समाज

    Showing १,१०१-१,११० of ११,१४१ items.
  • शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने प्रतिवद्धता

    ताप्लेजुङ। ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाइँले शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने बताउनुभएको छ । जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारीमा आउनुभएका प्रनाउ बजगाइँले शान्ति सुरक्षा व्यवस्थापनमा अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको हो । शुक्रबार बिहान स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै प्रनाउ बजगाइँले शान्ति सुरक्षालाई बजबुत बनाउन आफूले प्रयास गर्ने बताउनुभयो ।  सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यमा सुरक्षा निकायप्रतिको जिम्मेवारी र कर्तव्य बहन गर्नमा कमी हुन नदिने उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षालाई असर गर्नेगरी लागुऔषध, मादक

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ९९ पटक पढिएको
  • बाँदर धपाउन पालिएका कुकुरमै रेबिजको जोखिम

    इटहरी। पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । बाली र घरको सुरक्षाका लागि पालिएका कुकुर रेबिज संक्रमणको जोखिममा पर्न थालेपछि गाउँघरमा नयाँ चुनौती थपिएको छ ।बाँदर धपाउन तथा बाली जोगाउन विशेषगरी वनजङ्गल छेउका गाउँमा कुकुर पाल्ने चलन बढेको हो । कतिपयले सौखले नभई बाध्यताले दुई–तीनवटासम्म कुकुर पाल्ने गरेका छन् । बाली जोगाउने क्रममा कुकुरलाई छाडा छाड्नुपर्ने अवस्था हुने भएकाले अन्य कुकुर तथा रेबिज संक्रमित जङ्गली जनावरको सम्पर्कमा पुग्ने जोखिमसमेत बढेको छ । रेबिजको प्रकोप बढेपछि फिदिम नगरपालिकाले भने कुकुरलाई धमाधम भ्याक्सिन दिने अभियान सञ्चालन गरि

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १२१ पटक पढिएको
  • ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

    इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको हो ।कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा प्रतिबोरा (२५ किलोग्रामकोलाई) एक सय २५ रुपियाँ छुटमा चामल बिक्रीको कार्य सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि दुई हजार तीन सय रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल छुट सहित हाल उपभोक्ताले दुई हजार एक सय पचहत्तर रुपियाँमा पाउने भएका छन् । यस्तै यसअघि एक हज

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ७२ पटक पढिएको
  • झापामा किसानलाई मलको अभाव नहुने

    इटहरी।  कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ ।त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताउनुभयो । धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उहाँका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ । धान रोपाइँपछि धानको वृद्धि र उत्पाद

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६९ पटक पढिएको
  • झापाको मेचीनगरमा ‘शून्य बेरुजु’ अभियान, ९६ करोडभन्दा बढी रकम फछ्र्योट गर्नुपर्ने

    झापा : झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि फछ्र्योट हुन बाँकी बेरुजु रकम घटाउँदै शून्यमा पुर्‍याउने लक्ष्यसहित ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ। नगरपालिकाका अनुसार मेचीनगर स्थापना हुनुअघिका गाउँ विकास समितिको पालादेखि थाती रहेका आर्थिक बेरुजुसमेत फछ्र्योट हुन बाँकी छन्। बेरुजु रकम निरन्तर बढ्दै गएपछि त्यसलाई व्यवस्थित रूपमा फछ्र्योट गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्र्योट गर्न सम्बन्धित पक्षलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ८० पटक पढिएको
  • सर्पदंशबाट अर्जुनधाराका लिम्बूको मृत्यु

    झापा। झापाको अर्जुनधारा नगरपालिका–८ सारुगाउँका एक पुरुषको सर्पदंशबाट मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय विनोद लिम्बू रहेको जनाइएको छ।  घरमै सुतिरहेका बेला बिहीबार राति लिम्बूलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो।त्यहाँ उपचार गराइरहेका लिम्बूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्‍याएर उपचार सुरु गरिए पनि उनको अवस्था सुधार हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। पछिल्लो समय वर्षायामसँगै झापाका ग्रामीण तथा सहरी क्षेत्रमा सर्पदंश

