समाज

    Showing ३,२८१-३,२९० of ९,३६७ items.
  • ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी

    इटहरी । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरा लगायत उपकरण चोरी भएको हो । अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगोले नभेटेका सबै सामान लुटे

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • २२८ पटक पढिएको
  • देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ता द्धारा प्रमुख दलहरूको पार्टी कार्यालयमा तोडफोड

    इटहरी  । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेका छन् । सो समूहले सदरमुकाम फुङ्लिङमा रहेको कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय मङ्गलबार राति तोडफोड गरेका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल निस्क्रिय गरेको विरोधमा सोमबारदेखि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनका क्रममा १९ जना युवाहरूको मृत्यु भएपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका छन् । ताप्लेजुङमा पनि मङ्गलबार दिउँसो फङ्लिङमा प्रदर्शन र साँझ फङ्लिङ बजारको वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली व

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ४८५ पटक पढिएको
  • ताप्लेजुङमा पहिरो, दुई घर पुरिए, दुई जना बेपत्ता

    इटहरी । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान निरन्तर वर्षाका कारण पहिरो  खस्दा दुईवटा घर पुरिएका छन भने दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • १७० पटक पढिएको
  • सेयर बजारको कारोबार आइतबारसम्म नहुने

    काठमाण्डौ । सेयर बजार आज र भोलि कारोबार नहुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना निकालेर दुई दिन सेयर बजारको कारोबार नहुने जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बजार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज बुधवार र भोलि बिहीवार सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै शुक्रवार र शनिवार नेप्सेको कारोबार नियमित रूपमै बन्द रहने भएका कारण अब आइतवार मात्रै बजार खुल्नेछ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३०५ पटक पढिएको
  • देशभर निषेधाज्ञा र कर्फ्यु

    काठमाडौँ  । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो। बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३७३ पटक पढिएको
  • घरभित्रै थुनेर आगो लगाइएकी झलनाथ पत्नी राज्यलक्ष्मीको निधन

    काठमाडौँ ।  जेनजी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा घरभित्र थुनेर जिउँदै आगो लगाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ । डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको नाजुक अवस्थामा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ४३८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र कोशीका कानुन मन्त्री भण्डारीको घरमा आगजनी , स्थिती नियन्त्रण बाहिर पुगेपछि सेना परिचालन

    इटहरी । जायज मागसहित देशभर प्रदर्शनमा उत्रिएको जेन–जेड पुस्ता माथि सरकारी पक्षबाट भएको दमनको विरोधमा मंगलबार पनि आन्दोलन चर्किएको छ । इटहरीमा २ जना सहित देशभर १९ जनाले ज्यान गुमाएपछि झनै उग्र बनेका प्रदर्शनकारीले देशभर नै  आन्दोलन  चर्काएका हुन । यसैबिच प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर  इटहरीमा सोमबार २ जनाको मृत्यु भए पछि आक्रोशीत भिडले मंगलबार प्रदर्शन सहित बिभिन्न क्षेत्रमा तोडफोठ र आगजनी गरेका छन् । जेनजी पुस्ताले मंगलबार इटहरीका मेयर हेमकर्ण पौडेल , नेपाली कांग्रेस र एमाले पार्टि कार्यालयमा आगजनी गरेका छन् भने कोशी प्रदेशका कानुनमन्त्री रेवती रमण भण्डारीको घरमा

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ४४२ पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको ुजेन जीु युवा पुस्ताको आन्दोलन चर्किएपछि ओलीले राष्ट्रपति रामचन्द्र पोडेललाई राजीनामा बुझाउनुभएको हो । उहाँको सचिवालयले राजीनामा सार्वजनिक गरेको छ । ओली गएको वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । ुजेन जीु प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि विपक्षीसहित सत्ता साझेदार कांग्रेसका नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । चार जना सङ्घीय मन्त्रीले सरकार छोडेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको हो । जेन जीु प्रदर्शनकारीहरूले प्रधानमन्त्रीक

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ३७४ पटक पढिएको
  • मधेस प्रदेशको मुख्यमन्त्री सिंहले दिए राजीनामा

    मधेस । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा। सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २९७ पटक पढिएको
  • रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छः१० प्रधानमन्त्रीको तत्काल राजीनामा,२० निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,३० सर्वपक्षीय नागरिक सरकार गठन,४० प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]