्टकका गाडीहरू पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। यसबाट ग्राहकले प्रतिगाडी ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीको दाबी छ। बजेटपछिको कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण iCAUR V23 को मूल्य वृद्धि भई ५३ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। एसपीजी अटोमोबाइल्सका अनुसार उच्च ग्राहक मागका बीच सीमित मौज्दात रह

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]