समाज

    Showing ३४१-३५० of ११,१३४ items.
  • सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ

    इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरीले रु। चार लाख ५० हजार मूल्य बराबरका भन्सार छलीका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ।भारतबाट अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा को २ ह २७५१ नम्बरको टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी रामगञ्ज बेलगछिया, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ बजे सवारी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका लत्ताकपडा फेला पारेको हो। पक्राउ परेका खड्का,

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ८५ पटक पढिएको
  • विराटनगरमा मुख्यमन्त्री सम्मेलनको तयारी

    इटहरी। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो । प्रदेश सरकारहरूले भोग्नुपरेका समस्याहरूको पहिचान गर्दै संघीय संरचनालाई थप सुदृढ बनाउने मुख्य उद्देश्यसहित आयोजना हुन लागेको यस सम्मेलनको तयारी प्रदेश सरकारले अघि बढाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका चुनौती, प्रदेशहरूले गरेका असल

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १११ पटक पढिएको
  • तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

    इटहरी स् ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’ भन्ने खबर सुन्न पाइएला । तर २९ दिनसम्म न फोन आयो, न छोराबुहारीको कुनै अत्तोपत्तो लाग्यो । अन्ततः शुक्रबार उनले छोराबुहारीको अन्त्येष्टि संस्कार गरे ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्काको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो । ६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थिए । धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवामा आएर रोकियो ।

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १०३ पटक पढिएको
  • श्रीलंका टापु स् पसिना र पौरखले धानेको जीवन

    इटहरी स् श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति नै ल्याएका छन् ।दुई दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरू अहिले रूखो हुँदै गएका छन् । तर, यही रूखो जमिनमा किसानले तरकारी लगाएर विदेशमा भन्दा राम्रो कमाई गरिरहेका छन् । श्रीलंका टापुका केही सीमित परिवारबाहेक बाह्रै मास कोही फुर्सदिला हुँदैनन् । यस क्षेत्रका गन्यमान्यमा पर्ने अर्जुन चन्द्रवंशीका चार जना छोराहरू मिलेर तरकारी खेती गर्दै आएका छन् । अर्जुनका छोराहरू रामविलाश, लक्ष्मण, श्रीराम र जाब्दी वाच्छाधनले टमाटर खेती गरेर वार्षिक कम्तीमा ६० लाख कमाई गर्छन् । यस वर्

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ९८ पटक पढिएको
  • १८ वर्षीय दिनेश सुर्खेती बने कांग्रेस ताप्लीका सहसचिव तथा क्षेत्रीय प्रतिनिधि

    इटहरी। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उदयपुरको ताप्ली गाउँपालिकामा १८ वर्षीय युवा दिनेश सुर्खेती पालिका सहसचिव तथा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।सानै उमेरमा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका सुर्खेती ताप्ली गाउँपालिकाको पालिका सहसचिवसँगै क्षेत्रीय प्रतिनिधि बनेका हुन्। उनको चयनसँगै कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको सहभागिता र नेतृत्वप्रति चासो बढ्दै गएको देखिएको छ।१८ वर्षकै उमेरमा पार्टीको पालिका तहको जिम्मेवारीसँगै क्षेत्रीय प्रतिनिधिको भूमिका पाएका सुर्खेतीले युवा पुस्तालाई राजनीतिमा सक्रिय रूपमा जोड्दै संगठनलाई थप गतिशील बनाउन आफ्नो भूमिका प्रभ

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ९९ पटक पढिएको
  • कोशी प्रदेशमा असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सम्मेलन हुँदै

    इटहरी। आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने सम्मेलन आयोजना हुने भएको छ।कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ। सम्मेलनमा प्रदेशमा देखिएका समस्या, संघीयता कार्यान्वयनका चुनौती तथा संघीयतालाई थप बलियो बनाउन अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले अपनाएका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनको आवश्यक तयारी तथा समन्वयको जिम्मे

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ८० पटक पढिएको
  • कोशीमा पानीको बहाव ३ लाख क्युसेक नजिक, खतराको सङ्केतसँगै रातो बत्ती बल्यो

    इटहरी स् पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।शुक्रबार राति ११ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख ९६ हजार ७२५ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुख्य ५२ वटा र नहरका ४ वटा गरी कुल ५६ वटा ढोकामध्ये ३९ वटा ढोका खोलिएको उनले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ९२ पटक पढिएको
  • खुम्बुमा भारी हिमपात, आधा मिटरभन्दा बढी हिउँ जम्यो, ७ विदेशी पर्यटकको उद्धार

    इटहरी स् सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ ।निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उनले भने, ‘माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ८० पटक पढिएको
  • २२ वर्षकी रूबी स् स्वास्थ्य अध्ययनदेखि कांग्रेसको राजनीतिसम्म

    इटहरी स् नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा रूबी सिटौलाको उमेर २२ वर्ष छ। दन्तचिकित्सा शास्त्र अध्ययन गरिरहेकी उनी राजनीतिमा नयाँ अनुहार हुन्। तर, उनको दाबी केवल उमेरका कारण नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेमा सीमित छैन। स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य, सामाजिक सक्रियता र अन्तर्राष्ट्रिय संसदीय संवादसँग जोडिएको अनुभवलाई राजनीतिक भूमिकामा लैजाने उनको प्रयास छ।कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर २ बाट युवा महिलाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी सिटौलाले राजनीतिमा प्रवेशको आधारका रूपमा योग्यता, क्षमता र सामाज

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ८० पटक पढिएको
  • झापाका १३ पालिकामा कांग्रेसको नयाँ नेतृत्व, ६ ठाउँमा सहमति र ७ मा निर्वाचन

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाका १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ७ गते सम्पन्न पालिका अधिवेशनबाट सभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।पालिका अधिवेशनबाट मेचीनगरमा योगेन्द्र थापा मगर, बुद्धशान्तिमा मदनकुमार प्रसाईं, अर्जुनधारामा भीष्म मिश्र, बिर्तामोडमा कुलप्रसाद संग्रौला, भद्रपुरमा बन्धु कार्की र कचनकवलमा तुलाराम अधिकारी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै हल्दिबारीमा गंगा प्रसाद प्रसाईं, बाह्रदशीमा इन्द्रबहादुर बस्नेत, झापा गाउँपालिकामा सागिरथ गणेश, कन्काईमा दुर्गाप्रसाद प्रसाईं, शिवसताक्षीमा अशोक बस्नेत,

    • प्रकाशित मितिः असोज १०, २०८३
    • ९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]