समाज

    Showing २३१-२४० of १०,२३६ items.
  • कोशी टप्पु हात्तीसारमा विश्व हात्ती दिवस मनाइयो

    इटहरी। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशहाको हात्तीसारमा विश्व हात्ती दिवस मनाइएको छ । बुधबार आरक्षमा रहेको हात्तीलाई विभिन्न परिकार खुवाएर आरक्ष घुमाएर दिवस मनाएको हो । हात्ती दिवस ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ मुल नाराका साथ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा मनाइएको आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । आरक्ष मध्यपर्ती क्षेत्रका नागरिकहरु र सांरक्षणकर्मीहरुको उपस्थितीमा वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्ग (कोरिडोर) संरक्षणमा जोड दिँदै दिवस मनाइएको यादवले बत

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १०२ पटक पढिएको
  • रेडिमेड व्यवसायी संघ इटहरीद्वारा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण

    इटहरी । रेडिमेड व्यवसायी संघ इटहरीको र  योगदान राष्ट्रको लागि नगर समिति संस्थाको संयुक्त आयोजनामा  निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण गरिएको छ । इटहरीको संगीतचोकमा बुधबार बिहान आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट १६५ जना सर्वसाधारण तथा व्यवसायीले प्रत्यक्ष सेवा लिएका छन् । रेडिमेड व्यवसायी संघ इटहरीको आयोजनामा भएको उक्त शिविरमा सहभागीहरूको दृष्टि जाँच, आँखा सम्बन्धी परामर्श तथा आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरलाई इन्खा एकीकृत अस्पताल र इटहरी आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए ।  आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल स

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३४ पटक पढिएको
  • सुनसरीको गढी गाउँपालिकामा वृद्धालाई स्कुल बसले ठक्कर दियो, उपचारको क्रममा मृत्यु

    इटहरी । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।बुधबार बिहान गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको स्कुल बसले बाटोको साइडमा बसिरहेकी स्थानीय गुगलीदेवी महतोलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार बिहान करिब ८ः२० बजे चिमडीस्थित बर्जु लेक आर्डडीयल इङ्लिस स्कुलको को १ ख ३३९१ नम्बरको बसले ठक्कर दिँदा गढी–४ निवासी गुगलीदेवी गम्भीर घाइते भएकी थिइन् ।दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान १०ः२४ बजे उनको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नाय

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ८१ पटक पढिएको
  • हेलिकोप्टरबाट कप्तानगन्ज ल्याइयो रवीन्द्रको शव, गोली चलेकै ठाउँमा अन्त्येष्टि गरिँदै

    इटहरी। प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहताको शव हेलिकोप्टरमार्फत बुधबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज ल्याइएको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनको शव बिहान करिब १०ः२० बजे कप्तानगन्ज ल्याइएको हो।शवलाई सुरुमा मृतकको घरमा लगेर परिवार, आफन्त तथा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि गाउँमा शवयात्रा निकालिएको छ। स्थानीय समाजसेवी अमरेश मेहताका अनुसार हरिनगर र देवानगन्ज क्षेत्रमा शवयात्रा गराइँदै छ। रवीन्द्रको अन्त्येष्टि गोली चलेको स्थानमै गर्ने तयारी गरिएको छ। साँझसम्ममा दाहसंस्कार गरिसक्ने तयारी रहेको मेहताले बताए। गत साउन १० गत

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ६० पटक पढिएको
  • कोशीका काङ्ग्रेस मन्त्रीले आज राजीनामा दिने

    इटहरी। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे सहमतिअनुसार काङ्ग्रेस सरकारबाट बाहिरिने भएपछि मन्त्रीले राजीनामा दिन लागेका हुन्।नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिनुभएको छ। सोही निर्देशनबमोजिम मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्। यसैबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्ने उद्देश्यले आज अपरा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ९८ पटक पढिएको
  • मत्स्यपालन आधुनिकीकरण परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय तथा अन्तरक्रिया

    विराटनगर । नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले विराटनगरस्थित होटल स्वागतममा समन्वय बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरी ले सहभागीलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थ

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ४२९ पटक पढिएको
  • धनकुटामा १ हजार ५२१ केजी गाँजा जलाएर नष्ट

    धनकुटा । धनकुटामा प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ५२१ केजी अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदी किनारमा उक्त गाँजा जलाएर नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार विभिन्न समयमा बरामद गरिएको १ हजार ५२१ केजी गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेका थिए। प्रहरीले बरामद गरिएको गाँजा सुरक्षित रूपमा राखी आवश्यक कानुनी

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ५६ पटक पढिएको
  • ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

    इटहरी।   सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन् । डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेतै सखाप पारेपछि स्थानीय राईबहादुर राई लखेटिएर डाँडाखर्क पुग्नुभएको थियो ।  दुःखसुख गरेर डाँडाखर्कमा नयाँ ओत त हाल्नुभयो, तर नियति फेरि दोहोरिएको छ । अहिले सिस्ने खोलाको कटानले सुरु भएको विशाल पहिरो उहाँकै आँगनसम्म आइपुगेको छ । डाँडाखर्कको पहिरोले घरबास मात्र ह

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ६८ पटक पढिएको
  • दुर्घटनामा घाइतेको मृत्यु

    मोरङ। मोरङको लेटाङ नगरपालिका–२, बुधबारेस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएकी ८३ वर्षीया कौशिलादेवी खतिवडाको मृत्यु भएको छ।लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार गत साउन २५ गते बिहान करिब १०ः३० बेलबारीबाट लेटाङतर्फ जाँदै गरेको मे १ च २२८२ नम्बरको म्याजिक गाडीले बाटो काट्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट सिटी सफारीमा सवार कौशिलादेवी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचाररत खतिवडाको मङ्गलबार राति २ बजे घर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ५१ पटक पढिएको
  • इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

    इटहरी : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति पत्र, सवा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]