समाज

    Showing २,२३१-२,२४० of ९,३५२ items.
  • पशुचौपायामा खोरेत नियन्त्रण , एक महिनामा ओखलढुङ्गामा ३१ हजारभन्दा बढीलाई खोप

    इटहरी। ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।  कात्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी धिरेन राईका अनुसार सिद्धिचरण नगरपालिकामा पाँच हजार ४११, चम्पादेवी गाउँपालिकामा दुई हजार ७०२, सुनकोशी गाउँपालिकामा तीन हजार ५३४, लिखु गाउँपालिकामा पाँच हजार ५९३, चिशंखुगढी गाउँपालिकामा पाँच हजार ८२९, मोलुङ गाउँपालिकामा चार हजार ७१६, मानेभञ्जाङ गाउँपालिकामा तीन हजार ४७४ र ख

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २०४ पटक पढिएको
  • ताप्लेजुङमा ६ सय केजी बढी अवैध माछा नष्ट

    इटहरी । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेकोभन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरी नष्ट गरिएको हो ।  गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रमोद प्रकाश पाठकका अनुसार करिब छ सय ३० किलोग्राम माछालाई गुल्मकै परिसरमा खाडलमा गाडेर नष्ट गरिएको छ । बिलमा पंगास प्रजातिको माछाको विवरण उल्लेख गरिएको तर रौँ, पोथ्री प्रजातिका भारतीय माछाहरू फेला पारिएकाले चेक पोष्ट बाटै बरामद गरि गुल्मको परिसरमा नष्ट गरिएको बताइएको छ । गत भदौमा समेत कागजात अर्थात बिल नै उल्लेख नभएको माछा जिल्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १३९ पटक पढिएको
  • विकट बस्तीका विपन्न परिवारका लागि सेनाको घुम्ती स्वास्थ्य सेवा अभियान प्रभावकारी रूपमा विस्तार

    इटहरी। कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ । विगतमा सैनिक अस्पतालले मुख्यतः नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा उहाँहरूको परिवारका सदस्यमामात्र सीमित रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको भए पनि पछिल्लो समय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित साधारण जनताका लागि प्रभावकारी स्वास्थ्य सेवा अभियान नै सुरु गरेको हो । इटहरीस्थित सैनिक अस्पतालको कार्यक्षेत्र कोशी प्रदेशका १४ जिल्ला रहेकाले प्रदेशभर एउटै संरचनाबाट स

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २०६ पटक पढिएको
  • भवन अभावकै कारण कोशी प्रदेश सभा बैठक अनिश्चित

    इटहरी। गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोड भएपछि संरचना अभाव झेल्दै आएको विराटनगरस्थित कोशी प्रदेश सभालाई नियमित सञ्चालनयोग्य बनाउन पाँच करोड रुपियाँभन्दा बढी खर्च लाग्ने भएको छ । साबिकको स्थानबाट अन्यत्र स्थानान्तरण गरिएको प्रदेश सभा सचिवालयलाई सभा सञ्चालनका लागि सभा हल र संसदीय दलको कार्यालय अति आवश्यक भएको हो । ती संरचना बनाउन पाँच करोड ५० लाख रुपियाँभन्दा बढी खर्च हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट माग गरेको छ । संसदीय समितिहरूको बैठक कक्ष निर्माणमा दुई करोड ८५ लाख ६४ हजार रुपियाँ र मुख्य सभा हल निर्माण तथा मर्मतका लागि दुई करोड १३ लाख रुपियाँक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २३७ पटक पढिएको
  • उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    इटहरी। चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • १५७ पटक पढिएको
  • मोरङका ६ क्षेत्रमा कांग्रेसबाट प्रतिनिधि सभाका लागि धमाधम उम्मेदवार सिफारिस

    इटहरी। नेपाली कांग्रेसले मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ । नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापति शङ्कर राईका अनुसार मोरङ–१ बाट प्रत्यक्षतर्फ निवर्तमान सांसद एवम् नेपाली कांग्रेस मोरङका सभापति  डिगबहादुर लिम्बू, कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्गबहादुर फागो र पूर्व महासमिति सदस्य दिव्या बस्नेतको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका ल

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ३०७ पटक पढिएको
  • नयाँ भन्सार ऐनको विरोधमा भन्सार एजेन्ट आन्दोलित, विराटनगर भन्सार कार्यालय ठप्प

    इटहरी।  सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ । सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रलेसमेत समर्थन जनाएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताउनुभयो । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा आजदे

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २५० पटक पढिएको
  • प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’  नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचारविरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभयो । मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानम

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २०१ पटक पढिएको
  • सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

    इटहरी। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्रका सामुदायिक विद्यालयले खपत गर्ने विद्युत् महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।नगरका आठ वटा माध्यमिक विद्यालय र २७ वटा आधारभूत विद्यालयको आन्तरिक आम्दानी नभएका कारण विद्युत् महसुल भुक्तानीमा समस्या भएपछि नगरले यो व्यवस्था गरेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले आठ वटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपियाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४ हजार रुपियाँ राहतस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । नगरका पाँच वटा मावि र एउटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी देखिएकोले ती विद्यालयले यो सुवि

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २२२ पटक पढिएको
  • इलाममा जेनजी आन्दोलनमा तोडफोड गर्ने १५ जना पक्राउ

    इटहरी। गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र २१ गते पक्राउ गरिएका ती व्यक्तिहरूलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलामले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–७ का ५२ वर्षीय कमलकुुमार हलुुवाई, इलाम नगरपालिका(६ का २९ वर्षीय विशाल नौभाङ, इलाम नगरपालिका(७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम नगरपालिका–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम(३ का २३ वर्षीय आदर्श राई, इलाम(४ का ३६वर्ष

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]