झापा : झापामा राष्ट्रिय परिचयपत्र प्रयोग गरी मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चैत २२ गतेदेखि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर नाम दर्ता गराएका हुन्।थपिएका नयाँ मतदातामा पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला छन्।जिल्ला निर्व
इटहरी । मोरङको सुन्दरहरैँचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत शिक्षक तथा शिक्षिकाका लागि साइबर सुरक्षा, गुड टच–ब्याड टच लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई स
इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ । गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो । यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो । शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिं
झापा : झापामा गत आर्थिक वर्ष विकास निर्माणतर्फ विनियोजित बजेटको आधाभन्दा केही बढी रकम मात्र खर्च भएको छ। जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ५१ प्रतिशत मात्र खर्च भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारले झापाका लागि पुँजीगततर्फ विनियोजन गरेको रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु ६ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको छ। पुँजीगत बजेट खर्चको अवस्था कमजोर देखिए पनि चालुतर्फ भने खर्चको दर उच्च छ। चालु खर्चका लागि विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्बभन्दा बढी खर
इटहरी। सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गएराति करिब ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा ४१८ किलो गाँजा फेला परेको प्र
इटहरी : कोशी प्रदेशमा देखिएको एलपी ग्यासको अभाव र डिलरमा लाग्ने लामो लाइनको समस्या घटाउन ‘सुविधाको सुविधा’ डिजिटल सेवा सार्वजनिक गरिएको छ। रातो गुराँस र सुविधा ग्यासको सहकार्यमा ल्याइएको यो सेवामार्फत उपभोक्ताले आफूलाई पायक पर्ने डिलरमा ग्यास उपलब्ध भए–नभएको जानकारी मोबाइलबाटै हेर्न सक्नेछन्। कम्पनीले ग्यास पठाएपछि कुन डिलरमा ग्यास उपलब्ध गराइएको हो भन्ने जानकारी डिजिटल नक्सामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। उपभोक्ताले सम्बन्धित डिलरको स्थान, फोन नम्बर तथा त्यहाँ पुग्ने दिशासमेत मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।यसले ग्यासका लागि डिलर खोज्दै हिँड्नुपर्ने तथा घण्टौँ ला
इटहरी । पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञसहितको पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलाममा कार्यरत डा. राघवेन्द्र तिवारीको नेतृत्वमा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबारदेखि काम थालेको हो । टोलीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला, विराटनगरका पशु चिकित्सक सरिलाल चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ताप्लेजुङका डा। रोशन दाहाल
ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ को अवधारणालाई अघि सारेको नीतिको कार्यान्वयनअन्तर्गत विपन्न नागरिकको स्वास्थ्य बिमा पालिकाले गरी दिनेभएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आवमा ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका
इटहरी। ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । मागअनुसार ग्यास सिलिन्डर आपूर्ति हुन छोडेपछि ताप्लेजुङमा खाना पकाउने ग्यासको अभाव भएको हो ।सदरमुकाम फुङ्लिङ बजारसहितका क्षेत्रमा खाना पकाउने ग्यासको अभाव भएको छ । उपभोक्ताका अनुसार पछिल्लो करिव एक सातायता जिल्लामा एलपी ग्यासको अभाव भएको छ । खाना पकाउने ग्यासको अभाव भएसँगै उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् । फुङ्लिङ बजार, सुकेटार बजार, दोभान बजार लगायतका क्षेत्रमा एलपी ग्यासको अभाव भएको छ । खाली सिलिन्डर साट्नलाई विक्री केन्द्रहरुमा सम्पर्क गर्दा ग्यास नभएको व्यापारीले बताउने गरेका फुङ्लिङ नगरपालिका–५ बुद्धचौकका स्थानीय उपभोक्ता विक्र
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा(३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ । नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.