समाज

    Showing ३,२८१-३,२९० of ११,२०२ items.
  • फागुन २१ निर्वाचनमा आवेग होइन, विवेक प्रयोग गर्न विश्वप्रकाश शर्माको आग्रह

    इटहरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् । मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा झापामा नै मत मागिरहेका नेताहरूसँग खुला बहस गर्न तयार रहेको उहाँले बताउनुभयो । आफूहरु जनताका प्रश्नबाट नभाग्ने र जनताका गुनासाहरु सुन्ने शर्माले उल्लेख गर्नुभयो । यो निर्वाचन मूलक बदल्ने निर्वाचन भएको शर्माको भनाइ थियो । देशमा पछिल्लो समय विकासका काम अघि बढेको उल्लेख गर्दै शर्माले केही पनि नभए

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • २३८ पटक पढिएको
  • निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्नेःमन्त्री पराजुली

    इटहरी । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो । विषम परिस्थितिबाट उब्जिएको राजनीतिक कारण देश चुनाबमा होमिएको बताउँदै निर्वाचनले मात्र देशको संविधानलाई मुलबाटो ल्याउने उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा निर्वाचित सरकार नभएको बताउँदै संविधानले दिएका अधिकारहरू रक्षाका लागि यो निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । मन्त्री पराजुलीले प्रदेससभामा आमसञ्चार विधेयक विचाराधीन अवस्थ

    • प्रकाशित मितिः फागुन ८, २०८२
    • २२७ पटक पढिएको
  • विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

    इटहरी ।  विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ। सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।मोरङ, झापा र सुनसरी तथा भारतका किसनगन्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबिच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा  अगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा स

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २६१ पटक पढिएको
  • मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व सङ्कलन

    इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा  १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित  लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ । 

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २४४ पटक पढिएको
  • खड्कपुरिया लेखी थारू संस्थाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न

    इटहरी । खड्कपुरिया लेखी थारू संस्था इटहरीको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित संयुक्त भूपू सैनिक सामुदायिक भवनमा आयोजना गरिएको हो । थारू समुदायबीच आपसी एकता, सद्भाव र सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सरोज चौधरी (लेखी)ले समुदायबीच नियमित भेटघाटले सामाजिक एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले पहिचान, परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्नेछ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य इनर लाल चौधरीले थारू समुदायको साम

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २६३ पटक पढिएको
  • माई क्येर मलेसियाको सहयोगमा दुहबी–९ मा १ सय बढि मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण

    दुहबी | नजिकिँदै गरेको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा सुनसरीको दुहबी नगरपालिका -९ स्थित १ सय बढी घर मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण गरिएको छ। माई क्येर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था तथा दुहबी नगरपालिका वडा नम्बर -९ को संयोजनमा आयोजित कार्यक्रममा गरिब तथा विपन्न मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई खाद्य सामग्री प्रदान गरिएको हो।उक्त राहत वितरण कार्यक्रम हेस्रा नेपाल संस्था, दुहबी-९ का अध्यक्ष गुलाम रसुल मियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राहत वितरण संयोजक थानेश्वर ओझा, दुहबी वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष सतिश कुमार चौधरी , कार्यक्रम संयोजक

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १,०५० पटक पढिएको
  • इतिहास रच्दै आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल

    इटहरी । उच्च मनोबल सहित घरेलु मैदानमा प्रवेश गरेको आयोजक केराबारी एफसी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि चुम्न सफल भएको छ । प्रस्तावित खदम रंगशालामा हजारौं दर्शकको साथ पाएको आयोजक केराबारी एफसी र झापा ११ विच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई हराउँदै केराबारीले इतिहास रच्दै उपाधि चुमेको हो ।  उपाधि संगै आयोजक केराबारी एफसीले नगद ४ लाख सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको झापा ११ ले नगद २ लाख प्राप्त गरेको छ । विजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार हस्तान्तरण गर्नुभयो । मध्यान्तर अघि दुवै टिमले गोल गर्न नसकेपनि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • ३९८ पटक पढिएको
  • नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको चेतावनी

    इटहरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल नारा लगाएर मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ द्वारा बिहीबार धरानमा आयोजित प्रतिबद्धता घोषणा सभा लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उपसभापति शर्माले विगत ७५ वर्षदेखि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको पूर्ण कार्यकाल चलाउन नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नै विकासको बाधक भएको टिप्पणी गर्नुभयो ।गत भदौको युवा आन्दोलन ९जेनजी० का क्रममा ज्यान गुमाएका युवाको प्रसङ्ग स्मरण गर्दै उपसभापति शर्माले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने चेतावन

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २१२ पटक पढिएको
  • प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान सम्पन्न

    इटहरी। आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न नमुना मतदानमा ८० जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका थिए ।नमुना मतदानमा अपाङता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने रु मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको थियो ।  मतदान पछि आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नमुना मतदानमा मतदाता, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि व्य

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २०९ पटक पढिएको
  • देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ

    इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ । मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडेका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुझाउनुभएको छ । भोट दिने कार्य छोरी दि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]