समाज

    Showing १,८६१-१,८७० of ११,१६० items.
  • इलामका चिया उद्योगले लिएनन् हरियो चियापत्ती

    इटहरी। बर्सौंयता भारत निर्यात हुँदै आएको नेपाली चिया निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै इलामका ५३ चिया उद्योगले किसानबाट हरियो पत्ती खरिद गर्न छाडेका छन् । गत जेठ ३० गते नै सूचना निकालेर उद्योगले असार १ गतेबाट किसानको हरियो पत्ती नलिने जानकारी गएका थिए ।  यस अनुसार माईखोलावारिका सबै कारखाना बन्द भएका छन् भने माईपारि इलाम नगरपालिका, देउमाई नगरपालिकासहितका १२ वटा उद्योग बन्द भएका छन् । मङ्गलबारदेखि माईपारिका थप १५ उद्योग बन्द हुने बताइएको छ । पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाइ गर्दै ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर’ लागु गर्दै प्रयोगशाला परीक्षण अनिवार

    • प्रकाशित मितिः असार २, २०८३
    • १४८ पटक पढिएको
  • मोरङ र झापाका पाँच पालिकामा आज सार्वजनिक बिदा

    इटहरी। कोशी प्रदेशको झापा,मोरङ र सुनसरीमा सघन रुपमा बसोबास गर्दै आएका आदिवासी  धिमाल समुदायको सबैभन्दा ठूलो पर्व जात्रि९सिरिजात० को अवसरमा मोरङ र झापाका पाँच पालिकाले सार्वजनिक बिदा दिएका छन् ।झापाको दमक ,मोरङका उर्लाबारी ,पथरीशनिश्चरे,बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले असार २ गते सार्वजनिक बिदा दिएका हुन् । धिमाल समुदायले सबैभन्दा ठूलो पर्व जात्रि९सिरिजात० वैशाख २ गते लेटाङ १ राजारानीमा रहेको धिमालडाँडा ग्रामथानमा पुजाआजा गरी सुरु गरेर असार २ गते समापन हुँदै  आएको छ। झापा,मोरङ र सुनसरीका १०४ वटा ग्रामथानमा धिमालहरूले सामुहिक रुपमा दुई महिनासम्म पुजाआजा गर्ने गर्छन् । असार २

    • प्रकाशित मितिः असार २, २०८३
    • १५९ पटक पढिएको
  • धनकुटाको स्कुलडाँडामा दुई मोटरसाइकल ठोक्किँदा झुम्काका विशाल चौधरीको मृत्यु, एक घाइते

    इटहरी । धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका –९ झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७ सब्जीलाइन बस्दै आउनुभएका ५५ वर्षीय विशाल चौधरी रहनुभएको छ । जिल्ला अस्पताल धनकुटामा बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परेर धनकुटा नगरपालिका –१ हिलेका ३२ वर्षीय श्याम तामाङ घाइते हुनु भएको छ । घाइते तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करि

    • प्रकाशित मितिः असार २, २०८३
    • १७१ पटक पढिएको
  • इटहरीमा कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता–२०८३ आयोजना हुने

    इटहरी । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन तथा कोशी प्रदेश पौडी संघको आयोजनामा आगामी असार १४ र १५ गते इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्ट प्रालिको सेमी ओलम्पिक स्विमिङ पुलमा कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश पौडी संघका पदाधिकारीहरूले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका पौडी खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहने जानकारी दिएका हुन्। कोशी प्रदेशमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगितामा महिला तथा पुरुष गरी करिब १८० खेलाडी सहभागी हुनेछन् भने विभिन्न २१ विधामा प्रतिस्पर्धा

    • प्रकाशित मितिः असार १, २०८३
    • ३२५ पटक पढिएको
  • कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पुँजीगत खर्चमा उच्च प्राथमिकता

    इटहरी । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४० अर्ब ४४ करोड १८ लाख रुपियाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ । चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १२।७४ प्रतिशतले ठुलो बजेट प्रस्तुत गर्दै उहाँले कोशी प्रदेश सरकारले कृषि, उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मन्त्री लिङ्थेपले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई तीव्रता दिन उत्पादनशील क्षेत्रको विकास, सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि तथ

    • प्रकाशित मितिः असार १, २०८३
    • २१३ पटक पढिएको
  • इलामका चिया उद्योग आजदेखि बन्द

    इटहरी ।  इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन् । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन् ।अहिले भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा धेरै र नेपालका उद्योगहरूमा ७ लाख किलो तयारी चिया थन्किएको छ । भारतीय भन्सारमा नेपाली चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन् ।मौज्दात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहाडी भेगक

    • प्रकाशित मितिः असार १, २०८३
    • २२० पटक पढिएको
  • झापामा प्रहरीको स्वीप अपरेशन २ दिनमै ४१ जना पक्राउ, ब्राउन सुगर र २१ थान मोबाइल बरामद

    इटहरी । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा ३५ जना लागूऔषध सेवनकर्ता र छ जना प्रतिबन्धित लागुऔषधसहित ४१ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहानका अनुसार पक्राउ परेकाबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।पक्राउ परेका सेवनकर्तालाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभ

    • प्रकाशित मितिः असार १, २०८३
    • २०४ पटक पढिएको
  • ताप्लेजुङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुने

    इटहरी ।  अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ । ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताउनुभयो ।आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताउनुभएको छ । महोत्सवमा अलैँची किसान कार्यशाला

    • प्रकाशित मितिः असार १, २०८३
    • १६९ पटक पढिएको
  • राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित

    इटहरी ।  मोरङका पाँच वटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशङ्कामा अनुसन्धान सुरु भएपछि पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ । दर्ताबिना सञ्चालन भएको र मापदण्डविपरीत रहेको भन्दै प्रशासनले उद्योग बन्द गरेपछि निर्माणाधीन काँकडभिट्टा–लौकही सडकखण्डमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको झन्डै २५ किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो । जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापा मारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेरै आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले ती उद्योगमाथि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानको दायरामा रहेका उद्योगले राजस्व छलेक

    • प्रकाशित मितिः असार १, २०८३
    • २०३ पटक पढिएको
  • टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

    इटहरी । बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।हिजो अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।संयुक्त टोलीले साँझ करिब ५ः२० बजे उनीहरूको सकुशल उद्धार

    • प्रकाशित मितिः असार १, २०८३
    • १४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]