समाज

    Showing १०,५४१-१०,५५० of ११,३०१ items.
  • तरहरा- सेउती सडक अनुगमनमा , निर्माण कम्पनीको गाडी नियन्त्रण

    इटहरी । रानी विराटनगर धरान सडक खण्ड विस्तार अन्तरगत तरहरा देखि सेउती पुल सम्मको सडक खण्डको निर्माण जिम्मा पाएको निर्माणले ढिलासुस्ती गरेको भन्दै इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।  निर्माण  कार्य ढिलो हुदाँ जनताले सास्ती पाईरहेको भन्दै पटक पटक चाँडो काम गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएपनि काम ढिलो गरेको गुनासो वढेपछि अनुगमनमा भएको नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले निर्माण कम्पनीको गाडी नियन्त्रण लिएको हो ।  अनुगमनका क्रममा जादा काम नगरिएको पाइएपछि त्यहाँ रहेको निर्माण कम्पनीको गाडी उपमहानगरपालिकाले ल्याएको नगरप्रमुख हेमकर्ण पौडेलद्धारा जारी विज्ञप्तीमा उल्ले

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ८२ पटक पढिएको
  • नेपाली सेनाले एकै पटक खुलायो चार हजार पाँच सयका लागि जागिर

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ। सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो। जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ ।सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ७३ पटक पढिएको
  • बाघले लगेकी महिला अझै भेटिइनन्

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघले लगेकी महिला अझै भेटिएकी छैनन् । शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् ।शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।शुक्रबार बिहान ११ बजेतिर चार-पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । ‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ’, प्रवक्ता डाँगीले भने । 

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १०६ पटक पढिएको
  • बराहक्षेत्रमा सिम्रासे राजभण्डारी बन्धु स्मृति प्रतिष्ठानको वंशावली पुस्तक विमोचन

    बराहक्षेत्र / नेवार समुदाय भित्र पर्ने सिम्रासे राजभण्डारी बन्धु स्मृति प्रतिष्ठानको वंशावली पुस्तक विमोचन कार्यक्रम शनिबार बराहक्षेत्रमा भएको छ । कार्यक्रममा धरान, भोजपुर, बराहक्षेत्र लगायतका ठाँउहरुबाट सिम्रासे राजभण्डारीहरुको सयौंको संख्यामा उपस्तिथि रहेको थियो । बि.स. २०७४ सालमा यस प्रतिष्ठानको विधिवतरुपमा दर्ता भइ प्रतिष्ठानले विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।निक्कै लामो समय खर्चेर वंशावली तयार गरिएको प्रतिष्ठानका  अध्यक्ष कृष्ण कुमार श्रेष्ठ (अर्जुन) ले बताए ।  वर्तमान समयमा एउटै वंश र थरका आफ्ना आफन्तहरु छरिएर रहने क्रममा परिचित हुन कठिन बन्दै गएको हुँदा एउटै वं

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • ८८ पटक पढिएको
  • घरायसी विवादमा श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती

    सिराहा / सिराहाको औरही गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई जिउँदै आगो लगाएका छन्। २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्‍याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि अनितालाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुर्‍याउँदा उनको ज्यान गइसकेको थियो।खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अ

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • ६९ पटक पढिएको
  • एमालेको २ महिने मिसन ग्रासरूट अभियान इटहरी नगर कमिटीको आयोजनामा समापन ,

    इटहरी / मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत नेकपा एमाले इटहरी नगर कमिटीको आयोजनामा अभियान समापन गरेको छ ।नगरका प्रमुख अभियान्ता नेकपा  एमाले पोइलित बिउरो  सदस्य पूर्व  मन्त्री मन्जु चौधरीको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो ।कार्यक्रममा प्रमुख अभियान्ता केन्द्रीय सल्लाहकार परिसद सदस्य गोपाल गुरागाईं, एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज  लक्ष्मी गौतम, प्रदेश कमिटी सचिबालय सदस्यतथा कोशी प्रदेस माननिय रमेश बस्नेत, माननिय रोहित बहादुर कार्की, प्रदेश कमिटी सचिबालय सदस्य मुरारी सुबेदि, एमालेका कोशी प्रदेस संसदीय दलका  प्रमुख सचेतक 

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • १९० पटक पढिएको
  • मिसन ग्रासरुट रामधुनी -८ मा जेष्ठ नागरिक सम्मान साथै नि:शुल्क स्वस्थ परीक्षण

    रामधुनी / नेकपा एमाले मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ सनिबार रामधुनी- ८ को डुम्राहा मा सम्पन्न भएको छ।रामधुनी -८ का पार्टी सदस्य सहभागि रहेको कार्यक्रमलाई  नेकपा एमालेका कोशी प्रदेस संसदीयदलका  प्रमुख सचेतक  रेवती भण्डारी ले पार्टीका सिद्धान्त, विचार, भुमिका बारेमा प्रशिक्षण गर्नु भएको थियो।मिसन ग्रासरुट अन्तर्गत वडा नं ८ को अबस्थाको प्रतिवेदन वडा नं ८ का अभियन्ता डेगराज फुयालले प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा अभियान सफलताको लागि नेकपा एमाले रामधुनी नगरकमिटी अध्यक्ष यज्ञरा

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • २७२ पटक पढिएको
  • किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष र किरात राई यायोख्खाका उपाध्यक्ष सहित ६ घाइते

    धरान : सहिद लाजेहाङको शवयात्रा विराटनगर पुग्दा प्रहरीले गरेका अश्रुग्याँस प्रहारबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन र किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष देवन राई सहित ६ जना घाइते भएका छन् ।नेपालमा सङ्घीयता आएपछि पहिचान सहितको प्रदेश नामकरणको आन्दोलनमा पहिलो सहिद लाजेहाङ पदमकुमार लिम्बुको शव एक महिना पछि सम्मानपूर्वक अन्त्येष्टि गर्न आज भएको शवयात्रामा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको हो ।धरान, इटहरी, विराटनगर हुँदै बेलबारी लालभित्ति पुर्याउने शवयात्रा विराटनगर रोडशेष चौकमा श्रद्धाञ्जली सभाका लागि पुग्दा सुरक्षाकर्मीले निषेधित क्षेत्र भन्दै दर्जनौँ अश्रुग्या

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • १३८ पटक पढिएको
  • नेकपा एमालले धरानमा हर्कजंग एभेङको नेतृत्वमा ८५ सदस्यीय नयाँ कमिटी

    धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीको बुधबार भएको अधिबेशनले हर्कजंग एभेङको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ । स्थानीय तहको पुनः संरचना पछिको प्रथम अधिबेशनले एभेङको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशन धरान(१५ स्थित चुम्लुङ हिममा मङ्गलवार र बुधवार चलेको थियो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा पारस काङमाङ, सचिवमा राजेन्द्रकुमार राई, उपसचिव द्वय दिवस राई र योगेशबाबू काफ्ले सर्वसम्बत निर्वाचित हुनु भएको छ । निर्वाचन कमिटी संयोजक गोविन्द मिश्रका अनुसार कार्यसमिति सदस्यहरूमा २० वटा वडा भूगोलबाट शान्तिराम खतिवडा, विकास भुजेल, हरि प्रसाद शाही, दीपककुमार बनेपाली, राजेन्द

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १९० पटक पढिएको
  • एकडारा गाउँपलिका लाई स्वास्थ्य उपकरण हस्तान्तरण

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज वैशाख ७ गते एक कार्यक्रम बीच एकडारा गाउँपलिका लाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“महोत्तरी जिल्लाका १५ स्थानीय तहको स्वास्थ्य सेवाको अवस्था सन्तोषजन

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • २८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]