समाज

    Showing १,२५१-१,२६० of ९,३४० items.
  • ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

    इटहरी । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो।१०३ वर्षीया नर्वदा कार्कीलाई छोरा नेत्रप्रसाद कार्कीले पिठ्युँमा बोकेर मतदान केन्द्र पुर्‍याउनुभएको थियो। जिल्लामा बिहीबार दिउँसो २ः१० बजेसम्म ३८ हजार ५ सय ५४ मत खसेको छ। जसमा २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन्। मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १४३ पटक पढिएको
  • झापामा ४१ प्रतिशत मत खस्यो

    इटहरी । झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।झापामा उत्साहजनक रूपमा मतदाता  मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५८ पटक पढिएको
  • धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो

    इटहरी । धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ३१ प्रतिशत हो । १२ बजेसम्म निकै कम मत खसे पनि त्यसपछि मतदानको दर केही बढेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लाका एक सय १९ मतदान स्थलका १ सय ६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मतदान केन्द्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३७ पटक पढिएको
  • भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खस्यो

    इटहरी । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । यो कुल मतदाता संख्याको करिब २७ प्रतिशत हो । जिल्लामा हाल १ सय ६१ मतदान केन्द्रमा मतदान जारी छ । मतदान केन्द्रहरूमा मतदान गर्न मतदातामा उत्साह देखिएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६० पटक पढिएको
  • सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खस्यो

    इटहरी। सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।कार्यालयका अनुसार खसेको मतमध्ये महिला मतदाता १२ हजार ३०५ र पुरुष मतदाता १५ हजार ५३४ रहेका छन् ।जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन् भने कतिपय केन्द्रमा मतदाताको लाम देखिएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५४ पटक पढिएको
  • इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान

    इटहरी । इलामको चुलाचुुली गाउँपालिका (६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ । आफन्तका साथ मतदान स्थल आउनु भएकी बानियाँले दिउँसो मतदान गर्नुभएको हो ।यता इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान सात बजे मतदान गर्नुभएको हो । भट्टराईद्वारानै यहाँको मतदान शुुरुवात गरिएको थियो । उता माइजोगमाई गाउँपालिका–४ को नेपाल ज्योति माविमा रहेको मतदान स्थलमा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभयो ।यस्तै सन्दकपुर गाउँपालिका–१ आलुुबारी स्थित चन्द्रोदय आविमा ८७ वर्षीया मित्रकुुमारी राईले मतदान गर्नुभ

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १४७ पटक पढिएको
  • गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको छ।गृह मन्त्रालयका अनुसार गृहमन्त्रीको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, गृह सचिवको संयोजकत्वमा रहेको केन्द्रीय कमाण्ड पोस्टका पदाधिकारी तथा प्रदेश समन्वय डेस्कमा खटिएका सहसचिव तथा विभागीय प्रमुखहरूको टोलीले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० बाट देशभरका निर्वाचन सुरक्षा गतिविधि तथा अन्तरगत निकायबाट प्राप्त प्रतिवेदनबारे जानकारी लिएका छन्।मन्त्रालयका अनुसार निर्वाचन अवधिभर शान्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३८ पटक पढिएको
  • मतदातालाई ‘घण्टी’ मा भोट हाल्न उक्साउने कर्मचारी पक्राउ

    इटहरी । चितवनको माडी नगरपालिकास्थित मतदान केन्द्रमा मतदातालाई प्रभावित पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चुनाव चिन्ह ‘घण्टी’ मा मत माग्ने एक कर्मचारी पक्राउ परेका छन्।पक्राउ पर्नेमा माडी माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका कार्यालय सहयोगी बुद्धिसागर पौडेल रहेका छन्। मतदानका लागि लाइनमा बसेका सर्वसाधारणलाई उनले ‘घण्टी’ मा भोट हाल्न लगाएको पाइएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पौडेलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न खोजेको पुष्टि गरेका छन्। पौडेलले खुलेआम रास्वपाको पक्षमा प्रचार गरेको सुरक्षाकर्मीले फेला पारे

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३९ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा शोकबिच पनि मताधिकारको प्रयोग

    इटहरी । मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा शोकबिच पनि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । परिवारमा परेको दुःखद घटनाका बाबजुद एक स्थानीय युवक मतदानमा सहभागी हुनुभएको छ ।सुन्दरहरैँचाका स्थानीय कुशहरि निरौलाको फागुन १५ गते २९ वर्षको अल्पायुमै असामयिक निधन भएपछि परिवार शोकमा रहेको छ ।सोही शोकका बिच परिवारका सदस्य मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् । मतदान केन्द्रमा पुगेका मतदाताले व्यक्तिगत पीडा र शोकका बिच पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।स्थानीयवासीका अनुसार यस घटनाले नागरिक चेतना र लोकतान्त्रिक अभ्य

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १२७ पटक पढिएको
  • ताप्लेजुङमा दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मतखस्यो

    इटहरी। ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार २५ हजार २२० मत खसेको छ । जसमा १३ हजार ८ सय ७२ पुरुष र ११ हजार ३ सय ४८ महिला रहेका छन् । जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी सेढाइँले अहिले मतदान केन्द्रहरूको अनुगमन गरिरहनुभएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित हिमाली

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]