इटहरी । पूर्वी नेपालका महिलाले स्तन क्यान्सरको प्रारम्भिक परीक्षणका लागि अब काठमाडौं वा धरान धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने भएको छ। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले म्यामोग्राफी सेवा सञ्चालनमा ल्याएसँगै कोशी प्रदेश सरकार मातहतका सरकारी अस्पतालमा यस्तो सेवा उपलब्ध गराउने पहिलो संस्था बनेको छ।स्तनमा देखिने सामान्य गाँठोभन्दा धेरै अघि नै क्यान्सरको संकेत पहिचान गर्न सक्ने अत्याधुनिक उपकरण जडान गरिएपछि रोगको प्रारम्भिक अवस्थामै उपचार सम्भव हुने अपेक्षा गरिएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सञ्जय गुप्ताका अनुसार म्यामोग्राफी परीक्षणले हातले छामेर थाहा पाउन सकिने अवस्थाभन्
इटहरी । झापाका बिर्तामोड र दमकमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन्।राति ११स्२० बजे बिर्तामोड नगरपालिका–५ स्थित सुब्बा चोकको भित्री सडकमा महानन्द चोकबाट कनकाई रोडतर्फ जाँदै गरेको मे ११ प ३२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–५ निवासी ३१ वर्षीय रुद्रबहादुर कार्की घाइते भएका छन्।उनको बायाँ आँखाको छेउ र दाहिने हातको कुहिनामा चोट लागेको छ। उपचारका लागि कनकाई अस्पताल पठाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी सहायक हव
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–२ चुलीपोखरीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन् । प्रहरीका अनुसार असार २० गते साँझ करिब ६ बजे बाख्रा चराएर घर फर्किने क्रममा उनी भिरबाट लडेका थिए ।घटनाबारे असार २१ गते बिहान ६स्१० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा अर्को प्रहरी टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ
इटहरी । पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो।आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। निर्माणको गति सु
इटहरी । नेपालको पहिलो तथा सबैभन्दा ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधता, सिमसार संरक्षण र पर्यापर्यटनका दृष्टिले देशकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुको आश्रयस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित छ। सन् १९८७ डिसेम्बर १७ मा रामसार सूचीमा सूचीकृत भएको कोशी टप्पु रामसार क्षेत्रको क्षेत्रफल १७ हजार ५०० हेक्टर छ। कोशी नदीको बाढी मैदानमा अवस्थित यस क्षेत्रमा नदी, सिमसार, घाँसे मैदान, दलदल र स–साना तालहरूको मिश्रित पारिस्थितिक प्रणाली रहेको छ। कोशी टप्पुको सबैभन्दा ठूलो विश
इटहरी । कोशी प्रदेश सरकारले बजेट पारित भएपछि त्रुटि सच्याउने भनी सत्ता पक्षकै सांसदसँग प्रतिबद्धता जनाएसँगै सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा संसदभन्दा बाहिरै बजेट संशोधन गर्ने सहमति गरेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । सांसदले सदनमा भइरहेको छलफलको औचित्यमाथि नै प्रश्न उठाउँदै विपक्षी दलका सांसदले सरकारले नै सच्याउँछु भनेको बजेट र विनियोजनमाथि छलफल गर्नु औचित्यहीन भएको बताएका हुन् । सत्तापक्षका सांसदले पनि विनियोजनमा बजेट सन्तुलन नमिलेको र सरकारका मन्त्रीको क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै सहमति अनुसार बजेट सच्याइने विश्वास व्यक्त गरेका थिए । प्रदेश सभा बैठकमा बोल्दै नेपाल
इटहरी / मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । नवराजको जन्म वि.सं. २०३४ स
बराहक्षेत्र — बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर र गौरी टोलमा वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्यालाई लिएर स्थानीयवासी र वडा कार्यालयबीच विवाद चर्किएको छ। वडा कार्यालयले गौरी टोलका स्थानीयको मागअनुसार पानी निकास व्यवस्थापनको काम अघि बढाउन खोजेपछि प्रभावित लक्ष्मीपुरवासीले सबै पक्षको सहमति, प्राविधिक अध्ययन तथा दीर्घकालीन समाधानको माग गर्दै विरोध जनाएका हुन् ।नगरपालिकाका अनुसार गौरी टोलबाट पानी निकास व्यवस्थापनको माग आएपछि आवश्यक सुरक्षा तथा समन्वयका लागि नगर प्रहरी कमान्डरलाई लिखित निर्देशन दिइएको थियो। त्यसपछि नगर प्रहरी, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्याल
इटहरी । मोरङको लेटाङमा शनिबार दिउँसो दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते हुनुभएको थियो ।गम्भीर घाइते लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो। दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते हुनुभएको छ। उहा
इटहरी । रोट्रयाक क्लब अफ इटहरीले आफ्नो १९ औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम मार्फत मनाएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीमा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री वितरण तथा उनीहरूसँगै रात्रीभोज कार्यक्रम आयोजना गर्दै क्लबले स्थापना दिवसलाई अर्थपूर्ण बनाएको हो। नवनिर्वाचित अध्यक्ष अनुप्रास बिष्टको कार्यकालको अवसरमा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरूले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै आत्मीयतापूर्वक समय बिताएका थिए । रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले स्थापना दिवसलाई औपचारिक समारोह भन्दा सेवामूलक कार्यमार्फत मनाउन पाउँदा गर्व लागेको बताउँदै बालबालिकाको विकासमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.