सुनसरी : सप्तकोशी नदीमा आत्माहत्या गर्न खोज्ने एकै परिवारका चार जनाको शुक्रबार साँझ प्रहरीले उद्दार गरेको छ ।इटहरी वडा नं. २ की ३४ वर्षे अम्बिका खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा सात वर्षको छोराको प्रहरीले उद्दार गरेको हो । एक महिनाअघि विदेशबाट फर्केका श्रीमान शरणकुमारले मानसिक तनाब दिने र कुटपिट गर्ने गरेपछि अम्बिकासहित चारै जना सामूहिक आत्माहत्या गर्न सप्तकोशी पुगेका थिए ।सामूहिक आत्महत्या गर्न खोजिरहेको सूचना पाएलगतै प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो । उद्दार गरिएका चारै जनालाई प्रहरीले शरणकुमारलाई सम्झाएर जिम्मा लगाएको जन
तेह्रथुम/ म्याङलुङ नगरपालिकाले नगरपालिकाभित्रका सबै घरधुरीलाई २० युनिट विद्युत महशुल निशुल्क गरेको छ । नगरपालिकाले प्रत्येक घरधुरीमा खपत हुने न्युनतम २० युनिटसम्म विद्युत महशुलको रकम भुक्तानी गर्ने निर्णय गरेको हो । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण सँग सम्झौता गरी २०७९ साल श्रावण १ गते देखि पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्युनतम २० युनिट बराबरको न्युनतम महशुल ३० रुपैँया नगरपालिका द्धारा भुक्तानी गरिने नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।तर २० युनिट भन्दा बढी विद्युत खपत गरे घरधुरी आफैले सम्पुर्ण विद्युत महशुल भुक्तानी गर्नु पर्ने नगरप्रमुख तुम्बाहाम्फेले बताउनु भ
इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।उक्त तालिमले आफूहरुलाई निकै सहयोग पुर्याएको सहभागीहरुले बताएका छन् । सहभागी निशा धितालले आफूलाई यसअघि फोटोसप र भिडियो मिक्सीगंको ज्ञान नभएकोमा यस तालिमले आफूलाई धेरै कुरा सिकाएको बताइन् ।
इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ । प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो । पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्
तेह्रथुम / लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका वनाउन नगरपालिका र एक्सन एड नेपालको सहयोगमा दलित सचेता समाजको प्राङगारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सम्वन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला लालिगुराँसन गरपालिका ७ फिर्केमा सम्पन्न भएको हो । कार्यशालामा स्थानीय वासीहरुले उत्पादन गरेका प्राङगारिक कृषि बालीहरुलाई कसरी प्रमाणित गरि बजार सम्म पुर्याउने भन्ने बारेमा जानकारी गराईएको हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका विवेक धितालले बताउनुभयो ।कार्यशालामा लालिगुराँस नगरपालिका वडा नम्वर १ को डोपकिले, वडा नम्वर ७ को फिर्के र तीनजुरे वस्ती, वडा न
सप्तकोसी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्था
इटहरी /इटहरीमा सञ्चालित स्किल क्याम्पसले हस्पिटालिटी अवार्ड २०७९ वितरणका साथै विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख अथिथ्यतामा इटहरीको रोयल रिसोर्टमा आयोजित कार्यक्रममा क्याम्पसले पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा सँस्थालाई सम्मानसमेत गरेको प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले जानकारी दिनुभयो । स्कुलले होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सास्तम कलेज विराटनगर, युएन कलेज धरान, से
काठमाडौँ । श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ।कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान करिब साढे नौ ९ बजे सावित्री थापा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनको हत्या गरेको अनुमान गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको, छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएको थियो।&nb
इटहरी । इटहरीका सामुदायिक विद्यालयको अनुगमन गर्दै शिक्षा सुधार अभियान नामक समुह विभिन्न सामुदायिक विद्यालयहरुमा पुगिरहेको छ । त्यहाँ शिक्षक नियुक्ति, शिक्षक हाजिरी, छात्रवृत्ती, खाजा खर्च, व्यवस्थापन समिति गठन जस्ता विषयमा तथ्यांक माग गरिरहेको छ । समुहले इटहरीका विभिन्न सामुदायिक विद्यालयहरुको तथ्यांक माग्न थालेपछि सामुदायिक विद्यालयहरुले भने शैक्षिक वातावरणमा खलल पुगेको भन्दै आपत्ती जनाएको छ । इटहरीका ७ वटा सामुदायिक विद्यालयहरुले विद्यालय तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अनावश्यक तनाव दिँदै आएको भन्दै अभियानको वैधतामा प्रश्न गरेको छ । साथै वार्ताको वातावरण मिलाउन उपमहानगरपालिकालाई निव
वीरगन्ज । चार बर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने एक नाबालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहिबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने चार मध्ये तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । बालिकाका हजुरबुबाले दिएको उजुरीका आधारमा खोजतलासमा संलग्न प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगन्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो । सो घटनामा अनुसन्धान गरिरहेको प्रहरीले स्थानीय १२ बर्षीय बालक सहित वीरगन्ज १६ का १८ बर्षीय सलमान खान, वीरगन्ज २ का १९ बर्षीय जफ्रुदिन भन्ने सलमान
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.