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६० पटक पढिएको
  • कर्मचारीमाथि कुटपिट भएपछि झापाको धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलित

    इटहरी  : कर्मचारीमाथि कुटपिट भएको भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कार्यालयका कर्मचारी सोमराज उप्रेतीलगायतमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै कर्मचारीले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।बिहीबार बिहान करिब ११ बजे शेखर ओली नाम गरेका व्यक्ति कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको फाइल लिएर वितरण केन्द्र पुगेका थिए। फाइलका विषयमा विवाद भएपछि उनले कार्यालयका कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप छ।  घटनाबारे छलफल गर्न पीडित कर्मचारी तथा कार्यालयका अन्य कर्मचारी इलाका प्रहरी कार्यालय धुलाबारी

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १४३ पटक पढिएको
  • धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बन्दै कनकाईको कोटीहोम

    इटहरी :  पूर्वी नेपालको धार्मिक नक्सामा लामो समयदेखि परिचित कनकाई नगरपालिका–४ स्थित कोटीहोम पछिल्लो समय धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पवित्र कनकाई नदीको पूर्वी किनारमा फैलिएको यो क्षेत्र स्थानीय रूपमा ‘माईधाम’ र ‘कोटीहोम’ नामले चिनिन्छ।धार्मिक विश्वास, ऐतिहासिक घटनाक्रम, मठमन्दिर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक गतिविधिको संगमका रूपमा रहेको कोटीहोममा पछिल्लो समय पूर्वाधार विकासका काम पनि अघि बढिरहेका छन्। पुराना धार्मिक संरचनाको संरक्षणसँगै नयाँ संरचना निर्माण र परिसरलाई व्यवस्थित बनाउने काम भइरहेका छन्। कोटीहोमको धार्मिक पहिचानसँग जोडिएको सबैभन्दा मह

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६६ पटक पढिएको
  • बिर्तामोडमा भन्सार छलीका ९ लाख बढीका सामान बरामद

    इटहरी : प्रहरीले बिर्तामोडबाट भन्सार छली गरी ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट बुधबार साँझ सामान बरामद गरेको हो।प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ९ लाख ५ हजार ४५ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद रूपमा राखिएका तथा ओसारपसारका लागि ल्याइएका सामान नियन्त्रणमा लिएको हो।  बरामद हुनेमा तयारी पोसाक र खाद्यवस्तु छन्। हुडी, ज्याकेट, बालबालिकाका ट्राउजर तथा विभिन्न प्रकारका भेस्टसँ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६३ पटक पढिएको
  • सुनसरीमा ग्यासको आपूर्ति सहज बन्दै, दैनिक २ हजारसम्म सिलिन्डर आउँदै

    इटहरी  : केही समयदेखि देखिएको खाना पकाउने ग्यासको समस्या क्रमशः सहज बन्दै गएको छ।बजारमा मागभन्दा बढी ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्दा अभावको अवस्था देखिएको प्रिमा ग्यासकी म्यानेजर चन्द्रकला गुरुङले बताइन्। बिहीबार धरानका विभिन्न स्थानमा ८ सय सिलिन्डर प्रिमा ग्यास वितरण गरिएको गुरुङले जानकारी दिइन्। उनका अनुसार धरान–१४ विजयपुरमा १ सय, छाताचोकमा १ सय ८०, धरान–१० राँगाचोकमा २ सय ४० र धरान–११ कल्याणचोकमा २ सय ८० सिलिन्डर वितरण गरिएको हो। पछिल्ला दिनमा दैनिक ५ सय सिलिन्डर वितरण हुँदै आएकोमा बिहीबार ८ सय सिलिन्डर वितरण गरिएको उनले बताइन्। पहिले मासिक

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]