मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा अधिकाँश जग्गा सम्बन्धि विवादका निवेदन छलफलका लागि दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनाको अवधिमा समितिमा छलफलका लागि दर्ता भएका विभिन्न प्रकृतिका कुल ८६ वटा निवेदन मध्ये झण्डै ५० प्रतिशत निवेदन जग्गा विवाद सम्बन्धिका रहेको न्यायिक समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ । दर्ता भएका कुल निवेदनमध्ये ४८ वटा समयमै किनारा लागेका छन् भने ३८ वटा छलफलकै क्रममा छन् ।चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि चैत मसान्तसम्ममा समितिमा ८६ वटा निवेदन दर्ता भएको अभिलेखमा उल्लेख छ । कुल निवेदनमध
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बत
उदयपुर / जीवन विकास लघुवित्त संस्थाले हरेक वर्षको बैशाख ७ गते स्वयंसेवक दिवस मनाउदै आएको छ । स्वयंसेवक दिवसको अवसरमा जीवन विकासको आव्हान, देश विकासमा श्रमदान भन्ने नारा सहित जीवन विकास लघुवित्त रामपुर, उदयपुरले आवास निर्माण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बेलका नगरपालिका ८ नम्बर वडा कार्यालयको समेत साथ रहेको थियो भने सोहि वडाको वोप्ताङ टोलका यूवा हरुको पनि सक्रिय सहभागिता रहेको थियो ।बेलका नगरपालिका वडा नम्बर-८ , वोप्ताङ, उदयपूरमा बसोबास गर्दै आईरहनूभएका ६० वर्षकी मानसिक रुपले अस्वस्थ र कान समेत नसून्ने कान्छीमाया राई र उनकि बहिनि ५५ वर्षिय इबोङसरि राईको आमाबुबा बित्नु भएको
बेलबारी / मोरङको बेलबारी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले बेलबारीमा सञ्चालन भइरहेका संस्थागत विद्यालयहरुको वर्गीकरण गरेको छ । शाखाले संस्थागत विद्यालयहरुमा गरेको मुल्यांकन अनुसार ८९.७६ प्रतिशत अंक प्राप्त गर्दै बेलबारी ११ लक्ष्मीमार्गको माउण्ट एभरेष्ट ई.स्कुल र ८४ अंक प्राप्त गर्दै बेलबारी ३ को गुरुकुल पाठशाला (क ) श्रेणीमा सुचीकृत भएका हुन् । बेलबारीमा रहेका ३६ वटा बिद्यालयहरु मध्ये २ वटा (क) मा ५ वटा (ख) मा १५ वटा (ग) मा र १४ वटा ( घ ) श्रेणीमा परेका बेलबारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र कोईरालाल
बिराटनगर / बिराटनगर जेसीजद्वारा मुस्लिम धर्मावलम्बीको पबित्र चाड रमदानको अवसर पारेर हरेक दिन बर्त बस्ने बर्तालुहरुलाइ इफ्तर भोज को आयोजना गरिएको छ । रमदान लाई पबित्र महिनाका रुपमा समेत लिने गरिएको छ ।यो महिनाभर मुस्लिम धर्मावलम्बीले बिहान देखि सुर्य नअस्ताउन्जेल सम्म भोजन गर्दैन्न । जसलाइ रोजा भनिन्छ । सुर्य अस्ताए पछि पबित्र भएर मात्र भोजन गर्ने गरिन्छ र मुस्लिम समुदायका विभिन्न ब्यक्तिहरुले धर्म कमाउनका लागि इफ्तार आयोजना गर्ने गर्दछन । बिराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरुको सहभागीता रहेको थियो । बिराटनगर जेसीजका अध्यक्
काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले राजश्व संकलन कार्यलाई व्यवस्थित र स्मार्ट बनाउन कोशी प्रदेशमै पहिलो पटक डाइनामिक क्यूआर कोड सेवा सुरु गरेको छ । अनलाईन पेमेन्ट, अनलाईन सिफारीस, ईसिफारीस लगायतका सेवा दिंदै आएको सुन्दरहरैंचा नगरपालिकाले प्रदेशमै पहिलोपटक डानमिक क्यू आर कोडमार्फत सबै प्रकारका करहरु बुझाउने सेवा सुरु गरेको हो । कर प्रशासनलाई सरल र सहज बनाउँदै करदातामैत्री नगर निर्माण गर्ने अभियान सुरु गरेको नगरपालिकाले डाईनमिक क्यू आर कोड मार्फत कर लिन थालेको हो । बुधबार नगर उपप्रमुख अकली कुमारी चौधरीले सो सेवाको उद्घाटन गर्नुभयो । यो सेवा सुरु भएपछि अब करदाताहरुले अनलाईन पेमेन
नेपाल खेलकुद महासंघ इनरुवा नगरकमिटिले २०८० बैशाख अन्तिम देखि नेकोस इनरुवा खेल सप्ताह गर्न लागेको छ ।नेपाली खेल क्षेत्रलाई चलायमान बनाउन खेलकुद नागरिकको मौलिक अधिकार, समृद्दिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मुलनाराका साथमा २०६६ सालमा स्थापना भएको नेपाल खेलकुद महासंघले स्थापना काल देखि नै विभिन्न खेल तथा खेलखेलाडी सङ सम्बन्धित कार्यक्रमहरु प्रदेश, जिल्ला, नगरमा गर्दै आएको छ । राज्य तथा सरोकारवाला निकायमा खेलाडीहरुको हकहितको आवाज उठाउने उदेश्य लिएको संस्था अन्तर्गत इनरुवा नगर कमिटीले पनि यसै कुरालाई ध्यानमा राख्दै खेल सप्ताह गर्न लागेको हो । खेल सप्ताह अन
महोत्तरी / प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक समितिका अध्यक्ष तथा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो ।उक्त अवसरमा बोल्नु हुँदै चौधरीले मधेश प्रदेशका बालबालिकाहरुमा कुपोषणको समस्या रहेकोले सबै पक्ष मिलेर कुपोषणका विरुद्ध काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । “मधेश प्रदेशले कुपोषण मुक्त प्रदेश बनाउने अभियान थालनी गरिसकेको छ ।” वहाँले भन्नुभयो “पोषणमैत्री स्थानीय तह सम्बन्धी अभिमुखीकरण तथा कार्यक्रमहरु लागु गरेर समुदाय स्तरसम्म अभियान संचालन गर्ने तथा जिल्ला र पालिका स्तरका पोषण तथा खाद्य सुरक्षा समिति
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.