इटहरी । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेपछी अवरुद्ध भएको इटहरी उपमहानगरपालिको नगरसभा बैठक तीन सातापछि आज सात वटा विधेयक पारित गर्दै सम्पन्न भएको छ । विधेयक पास गर्ने बिषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले असन्तुष्टी जनाउदै बहिष्कार गरेपछी १२ औं नगरसभा अनिश्चितकालको लागि स्थगित भएको थियो । फागुन २७ गते १२ औं नगरसभाको पहिलो बैठक सम्पन्न भएको थियो । चैत ३ गते दोस्रो बैठक बहिष्कार गरेपछी अनिश्चित बनेको हिउँदे नगरसभा दुई पक्षीय सहमतिपछि सोमबार सकिएको हो ।नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार
धरान / विगत १८ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो १८ औं वार्षिक उत्सब तथा १६ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सम्पन्न गरेको छ । शुक्रबार र शनिबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी वार्षिक उत्सब तथा दिक्क्षान्त समारोह सम्पन्न गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा पहिलो दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल बिशेसग्य डा. प्रकाश पौडेल र दोस्रो दिन धरान नगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आथित्यता
केराबारी / झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था लिमिटेडले आफ्नो २८ औ बार्सिक उत्सब सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि मनाई रहेकाे छ। सहारा नेपाल साकोसको २७ औ वार्षिक उत्सवको अवसरमा केराबारी सेवाकेन्द्र नं. ७६ अन्तर्गत पनि कार्यक्रम आयोजना गरिएको छ । १ बर्ष अघी अर्थात २०७८ चैत्र २१ गते ७६ औ सेवाकेन्द्रको रुपमा सेवाकेन्द्र केराबारी स्थापना भएको सहाराले केराबारी स्थीत के यु एकाडेमि एक कार्यक्रम गरी अहिले सम्मको उपलब्धीहरु सार्वजनीक गरेकोछ । केराबारि सेवा केन्द्र प्रमुख सागर अधिकारीको अध्यक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेव
दुहबी / समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन भएको छ । प्रहरी र विद्यार्थीबीचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उद्देश्यअनुसार इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईको सक्रियतामा स्थानीय गोकुल किड्जी विद्यालयका विद्यार्थीहरुलाई प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराई प्रहरीले गर्ने कार्यहरुको बारेमा समेत जानकारी दिए । कार्यक्रममा कार्यालयको परिसरमा फलफूल, धुपी, अमलालगायतको विरुवा
धरान / नेकपा एमाले निकट उद्योगी व्यवसायीहरू सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिको प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।धरान स्थित होटेल पूर्वी स्टारमा शनिवार भएको प्रथम नगर अधिवेशनले महासङ्घको धरान नगर अधिवेशन भएको हो ।नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टङ्ककुमारी गुरुङ र राजेश अग्रवाल रहेका छन् । सचिव दीपेन्द्र निरौला, कोषाध्यक्ष मिशन लामा, उपसचिवद्वय वैजुप्रसाद साह, जीवन राई, सह-कोषाध्यक्ष लीला शङ्कर रहेका छन् ।सदस्यहरूमा विजेन्द्र श्रेष्ठ, सोम परियार, सुरेन्द्र बज्राचार्य, श्यामकुमार सोनी, मधु स्थापित, म
नेकपा एमाले धरानको आठौं नगर अधिवेशन आगामी वैशाख ५ र ६ गतेका लागि प्रचारात्मक अभियानअन्तर्गत शनिबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । एमाले धरान र पार्टीको संचारसम्बद्ध संस्था प्रेस चौतारी नेपालबीच प्रचारात्मक मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । खेलमा विजयी टिमका कप्तान तथा चौतारी सुनसरीका उपाध्यक्ष विकास चाम्लिङसहितको टोलीलाई नगर अध्यक्ष हर्कजङ एभेङले ट्रफी हस्तान्तरण गरे । धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित खेलमा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद विजयकुमार राई, प्रतिनिधि सभाका पूर्व सांसद जयकुमार राई, एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरा
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ को जुटबिकाश टोल र लालीगुराँस टोल जोड्ने साथै समग्र ईटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालीका जोड्ने वैकल्पिक पैदल यात्राको रूपमा प्रयोग हुँदै आएको झुलुङ्गे पुल झन्डै पांच बर्षअघि विनासकारी बाढीले बगाएको थियो । उक्त पुल गत बर्स मात्रै निर्माण भइ संचालन मा आएको हो । छोटो समयमै जीर्ण साथै असुरक्षित भएपनि सम्बन्धित निकायले ध्यान पुर्याएको छैन । इटहरी उपमहानगरपालिका वडा नं ९ कार्यालयले सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत यसलाईध्यान नदिएको वडा अध्यक्ष जितेन्द्र थापा ले बताउनु भयो । जीर्ण झुलुङ्गे पुलले
इटहरी / नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।”भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्ट
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ६ मा रहेका सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईको अध्यता तथा सुन्दरहरैचा वडा ६ का अध्यक्ष सन्तोस लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नयाँ वर्षको अवसर पारेर विवीध कार्यक्रमको आयोजनाको विकल्पमा सन्देशमुलक काम गरौ भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । सामाजिक कार्य मार्फत रगतको आवश्यकता परिपुर्ती गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईले बताएका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.