समाज

    Showing ३,१४१-३,१५० of ९,३६६ items.
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु

    इटहरी। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । दैनिक हजारौँ पर्यटक आउने यी क्षेत्रका होटेल, कटेज तथा होमस्टे सुनसान भएका थिए । देशको अवस्था सामान्य बन्दै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । विशेष गरी कन्याम र अन्तुमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ । भारतको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २३२ पटक पढिएको
  • झापाका पालिकामा जलेको भवनमै अति आवश्यक सेवा सुचारु

    इटहरी । जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षीलगायतका पालिकाले सेवा सुरु गरेका हुन् । झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा पालिका रहेकोमा अधिकांशमा तोडफोड, आगजनी भएको थियो । हल्दीबारी र कमल गाउँपालिकाबाहेक सबै पालिकामा आन्दोलनकारीले आगजनी गरेका थिए । कतिपय पालिकामा वडा कार्यालयसमेत ध्वस्त भएका छन् । सामाजिक सुरक्षा भत्ता नवीकरण तथा निकासा, राजस्व सङ्कलन, नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला प्रमाणित जस्ता सेवा पालिकाले सुरु ग

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २२५ पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ

    इटहरी ।  जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १६७ पटक पढिएको
  • धनकुटाको साँगुरीगढीका नौ घर पहिरोको जोखिममा

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् । पहिरोले कारण मोक्तेनका केवलप्रसाद मगर, मोहन मगर, विष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर पूर्णरुपमा जोखिममा परेका छन् । यस्तै, घरहरुसँगै एउटा सामुदायिक चर्चसमेत जोेखिममा छ । रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु जोखिममा परेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १३० पटक पढिएको
  • दशैँ विशेष : यातायात मजदुरहरुलाई संगठनको अनुरोध यात्रुहरुसंग तोकिएको भन्दा बढी भाडा नलिनुहोस्

    काठमाण्डौं । दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ । आज दशैको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरीका रुट पर्मिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरुसंग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरु विगतमा आउने गरेकाले यस्ता गुनासोहरु आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनैपनि यात्रुसंग नलिन संगठनका अध्यक्ष भीमज्वाला

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २६६ पटक पढिएको
  • उपहार कार्यक्रमको रकम मजदुरको छोरीको शिक्षामा सहयोग

    काठमाण्डौं । सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्किलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ । उग्रचण्डी बोर्डिङ स्कुल नाला कोभ्रेमा कक्षा ७ मा अध्धयनरत १३ वर्षीया कार्कीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रुपमा सहयोग रकम प्रदान गरिएको हो । प्रत्येक वर्ष घटस्थापनाका दिन संगठन बागमती प्रदेश कमिटीले मजदुरहरुमाझ सञ्चालन गर्ने उपहार कार्यक्रम मार्फत बचेको रकम मध्येबाट कार्कीको शिक्षाका लागि सहयोग गरिएको संगठन बागमती अध्यक्ष शंकर थापाले जानकारी गराउनुभयो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३२२ पटक पढिएको
  • बालेन शाहको पहलमा भोजपुर ओख्रे स्वास्थ्य चौकीलाई एम्बुलेन्स

    इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर १, ओख्रेमा रहेको स्वास्थ्य चौकीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट एम्बुलेन्स उपलब्ध भएको छ । बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य महानगरले मंगलबार देखि सुरु गर्दैछ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । जसमा ओख्रे स्वास्थ्य चौकी पनि परेको हो । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको हो । स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएकाले पालिकाले पनि सोही अनुसार से

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ४०९ पटक पढिएको
  • इटहरी चोकको प्रहरी कार्यालय जेनजी आन्दोलनपछि नयाँ ठाउँमा सरेर सेवा प्रवाह

    इटहरी । २०३२ सालमा ९ जना प्रहरीकालागि स्थापना भएको भवनबाट सेवा प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरी तरहरामा सरेको छ । साँघुरो कार्यालयमा उकुसमुकुस भएको प्रहरी प्रशासनले खुल्ला र व्यवस्थित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडमा परेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय त्यही स्थानमा तत्काल सञ्चालनमा आउने सम्भावना देखिएको छैन । इटहरीको मुख्य चोक (पूर्व लाइन) मा रहेको प्रहरी कार्यालयलाई नयाँ ठाउँमा सार्ने लामो समयदेखिको प्रयासलाई आन्दोलनले सफल बनायो । महिला सेलुकालागी साँघुरो कोठा, अनुसन्धान र अभियोजनको लागि अस्तव्यस्त कोठा, हिरासत देखि क

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३,८९८ पटक पढिएको
  • पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर पतिले गरे आत्महत्या

    इटहरी । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ पठा

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३४४ पटक पढिएको
  • केन्द्रीय कारागारबाट फरार कैदी ओखलढुङ्गामा पक्राउ

    इटहरी । जेनजी आन्दोलनको मौकामा केन्द्रीय कारागार काठमाडौँबाट गत भदौ २४ गते फरार भएका कैदी रुद्रबहादुर तामाङलाई ओखलढुङ्गामा प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ घर भएका तामाङ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । कारागारबाट फरार भएपछि तामाङलाई प्रहरीले खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी प्राप्चाबाट खटिएको टोलीले मोलुङ गाउँपालिका–५ बाट तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]