समाज

    Showing १,३३१-१,३४० of ९,३४० items.
  • घण्टी चिन्ह लिएर आएको रास्वपा अब नयाँ शक्ति नरहेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको भनाइ

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना दलहरुले देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको छ । शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै उहाले पटक पटक जनताले जिताएर पठाउदा समेत देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको हो । उहाले जनेजी आन्दोलन पछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरु कतै नदेखिएको तर्क गर्नुभयो । त्यस्तै साम्पाङले घण्टी बजाउँदै आएको दल अव पुरानो नभएको समेत उल्लेख गर्नुभयो । रास्वपाका सभापति दुईपटक उपप्रधान एवं गृहमन्त्री भइसकेकाले यसले आफुलाई नयाँ दल भन्न नमिल्ने उहाक

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १६० पटक पढिएको
  • नेपाल तरुण दल इटहरीद्वारा ५०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार सुरक्षा समिति गठन

    इटहरी । नेपाल तरुण दल इटहरी नगर समितिले बैठक सम्पन्न गर्दै ५ सय १ सदस्यीय निर्वाचन प्रचार–प्रसार सुरक्षा समिति गठन गरेको छ ।  आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने जनाइएको छ । समितिको बैठकमा निर्वाचन स्वतन्त्र र पारदर्शी वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै प्रत्येक मतदाताले आफूले रोजेको चुनाव चिन्हमा निर्धक्क मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो । नगर सभापति अनुशी सुवेदीले कसैलाई पनि जबर्जस्ती नगरी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित अभियान अघि बढा

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १६७ पटक पढिएको
  • कोशी प्राइड लिग (केपिएल)को मिति परिवर्तन, अब चैत ८–२० सम्म सुनसरीमा हुने

    इटहरी । कोशी प्राइड प्रालिको आयोजानमा हुने टी–२० कोशी प्राइड लिग(केपिएल) को मिति परिवर्तन भएको छ । यसअघि फागुन ९ देखि २१ गतेसम्मका लाति तय भएको लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।नयाँ मितिका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वस्कृति दिएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगमा विभिन्न सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा दुई ३२ खेलाडी समाव

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १४९ पटक पढिएको
  • भावनामा होइन, विवेकमा आधारित परिवर्तन ,सिजन गुरूङ

    इटहरी । नेपालको वर्तमान सन्दर्भलाई हेर्दा “पुरानो हटाऊ, नयाँ ल्याऊ” भन्ने आवाज निकै बलियो सुनिन्छ। परिवर्तनको चाहना स्वाभाविक हो, किनकि समाज सधैं अघि बढ्न चाहन्छ। तर परिवर्तनको नाममा हतारमा गरिएको निर्णयले कहिलेकाहीँ पछुतो पनि दिन सक्छ। त्यसैले आजको नेपालको सन्दर्भमा विवेकपूर्ण मूल्यांकन अत्यन्त जरुरी छ।नेपालले लामो राजनीतिक संक्रमण भोगेको देश हो। नेपाल ले राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा छोटो समयमा पूरा गर्‍यो। यो परिवर्तन आफैंमा ऐतिहासिक थियो। तर परिवर्तनसँगै स्थिरता, सुशासन र आर्थिक समृद्धिको अपेक्षा पनि बढ्यो। जब ती अपेक्षा छिटो पूरा हुन सकेनन्, समाजमा निराशा बढ्न थाल

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १९१ पटक पढिएको
  • संखुवासभामा अरुण नदीको पुल भाँचिँदा टिपर दुर्घटना, चालक घाइते

    इटहरी । संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ । शनिबार बिहान साढे ८ बजे भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुम प्रहरी चौकीका अनुसार दुर्घटनामा परेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे निवासी ४६ वर्षीय अर्जुन श्रेष्ठ हुन् । ०३(००१ क २९२० नम्बरको टिपर रहेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको नुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । स्वास्थ्य अवस्था थप जाँच तथा उपचारका लागि केही समयपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ । संखुवासभाका पत्रकार भवीन खड्काका अनुसार उक्त टिपर मकालु– २ मा निर्माणाधीन जलविद्युत आयोजनाका लागि

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १४१ पटक पढिएको
  • ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने

    इटहरी । ताप्लेजुङका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म एक साता बिदा गर्ने भएका छन् । फागुन १८ गते आइतबारबाट बिदा भएका विद्यालय २५ गते सोमबार बिहान १० बजेदेखि मात्रै नियमित हुने भएको हो । फागुन १८ गते होली पर्व पर्छ र यो दिन हिमाली तथा पहाडी जिल्लामा सार्वजनिक बिदा हुन्छ । २० देखि २२ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गृह मन्त्रालयले गरिसकेको छ । फागुन २३ गते शनिबार र २४ गते नारी दिवस भएकाले यी दुई दिन पनि सार्वजनिक बिदा छ । फागुन १९ गते एक दिन विद्यालय नलगाउने निर्णय गरिएको निजी विद्यालय अर्गनाइजेशन प्याब्सनका सचिव तरुण भारतीले जानकारी दिनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १६१ पटक पढिएको
  • रास्वपा प्रदेश समिति सदस्य न्यौपाने एमालेमा प्रवेश

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराउनु भएको हो । एमाले झापाका अनुसार न्यौपानेसँग अन्य स्थानीय कार्यकर्ता समेत एमालेमा प्रवेश गर्नुभएको छ । 

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १४९ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनअघि झापाका भारत–सीमा नाकामा कडा सुरक्षा, तीन दिन बन्द रहने

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दसगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तथा चौबीसै घण्टा निगरानी बढाइएको छ। निर्वाचनको समयमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। तिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो। आउँदो सोमबार राति

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १३३ पटक पढिएको
  • झापामा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

    इटहरी । झापामा सवारी दुर्घटनामा परेर शुक्रबार राति एकजनाको ज्यान गएको छ । बिर्तामोडस्थित हर्कलाल मार्गमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो । बिर्तामोड नगरपालिका वडा नं। ४ कञ्चनजंघा स्कुल नजिक बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ चारआली बस्ने २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पौडेललाई उपचारका लागि तत्कालै बिएण

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • १०९ पटक पढिएको
  • रेडस्टार माविको अभिभावक तथा वार्षिक उत्सव भव्यताका साथ हुँदै

    इटहरी । रेडस्टार माविको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सहित हुँदैछ । विद्यालयका निर्देशक एवं प्रिन्सिपल टि.एन. तिम्सिनाको सभाअध्यक्षतामा शुक्रबार देखि सरुभएको दुई दिवसीय अभिभावक तथा वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  खतिवडाले पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित ब्रिटिस काउन्सिल द्वारा अवार्ड प्राप्त गरेको रेडस्टारले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शैक्षिक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]