इटहरी । उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम निर्वाचित कार्यसमिति सदस्यहरुले नै बहिष्कार गरेका छन् । बुधबार उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकाल उपस्थित सपथग्रहण तथा पदस्थापन कार्यक्रममै संघको विधानविपरीत काम भएको भन्दै बहिष्कार गरेका हुन् । १९ जना निर्वाचित सदस्यहरुमध्ये एमाले निकट नौ जना सदस्यहरुले बहिष्कार गरेका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले २१ वटा उपसमिति घोषणा गर
प्रदेश १ को प्रदेशसभामा प्रदेशको नामकरणको विषयमा । एमाले सांसदले राखेको प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिने भएको छ ।तर, प्रदेशको नाम कोशी राख्न थालिएसँगै त्यसो विरोध पनि भइरहेको छ । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम 'हावा प्रदेश' राखौँ भनेर व्यङ्ग्य गरेका छन् । कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने राईको तर्क छ ।राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए । स
सुनसरी । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ। बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन जनाएपछि प्रदेश १ को नामांकन कोशी प्रदेश भएको हो। नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्। कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्। कोशी प्रदेशको प्रस्ताव
प्रदेश १ को नामकरण गर्न मतदान सुरु भएको छ । कोशी प्रदेश नाममा मतदान गर्न सभामुखले समय दिएका हुन् ।प्रदेशको नामकरणको मतदानको क्रममा पत्रकारलाई भने बाहिर निकालिएको छ । केहिबेरमा मतदान सकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सुनसरी। सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्त्रालयमा आएर सञ्चारकर्मीहरुलाई डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताइन् । &n
काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहरभइ पद निलम्बन भएका छन् ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण
सुनसरी । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागीताका लागी सुदृढ संगठन भन्ने नाराका साथ अखिल नेपाल महिला संघ सुनसरी को आठौ जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको छ । उक्त अधिवेशनले अखिल नेपाल महिला संघ सुनसरी को अध्यक्षमा बिणा खनाल निर्वाचित हुनुभएको छ। यसका साथै सम्मेलन बाट बिणा खनालको अध्यक्षतामा निम्नानुसारको कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा सृजना सुन्दास, बिस्णु सर्मा नेपाल, सचिव इन्द्रकला राई , सहसचिव सबिना चौधरी , कोषाध्यक्ष अनिता उराव रहे
ईटहरी/ सुनसरी ईटहरी वडा नं. ४ स्थित सार्वजिनक बाटोमा लागूऔषध बिक्रि वितरणको गोप्य सूचनाको आधारमा प्रहरी द्वारा दमक वडा नं. १ बस्ने मदन लिम्बु पक्राउ खानतलासी गर्दा हातमा बोकेको कालो रंगको झोला भित्र लुकाई राखेको अवस्थामा LUPIGESIC ४६ एम्पुल ,DIAZEPAM ९६ एम्पुल र PHENERGAN ४६ एम्पुल समेत फेला परेकोले लागू औषध सहित लिम्बुलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।
वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता हुने भएको हो ।नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हुने स्थानमै प्रतियोगिता बारे पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त प्रतियोगिता सञ्चालन
“ निर्मला पन्त जस्ता हजारौ वालवालिकाहरुको बलत्कार भई हत्या भईरहेको छ भने हजारौ महिला हिंसामा परी तड्पिरहेका छन् । पारीवारीक दाम्पत्य जिवनमा आँच आई सम्बन्ध विच्छेद जस्ता समस्या निम्तीनुका साथै पुरुष हिंसा पनि बढीरहेको छ ।”संसारमा महिला हिंसा एकदमै बढेर गएको छ । यसको प्रभाब नेपालमा पनी बढेर गएकोछ स्वभाबिक रुपमा नेपालको पश्चीम क्षेत्रमा निर्मला पन्तको बलत्कार पछि अझ बढी बढेर गएको छ । दिनानुिदन अझ बढी बलत्कारका घट्नाहरु बढेर गएका छन । प्रत्यक दिन हाम्रो देसमा पूर्व मेचि देखी पश्चीम महाकाली सम्म बलत्कारको घटना तिब्र रुपमा आगो सल्केर गएको छ । सारा बिश्व आज बलत्कार ो घट्ना बाट तरङ्गत भएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.