इटहरी। सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्लासमेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका पाँच हजार ५५४ थान, प्रिमा तीन हजार ८८२ थान, सुगम दुई हजार २५२ थान र रिजालको ग्यास एक हजार ३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात तथा भरण गरेर वितरण गर्दै आएका यी उद्योगबाट पछिल्लो पाँच दिनयता २२ हजारदेखि २६ हजारसम्म सिलिन्डर बजारमा पठाइएको छ । कोशी प्रदेश र मधेश प्रदेशमा पठाइएको सिलिन्डर गत आर्थिक वर्षको साउन महिनाको तुलना
इटहरी। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि सामाजिक सद्भाव र राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ । प्रदेश प्रमुख खापुङले सोमबार उदयपुरको त्रियुगा नगरपालिका–२, जोगीदहस्थित शिवमन्दिरपरिसरमा आयोजित बृहत् शिवलिङ्गको प्राणप्रतिष्ठा कार्यव्रmम उद्घाट गर्दै यस्तो बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले भौगोलिक तथा सामाजिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा सदियौँदेखि विविध भाषा, धर्म, संस्कृति, सभ्यताको पहिचान भएका विभिन्न जातजातिको बसोबास रहँदै आएकाले यी सबै मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा बसोबास गर्दै आएका फरक फरक भाषा
इटहरी। साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवागाउँ पहिरोको उच्च जोखिममा छ । करिब २७ परिवारको बसोबास रहेको डढुवाको दुवैतर्फ पहिरो छ । २०५६ सालबाट सुरु भएको गाउँको पूर्वतर्फको पुरानो पहिरोले यसअघि नै सात परिवार विस्थापित भइसकेका छन् । अहिले भने पूर्वतर्फको पहिरो केही कम भएको छ तर २०७५ सालदेखि गाउँको पश्चिमतर्फबाट पनि अर्को पहिरो सुरु भयो । यो पहिरोका कारण गाउँको केही भाग विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवेन्द्र राई भन्नुहुन्छ । पालिकाको वडा नं. ६ स्थित मजुवागाउँमा पनि उस्तै समस्या छ । गाउँको दुवैतर्फका केही भागमा पहिरो झरिरहेको छ । यो गाउँलाई उत्तरतर्फ तथा पुछार
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको ब
इटहरी। झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताउनुभयो । अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार
पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका एक व्यक्ति श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार भएको केही समयपछि जंगलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ५० वर्षीय चन्द्रबहादुर तामाङ सोमबार जंगलमा मृत भेटिनुभएो हो । तामाङले आपसी विवादका क्रममा ४७ वर्षीया श्रीमती शुशिला तामाङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो ।स्थानीयले घटनाबारे जानकारी दिएलगत्तै प्रहरी चौकी दुर्दिम्बाबाट खटिएको प्रहरी टोलीले घाइते शुशिलाको उद्धार गरी उपचारका ला
धनकुटा। धनकुटामा ऐन्टी रेबिज खोप अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको यो खोप विगत ६ महिनादेखि कोटा अनुसार उपलब्ध हुन सकेको छैन । जिल्लामा मासिक दुई सय कोटा निर्धारण गरिए पनि मासिक ३०-४० वटा मात्रै उपलब्ध हुँदै आएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार विगत छ महिना वाट नियमित आपूर्ति हुन सकेको छैन । यो खोप, कुकुर, बिरालो, मुसा, सुँगुर लगायतको जनावरले टोकेको खण्डमा रेबिजविरुद्ध लगाइने गरिन्छ । जिल्ला अस्पतालमा खोप अभाव हुँदा प्रयोगकर्ता निजी स्वास्थ्य संस्थामा महँगो सुल्क तिरेर खोप लगाउन बाध्य छन् । निजी स्वास्थ्य संस्थामा प्रति खोप
इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका रविन्द्रकुमार मेहताको परिवार र गृह मन्त्रालयबिच गएराति सात बुँदे सहमति भएको छ । सहमति भएपछि बुधबारदेखि सदरमुकाम इनरुवामा केन्द्रित गर्ने भनिएको आन्दोलन रोकिएको छ । देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका मेहताको परिवार र गृहमन्त्री सुधन गुरुङबिच भएको सहमतिमा मृतकका परिवारका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । सहमतिअनुसार मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ । २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सार्वजनिक सवारी साधन व्यवसायीहरूलाई भाडा दररेट पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाले सात दिनको सार्वजनिक सूचना जारी गर्दै सवारी साधन भाडा दररेट पेश गर्न आग्रह गरेको हो । गाउँपालिकाद्वारा जारी सूचनाअनुसार वडा नं. ४ विशालचोकदेखि वडा नं. १ र वडा नं. ४ को फुङलुङ–थामडाँडा सडकखण्डसम्म सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गर्न आग्रह गरिएको हो । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयमा दरखास्त फाराम लिन तथा आठौँ दिन बिहान ११ बजेभित्र निवेदन दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले प्राप्त प्रस्तावका आधारमा उपयुक्त दररेट निर्धारण ग
इटहरी । गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिजका ४० कन्टेनर सामान लिएर कन्टेनर कार्गो रेल नेपाल भन्सारक्षेत्र (एनसिवाई) आएको थियो । त्यसको २० दिनपछि अर्को कन्टेनर कार्गो रेल पनि सोही क्षेत्रका लागि कोलकाता बन्दरगाहबाट छुटेको छ । एनसिवाई विराटनगरमा हेन्डलिङ, अनलोड तथा ढुवानीको जोरजाम चलिरहेको छ । तेस्रो मुलुकबाट पैठारी भएका सामान बोकेर दोस्रो कार्गो रेल आइरहेको भए पनि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका धेरै उद्योगीले भने भारतीय भन्सारक्षेत्र (इन्डियन कस्टम यार्ड, आइसिवाई) मा गराइरहेका छन् । जबकि कार्गो रेल सञ्चालनको माग सबैभन्दा धेरै मोरङ–सुनसरीका उद्योगी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.